रगतको क्यान्सर बाट पीडीत भएकी ५ वर्षे बालिका सहारा शाहको उपचारमा आर्थीक कठिनाइ पर्दै आएको बताउंदै उनको उपचारका लागि सहयोग गर्न पीडित बालिकाकी आमा शान्ति शाहले आग्रह गरेकी छिन् ।वि.स २०६० साल भदौ १८ गते वैदेशिक रोजगारीका लागी कुवेत पगेका बुबा राजकुमार शाह एकाएक वि.स २०६२ सालदेखि कवेतबाट नेपालको परिवारसाग सम्र्पक विहिन भएपछि उनकी छोरी सहारा शाहको उपचारमा थप संकट आइपरेको कुरा उनकी आमा शान्ति शाहले बताएकी छिन् ।
कुवेतमा रहादा पासर्पोट नं ६२६३५३ वाहक राजकुमार शाह पहिला कुवेतको फहानिल भन्ने ठाउंमा ,कोड नं ६४००४ ,पो.ब.नं ७३७९ मा काम गर्दथे भने उनले दोस्रो पटक सेलमिया स्टोर,पो.ब.नं ४३७ ,कोड नं १५२५५ मा काम गरेको श्रीमती शाहले बताइन् ।वि.स २०६२ सालमा श्रीमान् शाहले कुवेतबाट सम्र्पकमा रहादा छोरीलाई क्यान्सर रोग लागेको थाहा पाएपछि सधै पठाउने रु २०००० पनि पठाउन बन्द गरेको र सम्पर्कविहिन भएको, श्रीमान् गएको म्यानपावर पनि बन्द भइसकेको अवस्थामा थप समस्या भएको श्रीमती शाहले बताइन् ।वि.स २०६२ साल देखि रगतको क्यान्सर बाट पीडीत, दाङ्ग ढिकपर ,वाड नं ४ बक्कुलाई वस्ने ५ वर्षीय वालिका साहारा शाह अहिले जीवन मरणको दोधारमा छिन् ।हाल भारतको टाटा मेमोरियल अस्पतालमा स्वास्थ्य उपचार गराइरहेकी बालिका शाहको उपचारको निम्ति ,जीवन रक्षाको लागी सहयोग गरिदिनुहुन आमा शाहले सबै माझ अनुरोध समेत गरेकी छिन् ।
ऋचा शर्मा तिवारी
ऋचा शर्मा तिवारी