Thursday, January 6, 2011

Read Full Entry

Saturday, January 1, 2011

कतारमा बहुरुपी भूमिकामा हामी नेपाली

कतारमा भेटीएका धेरै नेपाली भिडहरुमा प्रायः प्राणमात्र जसोतसो धानेजस्ता थोरै तलवमा गार् हो ठुउमा गार् हो काम गर्ने सातो हराएजस्तो केही हराएर खोजेजस्तो नेपाली श्रमिकहरु बढी देखिन्छन् । यिनीहरु शिकारीले लखेट्दा लखेट्दा लखतरान भएर अलमलिएको मृगजस्तो कुनै न कुनै समस्याले आफ्नो टाउको िरंगाइराखेका देखिन्छन् थकित मुद्रामा पराजित नेपालीको अनुहार लिएर ।
यही कतारमा उनै नेपालीहरुमध्ये केही बहुमुखी प्रतिभाका धनीहरु पनि छन् केही बहुरुपी पनि छन् । बहुमुखी र बहुरुपी दुवै किसिमका ती व्यक्तिहरु कतारमा अस्तिवमा रहेका र भएका वर्तमान जिल्लामुखी गाविसमुखी पेसेवर संस्थामुखी समाजमुखी सेवामुखी धर्ममुखी परोपकारमुखी राजनैतिकमुखी साहित्यमुखी प्रवचन र प्रशिक्षणमुखी नाफामुखी बचतमुखीजस्ता अनेक संघसंस्थामा कुनै न कुनै रुपमा आवद्ध भएकाछन् । यसमा आवद्ध हुने अनेक अनुहारहरु भनेका तिनै व्यक्तिका एउटै अनुहारहरु नै हुन् जो अनेक व्यक्तिकोरुपमा कहीकतै बहुरुपी भुमिकामा देखिइरहन्छन् । यिनीहरुको चिनिने नाम भनेको उही नेपालमा सस्तो दिइने उपमा जस्तै समाजसेवी व्यवसायी पत्रकार कलाकार गितकार गजलकार साहित्यकार कवि पार्टी कार्यकर्ता योद्धा अगुवा नेता आदि इत्यादी हुन् । यी बहुरुपी व्यक्तिहरुलाई विभिन्न समाजको विभिन्न कार्यक्रममा त्यहाको माहौल अनुसार उनीहरुको परिचयमा पृथकपृथक नामको पगरी लगाएर सम्बोधन समेत गरिन्छन् । त्यसैले उनीहरु बहुरुपीहरु हुन् भनेको हो । उनीहरु स्वघोषित् बहुरुपीहरु हुन् यद्यपी उनीहरुलाई अझ मलजल हालेर शसक्त बहुरुपीको अभिनेता बनाउने काम भने कतारमा भएका विभिन्न संघसस्थाहरुले गरेकाछन् । वास्तवमा ती बहुरुपी व्यक्तित्वहरुलाई नजिकैबाट पढ्ने हो भने तिनीहरु अनेक गुण भएका व्यक्तिहरुमात्र हुन् ।
संघसंस्थाहरुले अनावश्यक रुपमा माथि चढाएकोले नै अझै उनीहरु स्वघोषित् उपमाको विल्ला भिरेर आफैले म फलानो समाजसेवी व्यवसायी पत्रकार कलाकार गितकार गजलकार साहित्यकार कवि पार्टी कार्यकर्ता योद्धा अगुवा नेता समेत भनेर परिचय आदानप्रदान गर्नै गालिसके ।
मनसा कर्मचा कर्मणाको मुलबाटोलाई आत्मसात् गर्ने केही समाजसेवीहरु अपवादको रुपमा भएपनि यँहाका संघसस्थालाई अलिकति आर्थिक सहयोग या मिठो गफ गरिदिएर आफू उच्च समाजसेवी भएको सम्झने गर्छन् बहुरुपी समाजसेवीहरु । यी समाजसेवीहरुले कुनैपनि कार्यक्रममा आफु प्रमुख अतिथी या अतिथीको रुपमा आमन्त्रित भएको चाहन्छन् त्यहा भएर खोक्रा भाषण प्रवचन दिइएन भने आफ्नो साख कम भएको भान हुन्छ । अरुले जहिलपनि हाइहाइ गरेको चाहन्छन् । उनीहरु कुनैपनि सभामा छुट्टिनु मिल्दैन । आफ्ना भाषणमा नछुटाउने कुरा भनेको मैले यो गरे त्यो गरे त्यहा गरे यहा गरे यति गरे उति गरे भनेर आफ्नै ढोल पिट्ने काम गर्नु नै हो ।
तर तिनै बहुरुपी समाजसेवीहरुलाई व्यक्तिको रुपमा मात्र हेर्ने हो भने उनीहरुमध्ये कतिजना नेपालीहरुलाई कतारमा ल्याउन घुमाउरो बाटोको भीषा कारोवार गरिराखेका हुन्छन् । जहा पायो जस्तो पायो त्यस्तै भीषा निकालेर नेपालीहरुलाई कन्तविजोग पारिराखेको हुन्छन् । आफूले काममा लगाएका कैयों नेपालीहरुलाई आफैले पनि महिनौसम्म तलव नदिएर भिसा नविकरण नगरिदिएर नेपालीहरुलाई भागेर गैरकानुनी बनाउन वाध्य बनाएका पनि छन् । धेरै वर्षसम्म घर नगएर बसेका कतिपय नेपालीहरुलाई घरजाने सल्लाह र सुझाव नदिएर उल्टै अझ प्रोत्साहन गर्दै अलिअलि पैसा दिएर उनीहरुलाई नेपाली समुदायमा डुकु र गुरील्ला भनेर चिनाउने काममा पनि संलग्नछन् भनेर भन्न सकिन्छ कतिपय यिनै बहुरुपी समाजसेवीहरु । यस्तैयस्तै समाजसेवा व्यवसायभित्रको बहुरुपी व्यक्तिहरुबाट सृजित मानवतस्करीको विरोध गर्नेहरु कतारमा भएका संघसस्था र राजनैतिक पार्टीका आवद्ध सस्थाहरु नै हुन तैपनि यिनीहरुको विरोध केवल नाङलो ठटाएर हात्ती तसा्रउने पाराको मात्र हो । बरु तिनै संघसस्थाहरुमा ति मानवतस्कर भनेर इंगित गर्न खोजिएका कतिपय स्वघोषित बहुरुपीहरुको सम्मान गरिने परम्परा छ यहा कतारको नेपाली समुदायमा । नेपाली संघसस्थाहरु पनि अन्धा भएकाछन् र तिनै बहुरुपी समाजबाट आर्थिक अपेक्षा राख्दै सम्बन्धित जिल्लाका संघसस्थाहरुले सम्बन्धित जिल्लाको दलाल मानवतस्करलाई हप्काउन सकेका छैनन् । उल्टै संरक्षण दिएजस्तो गरेर राखेकाछन् । अपवादको रुपमा गुल्मी सेवा समाजले गुल्मीको मानिसलाई ठग्ने गुल्मीतिरकै दलाललाई कारवाही गर्न गुल्मीको जिल्ला प्रशासन कार्यालयसम्म पत्र पठाएको भन्ने जानकारीले अव सायद गुल्मीको नेपाली दाजुभाईहरु गुल्मीकै दलालबाट ठगिदैनन् कि भन्ने आशा गर्न सकिन्छ यो निश्चय पनि अरु जिल्लाका संघसस्थाहरु लागि उदाहरण हो । कतारको सन्दर्भमा नेपालीहरुको समस्या यही दलालीकरण भीषाको समस्या उनीहरुको काम गासवा तलव सुविधा आदि वरपरी घुमिरहेको हुन्छ । यसरी नै अन्य जिल्लाका जिल्लाका संघसस्थाहरुले पनि आफ्नै जिल्लाको बहुरुपीहरुको अनुहार चिनेर आफ्नै जिल्लाको नेपालीलाई दुःख दिने ठग र पिडकलाई सबक सिकाउनु जरुरी भएको छ तर यसको सवालमा संघसस्थाहरुले केही गर्न सकेका छैनन् भन्न सकिन्छ । यदी यसरी जिल्लाबासीहरु तातिने हो भने धेरैजना नेपालीहरु रुनेछैनन् हारगुहारको लागि दुतावासमा जाने नेपालीहरुको संख्या पनि कम हुनेछ । यो कार्यमा किन संघसस्थाहरु पछि परेका होलान् बुझ्न सकिएको छैन ।
कतिपय नेपाली बहुरुपी यस्ता पनिछन् जसले एउटा कविताको छेस्को लेखेर कसैको विचार र विश्लेषणलाई अध्ययन नगरी नबुझी त्यसको अन्धाधुन्ध प्रतिकि्रया विरोध जनाएर सानोतिनो समाचार लेखेर आफूलाई दिग्गज आलोचक समालोचक पत्रकार लेखक साहित्यकार कवि कथाकार कलाकार सम्झदा हुन् । तर ती स्वघोषित कलम चलाउने पारखीहरु भन्ने बहुरुपी लेखक पत्रकारहरुले कतारको नेपाली समुदायभित्र रहेका बहुरुपीहरुको खरावपक्ष शोषण गर्ने ठग्ने र गडयौला प्रवृतिको कहिले विरोध गर्न सकेनन् । यहाँ धेरै मिलन र विछोडका कविता हाइकु कथा निवन्ध लेखिए स्मरण लेखिए गजल लेखिए तर बहुरुपी व्यक्तिहरुका आफ्ना करतुतहरुको विरोध लेखिन सकेन । बरु मैले ज्यादै दुःख पुए भनेर धेरै लेखियो तर तैले मलाई दुःख दिइस् भनेर कहिल्यै लेखिएन । हजुर समाजसेवी व्यवसायी पत्रकार कथाकार बुद्धीजिवी राजनैतिक कार्यकर्ता आदि इत्यादी भनेर व्यक्तिहरुलाई बहुरुपी अलंकारले गर्नसम्म सम्बोधन गरियो लेखियो तर तेरो बहुरुपी अनुहारमा नेपालीलाई दुःख दिने झुक्याउने ठग्ने नेपालीहरुको पसिनाको उचित मुल्य नदिने नेपालीहरुलाई उल्लु बनाउने फटाहापन लुकेको छ भनेर कहिल्यै कलमी माइली औला उठाइएन । अपवादको रुपमा केहीलाई छोडेर यहाका लेखक पत्रकार साहित्यकार कवि कलाकारहरु रहरको लागि कलम चलाएका मात्र हुन् जस्तो लाग्छ ।
यो लेखकलाई पनि सबैले पत्रकार र समाजसेवी भन्ने गर्छन् तर आफैलाई संकोच र ग्लानी हुने गर्छ कतारको नेपाली समुदायको विचमा । आजभन्दा करिव २६ वर्ष पहिल्यै ०४२ सालमा त्रिचन्द्र क्याम्पसबाट त्रिरत्न साहित्यिक मुखपत्रको सम्पादन गर्ने जिम्मेवारी पाएदेखि पत्रकारिताको जिम्मेवारी निर्वाह गर्दै किर्तिपुरमा भाषाविज्ञानको अध्ययन संगसंगै भाषा लिपी र साहित्यको मासिक त्रैमासिक पत्रिकाको सम्पादन गर्दै नेपाली राष्ट्रिय दैनिक साप्ताहिक लगायत एफएम रेडियोमा सम्वाददाता भएर पत्रकारितामा २०२५ वर्षसम्म निष्पक्ष पत्रकारिता गर्दापनि अपजस वाहेक केही नपाएपछि कतारमा आफ्नो कलमले खासै के जादुगरी गर्दाेहोला र भन्ने लागेकोले आत्मग्लानी भएको हो अनि बहुरुपी स्वघोषित् लेखक पत्रकारहरुको विचमा आफूलाई पत्रकार नभन्नु नै ठीक होला जस्तो लाग्छ छातीमा हात राखेर निसंकोच भन्नुपर्दा पत्रकारहरुलाई औलामा मात्र गन्न सकिन्छ कतारमा । यो लेखकलाई त्यो औलाभित्र गनेपनि ठीकै नगने पनि ठीकै छ । कतारमा यो लेखक पत्रकारिताको पेशा लिएर आएकोपनि होइन तर पत्रकारिताको दुईदशकको लामो यात्रामा अन्य पत्रकार सहकर्मीहरुसंग ऐक्यवद्धता जनाउदै समाजलाई सुसुचित गर्नुपर्ने कर्तव्यलाई नभुलौ भनेर लेखकिय धर्मलाई जुझारु राख्न खोजेको मात्र हो । लेखक पत्रकार समाजसेवी व्यवसायी बुद्धिजिवी आदि इत्यादी सम्बोधनले सम्बोधित हुदै संघसस्थाहरुको कार्यक्रममा प्रमुख अतिथी अतिथी भएर बहुरुपी व्यक्तिको विल्ला भिरेर गजक्क पर्ने रहर छैन । सबैको जय होस् ।
Til Bikram Thebe
Qatar Read Full Entry

Thursday, December 30, 2010

Read Full Entry

Friday, December 24, 2010

Students Politics in College

Students politics in college has not only disturbed the academic calendar of various universities, it has also frustrated genuine students from education system of Nepal. The students enrollment is decreasing in the government campuses these days, one of the reasons is students politics as well. That day is not too far when these campus would be filled only with few students who are enrolled to be a leader in future. Genuine students would either be moving abroad or studying in expensive private college which is out of such dirty politics. Read Full Entry

Tuesday, May 4, 2010

सहचारी नियुक्त विषयमा आवश्यक न्युनतम आवश्यकता पुरा नगरेको आरोप

सरकारले र्भखर मात्र ६ वटा देशमा श्रम सहचारी नियुक्ती गरकेा छ । यसरी श्रम सहचारी गरिएको देशहरुमा भने दक्षिण कोरिया जापान इजरायल कुवेत ओमान र हङकङ पर्दछन् । यो सँगै करिब १० वटा देशमा श्रम सहचारी नियुक्त भएका छन् ।
सहचारीहरु भएको देशहरुमा दुतावासले र नियोगले त्यँहा रहेका नेपाली कामदारका लागि काम गर्न नभ्याएकोले सहचारी नियुक्त अत्यावश्यक भएकोले नियुक्त गरिएको हो ।
तर पनि यी देशहरुमा नियुक्ती भएका केहि सहचारीहरु के यसै क्षेत्रका विज्ञ वा जानकार व्यक्तिहरु हुन त भन्ने पनि प्रश्न उठेको छ । यसै विषयमा आवश्यक न्युनतम आवश्यकता पुरा नगरेको र जथाभावी नियुक्ती गरिएको आरोप समेत लागेको छ ।

यस कदमले लामो समयदेखि श्रम क्षेत्रमा कार्य गरिररेका कर्मचारीहरुलाई कतै निरुत्साहित त गरेको छैन भन्ने प्रश्न समेत उब्जीएको छ । यसरी सहचारी नियुक्त गर्दा कमसेकम यस विषयमा जानकार व्यक्तिलाई प्रवेश गर्न दिएको खण्डमा पक्कै पनि विदेशमा काम गरिरहेका नेपालीहरुले आफनो समस्या लिएर दतावासमा पुग्दा आवश्यक कदम चाल्न्ा सहयोग गर्ने र उनीहरुको आवाज सुन्ने निकाय दरो भएको खण्डमा समस्या समाधान हुने थियो कि त जसको लागी यस विषय प्रति जानकार रुची भएको र काम छिटो छरितो गर्न सक्ने सहचारी को आवश्यकता पर्ने हुनाले अरु क्षेत्रबाट नियुक्ती गरिएका सहचारीको कार्य दक्षतामा कमी हुन सक्ने सम्भावना रहन्ा जान्छ होला त ? Read Full Entry

Saturday, May 1, 2010

महिलाहरुका लागि प्रतिबन्ध लगाइएको खाडी मुलुकमा जान वैदेशिक रोजगार विभागको स्वीकृति

महिलाहरुका लागि प्रतिबन्ध लगाइएको खाडी मुलुकमा जान वैदेशिक रोजगार विभागले स्वीकृति दिएको छ । तर हामीले भने वैदेशिक रोजगारमा महिलाहरुलाई संठगीत ठाँउमा बाहेक असंगठित ठाँउमा जान रोक लागाएको सुन्दै आएका छौ ।
त्यसो भएता पनि नेपालको विमानस्थल बाट नै कसरी यी महिलाहरु वैदेशिक रोजगारमा जान लागेका हुन त भन्ने गम्भीर प्रश्न उठेको छ ।
बहराइन जान लागेका बिसमाया तामाङलाई गएको शूक्रबार अध्यागमन विभागले त्रिभूवन विमानस्थलमा रोकेपछि रोजगार विभागको लपारवाही खुलेको हो । उनी विभागको अन्तिम स्वीकृति पाएर घरेलुकामका लागि बहरान जान लागेकी थिइन् ।
अध्यागमनले महिला रोजगारका लागि खाडी क्षेत्र निषेधित छ भन्दै उनलाई विमानस्थलबाटै फिर्ता पठाइदिएको थियो । उनीसँगै राममाया लामाले पनि विभागबाट बहराइन जाने स्वीकृति पाएकी थिइन् । स्रोतअनूसार उपहार हूमन रिसो्रसेजले ल्याएको मागलाई विभागले स्वीकृति दिएको हो ।

सरकारले रोक लगाएको मूलूकमा विभागले अन्तिम स्वीकृति दिएको विषयमा भने विभागका कर्मचारीले व्यवसायीसँगको मिलेमतोका आधारमा यस्तो स्वीकृति दिएको हुनसक्ने देखिन्छ । ।
यो घटनापछि अध्यागमनले खाडी मूलूकमा महिला रोजगारका लागि अन्तिम स्वीकृति दिनू गम्भीर त्रूटी भन्दै गृह र श्रम मन्त्रालयलाई पत्र पठाएको छ । सरकारले सूरक्षा सम्वेदनशीलताका आधारमा महिलालाई घरेलू कामदारका रुपमा खाडी मूलूक पठाउन रोक लगाएको थियो ।

नेपाली महिलाहरु करिब २ लाखको हाराहारीमा खाडी मा घरेलु कामदारका रुपमा काम गरिरहेका छन् । यी सबै महिलाहरु भारतको बाटो हँुदै काम गर्न खाडी छिरेका हुन् । सोझै विमानस्थल प्रयोग गरेर जान नपाउने नियम भएकोले महिलाहरुले वैकल्पीक रुपमा भारतको बाटो प्रयोग गर्दै आएका छन् । यसरी गएका महिलाहरु अनडकुमेन्टेड भएकोले यी महिलाहरुलाई समस्या परेको खण्डमा सहजै रुपमा गएर दुतावासमा भन्न सक्ने स्थिीती भने हुदैन । यसरी कतिपय महिलाहरु शारिरिक तथा मानसिक पीडामा बाँचीरहेका भेटिन्छन् ।
देशको अर्थतन्त्रको भारको समस्या एकातिर यिनै महिलाहरुको मेहेनतको विप्रेषणले समाधान भएको सर्वमान्य छ । तर पनि यो विषयलाई सरकारले गम्भीरताका साथ लिएको भने देखिदैन् । यदि लिँदो हो त सरकारले संयन्त्र बनाएर यो समस्या समाधानको बाटो खोज्दथ्यो कि ? Read Full Entry

Saturday, April 3, 2010


दीपा आले
नेपालगञ्ज,बांके

नेपाल टेलिभिजनबाट प्रशारण भै रहेको चर्चित हाँस्य टेलिश्रृंखला 'झ्याँईकुटी झ्याँई' का कलाकारहरुसँग चैत २१ गते अन्तरालले नेपालगञ्जमा भेटघाट कार्यक्रमको आयोजना गरेको
टेलिश्रृंखलाका निर्देशक तथा हास्य कलाकारद्वय दमन रुपाखेती शेखर खनालले अन्तरालका कलाकारहरु तथा सञ्चारकर्मीसँग भेटघाट गरेका थिए

अन्तराल भवन, बुलबुलियामा आयोजना गरिएको भेटघाटमा दमन रुपाखेतीले उनको चर्चित गीत 'जीउ जोगाउन जेठी तिरै लाग्नु पर्ने भो' तथा समसामयिक हाँस्यब्यङ्य सुनाएका थिए
अन्तरालका गायक दीपक सल्मानीले भने गजलकार भोजराज शर्मा 'नादिर' द्वारा लिखित 'मलाई पनि तिमी आफू जस्तै बनाऊ' गाएका थिए उक्त गीत सल्मानी आफैंले संगीतबद्ध गरेका हुन्

अन्तरालमा स्वागत गर्दै कार्यकारी निर्देशक जयनारायण शाहले निर्देशकद्वय तथा सञ्चारकर्मीहरुलाई अन्तरालका गतिविधिबारे जानकारी गराएका थिए निर्देशक रुपाखेती अभिनय बाहेक गायकका रुपमा समेत चर्चित छन् भने निर्देशक खनालले 'सारथी' नामक होचापुड्का सम्बन्धी फिल्मको समेत निर्देशन गरिसकेका छन्

उक्त अवसरमा नेपाल भलिवल संघका क्षेत्रिय उपाध्यक्ष भीम ओली लगायतको उपस्थिति रहेको थियो Read Full Entry