Friday, July 18, 2008

जोखिमको पेशा

झापा काकडभिट्टाकी मालतीलाई घरमा समय दिन फर्सद छैन,उनलाई दिउँसो घरमा भेट्न गाह्रो पर्छ । हुन त उनी कुनै सभा सम्मेलनमा व्यस्त भएकी भने होइनन् ,न त रमझममा नै समय खर्चैकी हुन् उनले ।हरेक झुल्केघामसंगै सामानका भारी भारतीय बजार सिलिगुढी पुर्याउन उनलाई हतारो हुन्छ । सामान छिटो सीमापार नगराए पुलिसले समात्छ । ' २८ बषर्या मालती सधैं यस्तै त्रासमा हुन्छिन् । यसैगरी भन्सार कर छलेर भारतीय बजारहरु सिलिगुढी ,नक्सालबाडी , पानीटंकीबाट बडेमानका सामानहरु लुकिछिपी नेपाल भित्र्याउनु पनि उनको नियति बनेको छ ।


नेपाली राजश्व गस्ती प्रहरीसंग लुकिछिपी र भागदौडपछि विदेशी सामान नेपाली व्यापारिक क्षेत्र धुलावारी, विर्तामोड ,दमकदेखि इटहरीसम्म पुरयाई दैनिकी हाजिरा पकाउनु र साँझ अबेर लखतरान भई भर र्झकनु वउनको दैनिकी हो । मालती मात्र होइन सीमा क्षेत्रको सजिलो आय आर्जनको उपायको रुपमा यस पेशामा रहेका यहाँका हेमा , आरती, सावित्रा,अनिता जस्ता अधिकांश महिलाहरुको दैनिकी पनि यस्तैगरी वित्छ । श्रीमान,एक छोरा, एक छोरीकी धनी २८ बषर्या मालतीलाई दैनिक भालेको डाकमा वउठेर साँझ लखतरान हुदै र्फकनु उनको रहर होइन, बाध्यता हो । त्यस्तै परिवारका अन्य सदस्यहरु व्सम्हाल्नु पर्ने जिम्मेवारी पनि उत्तिकै छ उनको । प्राथमिक कक्षासम्मको शिक्षा नछिचोलेकी मालती, १७ बर्षो उमेरमा विवाह बन्धनमा बाँधिएकी थिइन् । उनी बेरोजगार वश्रीमानका कारण यस वपेशामा आबद्ध छिन् । पेट पाल्न जस्तो काम वपनि स्वीकार्नु पर्ने मान्यता राख्दै उनी भनिछन्''श्रीमानको कुनै रोजगार छैन,परिवार पाल्न त केही उपाय गर्नु पर्यो नि, त्यसैले मैले आफैं यो उपाय अपनाएकी हूं '' राति अबेर १० बजेपछि खाना पकाउन शुरु गर्दै अवस्थामा उनको झुपडीमा भेटीएकी मालतीले आफ्ना निदाइसकेका दुइ बच्चा तिर संकेत गर्दै थपिन्''चोर्नु भएन मजबुरी भएर यी बालबच्चा त पाल्न गरिखान पर्यो नि ।'' त्यस्तै काँकडभिट्टाकी अर्की ४६ बर्षो हेमा पनि आर्थिक अभाव र बेरोजगार श्रीमानको कारण यस पेशामा १८ बर्षव्यतित गरिसकेकी छन् ।

चार छोराछोरीकी आमा उनी वभने अन्य ठूला व्यापारीहरुको सामान ज्यालादारीमा सीमा पार गराउँदै दैनिकी चलाउँछिन् । यसरी मालती, हेमा जस्ता महिला आर्थिक अभावका कारण यस पेशामा संलग्न छन् । उनीहरु दीनभरको भगदौड र प्रशासनको डर चिन्तापछि आर्जित कमाइले जेनतेन गुजारा चलेकोमा भने सन्तुष्ट छन् । तर सीमनामा बाँच्नको निम्ति सजिलो उपायको रुपमा यसलाई अंगाल्ने उनीहरु सधैंको गाली बेइजती र पोकेको उपमाले हुने पिडां भने उत्तिकै दुःखदायक रहेको अनुभव पनि सुनाउछन् । प्रहरी गस्तीसंग हुने सामान लुछातानी, बसमा हुने हेलाभाव र गन्तव्यमा नपुग्दासम्म हुने मानसिक चिन्ता अत्यनत पीडादायक हुने गरेको यस पेशामा संलग्न अर्की ४० बर्षो गंगा भनिछन् 'हामी हाँस्न चाहेर पनि हाँस्न सक्दैनौ, बोल्न चाहेर पनि बोल्न वसक्दैनौं।'त्यसो त दिनभर हुने यस्ता शारिरीक र मानसिक पीडापछि घर फर्केकी कमलाले भने श्रीमानको यातना पनि उत्तिकै खेप्नु परेको छ । चार छोराछोरी हर्ुकाउन दैनिक साहूको बडेमानको भारी बोकी निस्कने कमलाले घर फर्केपछि श्रीमानको कुर्टाई पनि खेप्ने गर्छिन् । आफु काममा निस्केपछि तास खेलेर समय कटाउने उनको श्रीमानले सधैं बेलुकी रक्सी खान र तास खेल्न पैसा माग्ने गरेको उनी सुनाउछिन् । कमाई नभएको दिन पैसा दिन नसक्दा उनको श्रीमानले पैसा नदिने भए काममा किन हिड्छस् भन्दै पिट्ने गरेको बताउँछिन् । त्यस्तै दिनभर काममा जाँदा परपुरुषसंग हिंडडूल गरेको आरोपमा ३५ बर्षो अम्बिकालाई उनकाृ श्रीमानले आठ बर्षम्म घरबाट निकालेको पिडां पनि छ ।

यस्तैयस्तै पीडां खेप्तै यहाँका ७५ प्रतिशत महिलाहरु यस पेशा अंगाल्ने गरेको समाजका जानकारहरु बताउँछन् । जुन संख्या पुरुषको तुलनामा ९० प्रतिशत बढी हो । त्यसो त केही पुरुषहरु महिलाको निम्ति यो पेशा सजिलो ठान्दै घरका रुत्रीहरुलाई पठाउने गरेको कुरा यस पेशामा संलग्न पुरुष अजय श्रेष्ठ बताउँछन् ।

म्हिलाका निम्ति सजिलो भनिए पनि समय समयमा गस्ती प्रहरीबाट दुर्र्व्यवहार भएको भन्दै उनीहरुले महिला गस्ती प्रहरीको माग गर्दै आएको पनि बुझिएको छ । य सरी आर्थिक र पारिवारीक पीडा सहँदैं यस पेशामा लागेका यी महिलाहरु समाज र प्रशासनप्रति भने नकारात्मक देखिन्छन् । समाज र प्रशासनले दिएको आफ्नो पेशाको २ नम्बरीको संज्ञालाइ उनीहरु अस्वीकार गर्छन् । भन्छन् 'केही राजस्व छलेका छौं तर यसलाई तस्कर भन्न मिल्दैन।' प्राथमिक शिक्षा समेत लिन नपाएकी हेमा अझै आक्रोसित स्वरमा भनिछन् 'करोडौंको तस्करी गर्नेहरु यहाँ खुल्ला हिंड्छन् समाज र प्रशासन उनीहरुप्रति किन मौन बस्छन् -' हामी साहूको भारी बोकी दैनिकी चलाउनेलाई उनीहरु किन दुःख दिन्छन् - ' त्यसो त राजस्व छलेर गल्ती काम गरेको स्वीकार्नु आफ्नो बाध्यता भएको बताउँछिन् गंगा । नवलपरासीबाट १७ बर्षअघि काकडभिट्टा आइपुगेकी उनी पेशामा छिन् । उनी भन्छिन् 'भन्सार मूल्यांकनभन्दा बढी महसुल तिर्नुपर्ने हुँदा अलिकति चोरी पैठारी गर्न बाध्य भएका छों ।' उनी मात्र होइन गंगा जस्ता सीमा क्षेत्रका सबै महिलाहरुको पनि एउटै भनाई हुनुपर्छ।

त्यसो त महिला स्वतनत्रता, महिला स्वरोजगार जस्ता आवाजहरु दैनिक उठिरहेको बेला सरकार र सम्बनिधत पक्षले यी गंगा मालती, हेमाहरुको भनाईतिर ध्यान दिए यस्तो कार्य रोकिने थियो की- उनीहरुको एउटै स्वर छ 'स्वदेशमा रोजगारीको अवसर पाए कसले यस्तो काम रोज्थयो - '

तारा तामाङ

No comments: