Monday, February 2, 2009

राज्यले कहिलेसम्म प्रथम शहीदलाई अपमान र विभेद गर्ने ?

'हुँदैन विहान मिरमिरमा तारा झरेर नगए
बन्दैन मुलुक दुई चार सपुत मरेर नगए'
यी कविताका पंक्तिहरु यथार्थवादी कवि भुूपि शेरचनले लेखेका हुन् । उनले सपूत सहीदका बारेमा ओजपूर्ण कविता लेखिएता पनि नेपालकै प्रथम सहिद लखन थापामगरलाई भने अहिले सम्म राज्यले घोर अपमान गरिएको छ । सहिद दिवसको सन्र्दभमा प्राय सबै सहिदलाई स्मरण गरियो तर नेपालकै प्रथम सहिद लखन थापामगरलाई भने कसैले सम्झीएनन् । जसले मुलुकमा जनताको लागि आफ्नो शरीरलाई बलिदान दिनु पर्‍यो, जसले जहानियाँ राणा शासनको विरुद्धमा जनताको हितकोलागि धावा बोलेका थिए । तर शहिद दिवसमा उनलाई कसैले सम्झन समेत फुसर्त पाएनन् दुःख साथ भन्नुपर्छ ।

मुलुक र जनताको लागि आफ्नो ज्यान बलिदान दिने अमर सपूत शहीदहरुलाई राज्यले वेवास्था गरेको छ । नेपालको इतिहासमै निरंकुश एकतन्त्रीय जहानियाँ राणा शासन र सामन्ती प्रवृत्तिको विरुद्धमा धावा बोल्दा तत्कालीन नाताशाह जंगेका फौजहरुबाट आफ्नो ज्यान गुमाउनु परेका प्रथम लखन थापामगर जसले राष्ट्र र जनताको लागि यति ठूलो योगदान दियो उसलाई नै राज्यले र्बिसिएका छन् ।
नेपालकै प्रथम शहिद लखन थापामगरलाई प्रथम शहिद भन्न समेत राज्यले कन्जुसाई गरेको छ । सबैलाई थाहा भएकै कुरो हो राणाशासन विरुद्ध पहिलो धावा बोल्ने ब्यक्ति नै लखन थापामगर हुन भनेर । राणा शासनको विरुद्धमा जनस्तरबाट विद्रोह समेत गरेका थिए । तर, लखन थापामगरले एउटा यस्तो महान शहिद हुन् जसले जनता र मुलुकको लागि आफ्नो जीवनलाई बलिदान दिन पछि परेनन् ।
अहिले शहीद दिवसको सन्दर्भमा शहीद सप्ताहभरि कतै पनि लखन थापामगरको नामोच्चारण समेत हुँदैन । कतै कतै सामान्य ज्ञानमा नेपालका प्रथम शहीद लखन थापा भने लेखिएको पाईन्छ । राज्यस्तरबाट वि.सं. २०५६ साल फागुन ११ गते अर्थात् लखन थापामगरले शहादत प्राप्त गरेको एक सय २३ वर्ष पछाडि नेपाल मगर संघ र अन्य संघसंस्थाको दबाबमा 'शहीद' घोषणा गर्ने बाहेक अरु केही गर्न सकेको छैन । यसरी सरसरर्थी भन्नुपर्दा अहिले सम्म पनि लखन थापामगरलाई प्रथम शहीद भन्न कन्जुसाई गरिएको छ ।
नेपालकै प्रथम शहिद लखन थापामगरको बारेमा अहिलेसम्म कतैबाट पनि बृहत् अध्ययन र खोजी हुन सकेको छैन । राज्य स्वयम् शहिद लखन थापामगरको बृहत् अध्ययनको खोजी गर्न चाहदैनन भन्दा फरक नपार्ला । जति खोजी भएका छन्, ती पर्याप्त र विवादरहित छैनन् । अहिलेसम्म लिखित श्रोतहरुका आधारमा विद्रोही स्वभावका धनी लखन थापामगरको जन्म वि.सं. १८९१ मा साधारण मगर परिवारमा भएको विश्वास गरिन्छ । 'ओझेलमा परेका मगरहरु' नामक पुस्तकका लेखक विशलाल थापामगरले भने लखन थापाको जन्म कास्की जिल्लाको अर्घौं भन्ने गाउँमा भएको भनी लेखेका छन् । त्यस्तै राष्ट्रका गौरव तथा नेपालका प्रथम शहीद लखन थापामगर -द्वितिय) का लेखक डा. हर्षबहादुर बुढामगरले सो पुस्तकमा प्रमाणित भइ नसके पनि लखन थापाको जन्म भारतको अलमोडामा भएको अनुमाना लगाएका छन् । लखन थापाले प्रारम्भिक शिक्षा एवं तन्त्रमन्त्रका विद्या लखनउमा हासिल गरेका थिए भन्ने पाइन्छ । उनका पुर्खाहरु सुगौली सन्धिपश्चात् अलमोडामा खडा गरिएको तेस्रो गोरखा पल्टनमा सेवारत हुँदै आएका थिए, जसमा अत्यधिक मगरहरु रहेको बि्रगेडिएर जनरल सी.एन. वार्कलेले लेखेका छन् यसैक्रममा पारिवारिक सम्बन्धका कारण लखन थापा खलनउमा पुगेका थिए भन्ने एउटा कर्त छ भने अर्को उनका बुबा स्वयं भारतीइ सेनाका पेन्सनर थिए र बसाई-सराई गरी लखनउ पुगेका थिए भन्ने पाईन्छ । अहिलेसम्म लेखिएका तथ्यहरुका लखन थापामगर बीस वर्षको उमेरमा वि.संं. १९११ -१८५४ई) मा पुरानो गोरखा गणमा भर्ती भएका थिए भन्ने विषयमा सर्वसम्मत देखिन्छ । पुरानो खोरखा गण नेपाल एकीएकरणको समयमा पृथ्वीनारायण शाहद्वार चार जातको चार पल्टन स्थापना गर्ने क्रममा गरिएको मगरहरुको पल्टनका रुपमा चिनिन्छ । लखन थापामगर आफ्नो कुशलताका कारण भर्ती भएको १४ वर्षमा नै उनी क्याप्टेन दर्जामा पदोन्नति पनि भएका थिए। १९५७ मा वि्रटिश भारतमा भएको सिपाही विद्रोहमा जंगबहादुर राणाको नेतृत्वमा पच्चीस नेपाली पल्टन लखनउमा गएको थियो र सोही क्रममा पुरानो गोरखा पल्टनसँगै लखन थापामगर पनि लखनउ गएका थिए भन्ने शाही नेपाली सेनाको रेकर्डमा रहेको डा. बुढामगरको किताबमा लेखिएको छ ।
लखन थापामगरले जंगबहादुर विरुद्ध विद्रोह गर्ने निष्कर्ष निकाल्दै उनले वि. सं. १९२७ साल सेनाबाट बिदा लिए । त्यसपछि सहकर्मी जयसिंह चुमीमगरको सहयोगमा उनले गोरखाको बुङकोट काउलेमा संगठन निर्माण गरे । 'हुकुमको जवाफ छैन कालको औषधि छैन' भनिने जंगबहादुरको कठोर शासनकालमा लखन थापामगरले करिब दुईहजार युवा संगठित हतियार समेत जम्मा गरेको इतिहासकार प्रमोदशमशेर राणाले गोरखा विद्रोहमा लेखेका छन् । शिवलाल थापामगरले ओझेलमा परेका मगरहरु पुस्तकमा लखन थापामगरले काउलेमा जनश्रमदानबाट दरबार बनाएको र गोरखामा समानान्तर शासनको अभ्यास गरेको उल्लेख गरेका छन् । एकदिन उनले जंगबहादुरका विरुद्ध योजना बनाएका कागजातहरु उनको दरबारबाट चोरी भयो र जंगबहादुरसम्म पुग्यो । त्यसपछि जंगेले आफ्नोविरुद्ध गतिविधि गरेको थाहा पाउनासाथ कान्छा भाइ धीरशंमशेरको देवीदत्त गणको सैन्यटोली गोरखा पठाए । लखन थापामगर र उनका सहयोगीहरु पक्राउ परे । उनीहरुलाई थापाथली ल्याइयो । जंगबहादुरले लखन थापामगर र उनका सहयोगीहरुलाई मनकामना मन्दिरअगाडि झुन्डयाएर मार्न आदेश दिए । त्यसपछि वि. सं. १९३३ फागुन २ गते उनलाई रुखमा झुन्ड्याएर मारियो । उमेश रानामगर अनुसार उनीसहित अन्य जयसिंह चुमीलाई पनि रुखमा झुन्ड्याइयो भने चारजनालाई गोली हानेर मारियो । दुई ब्राह्मणलाई भने मुत्युदण्ड दिइएन । किन कि ति दुईलाई ब्राहमण भएको हुनाले मुत्युदण्ड भएन ।
वि.सं. २००७ सालमा प्रजातन्त्र स्थापनापछि राणा शासनको उत्तरार्द्धमा मारिएका गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्दलाई मात्र नेपालकै शहीद घोषणा गरियो । तर लखन थापामगर जसले जहानियाँ शासनको जन बसाल्ने जंगबहादुरकै विरुद्ध विद्रोह गरे र आफू मारिए तर उनलाई भने शहिद घोषणा गरिएन । नेपालकै प्रथम शहीद लखन थापा हुन भनेर निरन्तर जनदवावपछि भने मात्र २०५६ मा मन्त्रिपरिषद्ले उनलाई शहीद घोषणा गर्‍यो तर प्रथम शहीद भन्न भने कन्जुसाई जारी छ ।
जसले आफ्नो ज्यान भन्दा बढी माया मुलुक र जनताकोलागि गरे आज उनलाई नै नेपालकै प्रथम शहीद भन्न सकिरहेको छैन । लखन थापालाई प्रथम शहिद घोषणा गर्न जनदवाव बढछ तब लखन थापाको बारेमा लेखिएको इतिहासलाई र साक्षीलाई समेत लात हान्दै को हुन् लखन थापा, उनले मुलक र जनता हितकोलागि जहानियां शासनसँग विद्रोह गरेकी गरेनन् ? उनले शहादत्त प्राप्त गरेका हुन् या होइनन् भन्ने प्रश्नहरुहरु उठाइन्छ । यसरी प्रश्न उठाइदा लखन थापाको बारेमा लेखिएका इतिहासका पाना साक्षी छन् तर त्यसलाई पल्टाएर बुझ्ने र सारा जनतालाई बुझाउने प्रयास भने अहिले सम्म राज्यले गरेको छैन । लखन थापामगरको बारेमा साच्चीनै राज्यलाई चाँसो भईदिएको भए उनका बारेमा लेखिएका इतिहास, उनको दरबारको भग्नावशेष र उनका सन्तति अझै पनि जीवित छन् तर खै त्यसतर्फ राज्यको ध्यान गरेको ? यसरी लखन थापामगरको बारेमा बास्तविक बुझ्नुको साटो निरर्थक प्रश्न गर्नु कतिको उचित होला ? यदि राज्य साँचीकै बास्तविक शहिदको खोजीमा लागिरहेकै छ भने एक पटक प्रथम शहिद लखन थापामगरको बारेमा बुझ्न अत्यन्त जरुरी छ । किनभने इतिहासका पाना र उनका बारेमा अहिले पनि प्रमाणहरु प्रशस्त छन् । लखन थापाको बारेमा यर्थाथ प्रमाणको अध्ययन गरी छिटो भन्दा छिटो उनलाई नेपालकै प्रथम शहीद घोषणा गरियोस् ।
दीपा आले

No comments: