Wednesday, July 30, 2008

"लाफा"

समय निरन्तर बगिरहेछ । समयको रफ्तार सँगसँगै हाम्रो दिनचर्या जसोतसो चलिरहेको छ । गर्मीले मानिसहरु छट्टपट्ट रहेका छन् । पशुपंक्षीहरु पनि कहिले यता कहिले उता गरि आतिएका छन् म केवल ति दृश्यहरु हेरिरहेको छु ।
आज धेरै समय पछि फेरी एउटा पत्र लेख्न गईरहेको छु । जसको लागि यो कदर पत्र लेख्दै छु । मलाई विश्वास छ उनले अवश्य पनि पढ्नेछ । यो पत्र लेख्नुको खास उद्देश्य पुरुषले नारीप्रति हर्र्ने दृष्टिलाई समेटिएको छ । जसमध्ये मैले एउटा त्यस्तो साथी "लाफा" लाई भेटे जसले नारीलाई मानसम्म्न र कदर गरेको छ । जसले नारीलाई शक्तिरुपी देवीको रुपमा पुजा गर्छ, जसले आफ्नो पवित्र आत्मादेखि नारीलाई माया र विश्वास गर्छ । अझ यो भन्दा पनि महत्वपर्ण कुरा हरेक नारीहरुले प्रगति र सफलता पाएको हर्न चाहन्छ । हो आज म त्यो पुरुष लाफाको कुरा गर्दैछु मित्रहरु । तपाईहरु माँझ जो कोही पनि हुनु सक्नु हुन्छ यसमा कुनै शंका छैन ।

जो पुरुष साथीले नारीलाई देवीको रुपमा पुजा गर्छ । आफुले गरेको स्नेह र मायालाई भौतिक शरीरको रुपमा हैन एउटा पवित्र आत्माको रुपमा विश्वार्सर् गछ । त्यस्तो पुरुषलाई नारीले पनि माया र सम्मान गर्नुपर्छ । नारी प्रति हर्र्ने नजरहरु फरक फरक छन् यो संसारमा । कोही धनको लालचमा नारीलाई फसाउने काम गर्छ न कोही भौतिक शरीरको लोपमा । कति नारी त त्यस्ता पुरुषको शिकार भई आत्महत्या गर्न समेत पछि परेका छैनन् । यस्ता घटनाहरु दिनप्रतिदिन हाम्रा अगाडी घटिरहेको छन् ।
हुन त मैले पुरुष लाफाहरुलाई नराम्रो छ भन्न खोजिएको होइन तर पनि त्यसभित्र गहिरिएर बुझ्दा कोही यस्ता पुरुष पनि हुँदा रहेछन् जसले नारीहरुबको सधैं प्रगति र खुशी देख्न चाहाने । हुन त भगवान रामचन्द्रलाई आर्दशवान पुरुषका रुपमा पुजा गछौं । तर रामचन्द्रले पनि यो रुढीबादी समाजको कुरा सुनेर सीतामैया जस्ती पवित्र देवीलाई अग्नी परिक्षा लिई जंगल समेत बाध्य गराए । सारा जनताका अगाडी आफू आर्दशवान पुरुष भएर चिनिए पनि एउटा पवित्र नारीलाई चिन्न नसक्नु उनको कमजोरी हो ।
हाम्रो समाजले नारी र पुरुषमा भेदभाव राख्ने मजस्ता हजारौं नारीहरुको जन्म भएको छ । कतिपय नारीहरु त आज पनि यो समाजको दास भई बाँच्न विवश छन् । त्यसमाथि पुरुषले नारीलाई हर्र्ने दृष्टि फरक छ । एकातिर समाजले हर्र्ने दृष्टिअर्को तिर पुरुषले हर्र्ने दृष्टिले नारी आजको २१ र्अ शताब्दीमा पनि दमित र हेपाहा भई बस्नु परेको छ । जब म आफ्ना नयनहरुलाई अझ फराकिलो बनाई चारैतिर हर्र्ने गर्छर्ब नारीहरुको पीडादायी आवाजहरु सुन्ने गर्छर् हुन त पुरुषहरुको पीडा नै हुन्न भन्न खोजिएको होइन तर पनि नारीको तुलनामा पुरुषहरुलाई कमै हुन्छ ।
यात्राको क्रममा धेरै यात्रीहरुसँग भेट्ने र छुट्ने क्रम निरन्तर जारी छ । मिलन पछि विछोड पक्कै हुन्छ । जन्म पछि मुत्यु निश्चित छ तर पनि मानिस एउटा त्यस्तो प्राणी हो जसले आफ्नो बौद्धिक शक्तिको क्षमताले आफूमा भएको प्रतिभाहरु बाह्य संसारतर्फल्याउन चाहन्छ । त्यर्सर् गदा आज यो संसारको रुप परिवर्तन हुँदै गईरहेको छ ।
म समाजलाई मात्र दोष दिन चाहन्न । समाजमा बन्ने मानिसहरुको सोच परिवर्तन भएन भने मात्र दोष दिन चाहान्छु । अनि अर्को कुरा पुरुषले नारीलाई हर्र्ने दृष्टिमा परिवर्तन आएन भने पुरुषहरु मध्ये पनि त्यस्ता पुरुषलाई दाष दिन चाहन्छु जो पुरुषले नारीलाई अत्याचार र ठग्ने काम गर्छ । म पुरुषको मात्र कुरा गर्दिन नारीहरु भित्र पनि धेरै छन् विषालु र्सप । जसले जुरुषको जीवनलाई मृत्युको संघारमा पुरार् इ रहेको छ र पुरुषलाई अपमान गरेको छ । कोही भन्छन् यो संसारको खेल हो, कोही भन्छन् मानिसका चाल हो । यो संसारमा यस्ता खेल र चाल धेरै छन् जसलाई बुझ्नै गाह्रो छ ।
साथी "लाफा" म प्रति र म जस्ता हजारौं नारीप्रति हर्र्ने त्रि्रा नजर र मष्तिकलाई हृदयदेखि कदर गर्छर् म प्रति त्रि्रो पे्ररणा र कदररुपी शब्दहरुलाई मैले पनि मुल्याकङ्कन गरिरहेको छु । त्रि्रो सोंच अरु पुरुषको भन्दा धेरै फरक छ । तिमी चाहन्छौ नारीहरु सधैं अगाडि बढोस्, प्रगति र उन्नति भई सफलताको शिखर चढोस् र नारी पुरुष दुवै बराबरी भै एकले अर्कालाई सहयोग गरोस् तर केही पुरुषले चाहन्छन् नारीहरु सधैं घरभित्रको काम गरोस् पुरुषको अधिनमा बसोस्, पुरुष सरह नारी कहिल्यै पनि स्वतन्त्र भएर बाहिरी दुनियामा नआओस् । त्यसकारण पनि लाफा तिमी हजारौं हजार पुरुषहरु मध्ये नारीहरुका लागि महान् छौ । पुरुष एउटै हुन मात्र पुरुषमा हुने सोंच फरक हुन्छ । मलाई लाग्छ त्रि्रो जस्तो सोंच र विचार हुने पुरुषहरु अझ धेरै जन्मिन पर्छ अनि मात्र नारीहरुलाई अगाडि बढ्न सजिलो हुने थियो होला ।
मित्र "लाफा" यदि तिमीले नारीहरुको प्रगति भएको हर्न चाहन्छौ भने हामी अवश्य पनि प्रगतिको मार्गतिर लम्किने छौ । हुन त हामीलागि परेका नै छौ अझ त्रि्रो प्रेरणा र सम्मानले झनै सफलता हात पार्ने छ जस्तो मलाई महसुस भईरहेको छ । मलाई आशा, विश्वास छ जीवनमा आईपर्ने अनेकै र्सघष र चुनौतिलाई सामना गर्दै म अवश्य पनि सफलता र प्रगतिको शिखरमा चढ्ने छु । त्यो दिन नै तिमी र हामी नारीकोलागि खुशीको दिन हुनेछ । हैन त लाफा । अन्तमा लाफा तिमीले मप्रति गरेको विश्वास लाई म कहिल्यै टुट्न दिने छैन । हुन त यो मानव जीवनको सास जतिबेल पनि रोकिन सक्छ । तर सास रहँदा सम्म आशको भरमा भविष्य भन्दा वतर् मान नै बनाउनु पर्छ जस्तो लाग्छ । यही अनुरुप म आफ्नो पाईलाहरु अगाडी बढाउँदैछु । कहिलेकाही दिक्क लाग्छ तर पनि तिमी जस्तो महान् साथीको शब्दहरु मेरो कानमा गुञ्जिन्छ अनि मष्तिकमा खेलिरहन्छ त्यसपछि फेरी मेरा कदमहरु अगाडी बढाउँछु । किन कि त्रि्रो सपनालाई बास्तविक जीवनमा साकार पार्नु छ । मित्र लाफा हर्र्दै जाऊ सफलता एक दिन अवश्य हात पर्नेछ ।
दीपा आले

3 comments:

Anonymous said...

I read ur application. really you got a good lafa, like god. hope you will be make a tomany person like "lafa" .it depan on with lady, like you .if some one need respect from other he/her have to respect too others. if you lady need to change any thing you can do every thing easily. I should respect for you lady. every one boy have to read ur aplication. if he read absloutely he will be come like "lafa".i have to do salut for "lafa" and i wish every one try to come like "lafa" because not only lady all pepole like you man so need to say every one boy chose ur right way like "lafa" from today god blash you atlast my "salut" once more for great person "lafa"

Anonymous said...

thanks deepa i read your application it is really good your think is great thanks deepa

AKSHAY MAGAR
(PARDESI)
DOHA QATAR
OFFSHOR PS 1

Anonymous said...

लाफा जीकाे कलम बढाउनु पर्छ