Sunday, November 1, 2009

पीत पत्रकारिताको इतिहास

विश्वमा जोसेफ पलिटजर नामका एक व्यक्तिले सन् १८८३मा द न्य योर्क बल्र्ड नामक दैनिकी अखवारको स्वामित्व खरिद गरेका थिए । त्यसैगरी अमेरिकि पत्रकारिताको अर्को एउटा नामुद हस्ति विलियम र्हस्ट ले द न्यु र्योक जर्नल नामक दैनिक अखवारको स्वामित्व खरिद गरेका थिए । १९ औ शताब्दिको अन्त्यतिर अमेरिकन पत्रकारितामा र्हस्ट को द न्ययोर्क जर्नल र पुलिटजरको द न्यु र्योक र्वोल्ड नामक यी दुई अखवारको बीचमा प्रतिस्पर्धा हुन थाल्यो । यसै परिपेक्ष्यमा सन् १८९६ को फ्रेवुअरी महिनाको एक अंकमा द न्यु र्योक वल्र्ड पुलिटजर को अखवारले त्यो बेलाको प्रसिद्ध अमेरिकि चित्रकार रिचार्ड आउट केभिटलाई आफनो अखवारमा एउटा झुत्रेझाम्रे लुगा लगाएका मगन्ते वालकको चित्र छपाएका थिए । त्यस चित्रमा पहेंलो रगंको कहि कहि प्रयोग गरिएको थियो । त्यस चित्रले गर्दा द न्यु र्योक वल्र्डको वितरणमा अलि बढि तीव्रता आएको थियो । त्यो कुरा थाहा पाएर र्हस्टले आफनो अखवारमा द न्यु र्योक जर्नलको लागी पनि उहि चित्रकार आउट केभिटलाई विभिन्न्ा चित्र कोर्न लगाएका थिए । यी चित्रहरुमा विचित्र बालकले पहेलो लुगा लगाएका थियो । यी कुराहरु यसकारण मात्र गरिएको थियो की द न्य योर्क बल्र्ड र द न्य योर्क जर्नलले आ आफना अखवारहरु बढी भन्दा बढी पाठकहरुको ध्यान सफल बनाउन सक्ने आशामा । वास्तवमा भन्ने हो भने यी प्रस्तुत घटनाहरु निरर्थक थिए त्यसै हुनाले द न्यु योर्क प्रेस नाम अर्को अखवारका सम्पादक एरभिन वार्डमानले त्यो कुरालाई येलो प्रेस या न्यु योर्क भनेर संज्ञा दिए । कालान्तरमा यहि कुरालाई पीत पत्रकारिता नामाकरण गरियो ।
पीत पत्रकारिता अर्थात् पश्चिमाहरुले पहेलो रंगलाई रोगी र फोहोरी रंग मान्दछन् । पीत पत्रकारिता भन्नाले विभिन्न्ा समाचार वा विचारहरुलाई कपोकल्पीत रुपमा प्रस्तुत गर्ने पत्रकारितालाई पीत पत्रकारिता भनिन्छ यसमा विभिन्न संघसंस्था र व्यक्तित्वहरुको इज्जत र चरित्रहत्या गरिन्छ ।यसरी हेर्दा हामी के भन्न सक्छौ भने पत्रकारिताको मूल लक्ष्य विपरित कुनै पनि समाचार लेखिन वा यसको दुरुपयोग गरिनुनै पीत पत्रकारिता हो । यो एक अस्वस्थ्य प्रतिस्पर्धा र विकृत रुप हो पत्रकारिताको । विभिन्न ओहदा पदमा रहको राजनैतिक व्यक्तित्व व्यापारी आदि जस्ता विभिन्न वर्गका व्यक्तित्वहरुको बारेमा गलत आशयले समाचार लेख्ने व्यक्तिगत गाली गलौज गर्ने झुठो आरोप लगाउने अश्लिील प्रसंग निकाल्ने आफलाई मन नपर्ने मानिसलाई सताउने कुराले यो अवधारणा गलत भयो । त्यहि हुनाले यस्तो प्रसंगहरुलाई स्थान दिएकोले यसलाई पीत पत्रकारिता भनियो । हुनत यो पनि पत्रकारिताको एक रुप हो तर यस विषयमा कुनै तालिम दिइदैनन् र यो एउटा स्रैद्धान्तिक बहस मान्न पनि सकिन्छ । तर पनि यो पीत पत्रकारीता हावी भएको देखिन्छ । पीत पत्रकारीतालाईसंचार माध्यमलाई उपयोग गरेर गलत भ्रमात्मक सूचनानिहित उद्देश्य राखेर चरित्र हत्याअश्लीलनंग्न सूचना प्रवाह वा फोटो प्रकाशन गर्ने प्रचलन रहेको छ । वास्तवमा पहिला भन्ने हो भने छापा माध्यम बाट मात्र पीत पत्रकारीताको बारेमा सूचना प्रवाह हुन्थ्यो तर हाल आएर अनलाइन पत्रकारिता र विद्युतीय माध्यममा पनि यस प्रकारको गलत सूचना प्रवाह हुन्ा थालेको छ । त्यसैगरी राजनैतीकप्रकारले क्षेत्रगत हिसाबले पनि पत्रकारीता पेशा हावी भएको छ र पत्रकारहरुले आफ्नो पत्रिकामा राजनैतीक झुकाव लिएर अगाडी बढीरहेको छन् । यसलाई पनि पीत पत्रकारीतामा समेटन सक्ने हो कि भन्ने बहस को मुद्दा बन्न सक्छ । नेपालमा बि।स २००७ साल अधि पत्रकारीताको बिकास तीव्र गतिमा भएको थिएन त्यसबेलाको राज्यले सूचना प्रवाहमा नियन्त्रण गर्दथ्यो तर सत्ता पक्ष पोषण गर्दथ्यो तर बिस्तारै खूला समाजको शुरुवात भएदेखि बि।स २०४६ को हाराहारीमा पत्रकारीतामा बिकृत पत्रकारीताको उदाहरण २००२ ई।स अक्टोबर महिनामा ूजनआस्थाू टेबलोइड पत्रीकामा ूनेपालको फिल्म उद्योगको नायिका श्रीषा कार्की को नग्न तस्बीर प्रकाशन भएको कारण नायीका श्रीषा कार्कीले आत्महत्या गरेको तथ्यलाई नर्कान सकिन्न । यसरी नेपालमा पनि पीत पत्रकारिताको रुपमा व्यक्तिगत चरित्र हत्या का कारण आत्महत्या गर्न पुगेको तथ्य प्रकाशन हुने भएको छ । त्यसै गरि बेलायतकी राजकुमारी डायनालाई पनि पापारप्जीहरुले उनको व्यक्तिगत जीवनलाई अरुसग जोडेर विभिन्न माध्यम बनाएर विभिन्न्ा तथ्यहीन समाचारहरु प्रकाशन गरेर उनको व्यक्तिगत जीवनमा नै खल्ाबल पुर्याएको थिए । यसै कारण नै उनको जीवनको अन्त्य समेत भएको थियो ।
यसरी पीत पत्रकारीता को कारण मानवको सार्वजनीक जीवनमा समेत नकारात्मक असर परिरहेको हुन्छ जसले मानवलाई मृत्युको मुखमा समेत धकेल्छ । हाम्रो जस्तो समाजमासंचार माध्यमछापामा प्रवाह गरिएको सूचना को विश्वास बढि गर्ने प्रचलन बढि भएकोले पीत पत्रकारीता प्रोत्साहित भएको या नेपाली पत्रकारीता बिकासको लागी अवरोधक बनेको छ । यसमा सत्ता भक्तिको कारणले गर्दा पनि व्यवसायीक गति लिन सकिरहेको छैन । यस कारणले पनि मानव जीवनको पारिवारिक विघटन हुने सामाजीक सन्तुलन सद्भाव विगार्ने जातीय विदोष फैलाउने सहअस्तित्व टुटाउने आदि जस्ता नकारात्मक असरहरु पर्दछन् । यसको कारण पत्रिकाका समाचारहरु प्रति विश्वास गुम्दै गएको छ र पत्रिका प्रति पनि विश्वास गुमेको छ । यस्ता पत्रिकामा कार्यरत् पत्रकारहरुको कामको टंुगो नहुने पत्रिका र समाचारको कारण बारम्बार आलोचित हुनुपर्ने सम्पादकलाई समेत ज्यानमार्ने धम्की गालीगलौज निन्दा गर्ने हुनाले पीत पत्रकारिता अंगालेका पत्रकारहरुको समेत विश्वास गुमेको र तथ्यहीन समाचारका कारण पत्रिकाको गुणस्तर घटेको पाइएको छ । पीत पत्रकारिताको कारण नेपालको पत्रकारिता क्षेत्र पनि आलोचित र अविश्वसनीय हुदै आएको छ । नेपालमा बहुदलीय व्यवस्था भएपनि वहुदलवादी समाजको निर्माण हुन नसकेको हरेक क्षेत्रमा अनेपक्षित ढंगले राजनितिकरण हुने गरेको छ । त्यसको नकारात्मक प्रभाव साचारमाध्यमहरुमा पनि परिरहेको छ । छापा तथा विद्यतीय साचारमाध्यमहरुले राष्टिय महत्वका गहन मुद्दाहरुलाई भन्दा तात्कालीन राजनैतिक घटनाक्रमहरुलाई विशेष महत्व दिएर सूचना प्रवाह गर्न पाइन्छ भन्ो राष्टिय चिन्ताधारी प्रतिको सजगता कमै रहन गरेको पनि टीका टीप्पणीहरु भइरहेको पाइन्छ । कतिपय सन्र्दभमा साचामाध्यमहरुले आत्मालोचित हुनुपर्ने अवस्था पनि सिर्जना भइरहेको छ । अनलाइन पत्रकारितामा पनि विभिन्न समाचारहरु तथ्यहीन रुपमा पनि प्रकाशित हुने गरेका छन् । अनलाइन पत्रकारितामा पनि पीत पत्रकारिताको र्दुगन्ध फैलिएको र धेरै अनलाइन पत्रिकाहरुले प्ानि पीत पत्रकारिताको अनुसरण गरिरहेका छन् । त्यसै गरि अधिकाशं साप्ताहिक पत्रपत्रिकाहरुबाट निष्पक्ष स्वतन्त्र र निरपेक्ष ढंगले वस्तुपरक शैलीमा समाचार र विचारको प्रवाह हुन सकेकोछैन् । खासगरी राजनैतिक द्धन्द्धको स्थिति चर्केको बेला निर्देशीत सूचना र इच्छित विचारको प्रवाहले गती लिइरहेको देखिन्छ । प्रायोजित समाचारको प्रक्षेपणको कारण समेत पत्रपत्रिका प्रभावित हुने गरेका छन् । २०४६ देखि २०६५ सालसम्म्ा पत्रपत्रिकाहरुले आफनो उत्तरदायित्वको कमी कानुनी दण्ड सजायका प्रवाधान को कमी भएकोले छाडावादी प्रवृत्तिको विकास भएको समेत देखिएको छ । पत्रकारितालाई खड्किलो बनाएर राजनितिको उच्चपदमा पुग्नेहरु पनि प्रशस्त रुपमा रहेका छन् । राजनैतिक हिसाबले चल्ने विवादमा आइरहने विषयहरु प्रकाशन गर्ने कसैको व्यक्तिगत जीवनमा आक्षेप ल्याउने आदि जस्ता समाचारहरु प्रकाशन गरेकोले नै साप्ताहिक पत्रपत्रिकालाई पीत पत्रकारिताको संज्ञा दिइएको छ । यसरी पीत पत्रकारिताको निर्मूल गर्नका लागी यस प्रकारको विषाक्त पत्रकारिता अंगालेका पत्रिकाहरुलाई सबैभन्दा प्रथम सहि प्रकारले अनुगमन तथा कारवाही गरिनुपर्दछ निति नियम कडा बनाउनु पर्ने सबै प्रकारका सयन्त्रहरु कडा भएका खण्डमा यो विषाक्त पत्रकारिताको अन्त्य हुन सक्दछ । त्यसैले समाजका यस्ता दोषीहरुलाई कानुनको दायरा भित्र ल्याउनुपर्ने र कडा कारवाही गरिनुपर्ने देखिन्छ र यसो भएमा मात्र यो पीत पत्रकारिताको समस्या हल हुन सक्ने अनुमान गर्न सकिन्छ ।

-- Read Full Entry

Sunday, March 8, 2009

REALITY



Yesterday I saw this little girl who represents Nepalese women and children in general--marginalized, poor, innocent, and less-cared. Today is the 99th International Women's Day, and I really hope that the situation would change over the years and there may come a day when we don't have to pity ourselves.. Let's support women!

Photo by Prerana Marasini Read Full Entry

Friday, February 27, 2009

Palace converts to a Museum

Former Royal Palace, now a museum

The ribbon which was cut by PM Prachanda to open the palace doors for public
Prachanda said, "We'll reinvestigate Royal Masaccre". Interestingly, he also acknowledged the fact that king Birendra was liked and respected by a lot of Nepalis.

Who would not grab an opportunity to take a pic? A Maoist CA member (the monk, who's taking the pic) captures the woman on red carpet on his mobile phone.
Photos by Prerana Marasini
Read Full Entry

Tuesday, February 10, 2009

We ,the Nepali Females..

Happy 'inclusive' faces of New Nepal

Impressive Energy of this boatwoman of Pokhara
photos by Prerana Marasini Read Full Entry

Monday, February 2, 2009

Shahid Lakhan Thapamagar

Read Full Entry

राज्यले कहिलेसम्म प्रथम शहीदलाई अपमान र विभेद गर्ने ?

'हुँदैन विहान मिरमिरमा तारा झरेर नगए
बन्दैन मुलुक दुई चार सपुत मरेर नगए'
यी कविताका पंक्तिहरु यथार्थवादी कवि भुूपि शेरचनले लेखेका हुन् । उनले सपूत सहीदका बारेमा ओजपूर्ण कविता लेखिएता पनि नेपालकै प्रथम सहिद लखन थापामगरलाई भने अहिले सम्म राज्यले घोर अपमान गरिएको छ । सहिद दिवसको सन्र्दभमा प्राय सबै सहिदलाई स्मरण गरियो तर नेपालकै प्रथम सहिद लखन थापामगरलाई भने कसैले सम्झीएनन् । जसले मुलुकमा जनताको लागि आफ्नो शरीरलाई बलिदान दिनु पर्‍यो, जसले जहानियाँ राणा शासनको विरुद्धमा जनताको हितकोलागि धावा बोलेका थिए । तर शहिद दिवसमा उनलाई कसैले सम्झन समेत फुसर्त पाएनन् दुःख साथ भन्नुपर्छ ।

मुलुक र जनताको लागि आफ्नो ज्यान बलिदान दिने अमर सपूत शहीदहरुलाई राज्यले वेवास्था गरेको छ । नेपालको इतिहासमै निरंकुश एकतन्त्रीय जहानियाँ राणा शासन र सामन्ती प्रवृत्तिको विरुद्धमा धावा बोल्दा तत्कालीन नाताशाह जंगेका फौजहरुबाट आफ्नो ज्यान गुमाउनु परेका प्रथम लखन थापामगर जसले राष्ट्र र जनताको लागि यति ठूलो योगदान दियो उसलाई नै राज्यले र्बिसिएका छन् ।
नेपालकै प्रथम शहिद लखन थापामगरलाई प्रथम शहिद भन्न समेत राज्यले कन्जुसाई गरेको छ । सबैलाई थाहा भएकै कुरो हो राणाशासन विरुद्ध पहिलो धावा बोल्ने ब्यक्ति नै लखन थापामगर हुन भनेर । राणा शासनको विरुद्धमा जनस्तरबाट विद्रोह समेत गरेका थिए । तर, लखन थापामगरले एउटा यस्तो महान शहिद हुन् जसले जनता र मुलुकको लागि आफ्नो जीवनलाई बलिदान दिन पछि परेनन् ।
अहिले शहीद दिवसको सन्दर्भमा शहीद सप्ताहभरि कतै पनि लखन थापामगरको नामोच्चारण समेत हुँदैन । कतै कतै सामान्य ज्ञानमा नेपालका प्रथम शहीद लखन थापा भने लेखिएको पाईन्छ । राज्यस्तरबाट वि.सं. २०५६ साल फागुन ११ गते अर्थात् लखन थापामगरले शहादत प्राप्त गरेको एक सय २३ वर्ष पछाडि नेपाल मगर संघ र अन्य संघसंस्थाको दबाबमा 'शहीद' घोषणा गर्ने बाहेक अरु केही गर्न सकेको छैन । यसरी सरसरर्थी भन्नुपर्दा अहिले सम्म पनि लखन थापामगरलाई प्रथम शहीद भन्न कन्जुसाई गरिएको छ ।
नेपालकै प्रथम शहिद लखन थापामगरको बारेमा अहिलेसम्म कतैबाट पनि बृहत् अध्ययन र खोजी हुन सकेको छैन । राज्य स्वयम् शहिद लखन थापामगरको बृहत् अध्ययनको खोजी गर्न चाहदैनन भन्दा फरक नपार्ला । जति खोजी भएका छन्, ती पर्याप्त र विवादरहित छैनन् । अहिलेसम्म लिखित श्रोतहरुका आधारमा विद्रोही स्वभावका धनी लखन थापामगरको जन्म वि.सं. १८९१ मा साधारण मगर परिवारमा भएको विश्वास गरिन्छ । 'ओझेलमा परेका मगरहरु' नामक पुस्तकका लेखक विशलाल थापामगरले भने लखन थापाको जन्म कास्की जिल्लाको अर्घौं भन्ने गाउँमा भएको भनी लेखेका छन् । त्यस्तै राष्ट्रका गौरव तथा नेपालका प्रथम शहीद लखन थापामगर -द्वितिय) का लेखक डा. हर्षबहादुर बुढामगरले सो पुस्तकमा प्रमाणित भइ नसके पनि लखन थापाको जन्म भारतको अलमोडामा भएको अनुमाना लगाएका छन् । लखन थापाले प्रारम्भिक शिक्षा एवं तन्त्रमन्त्रका विद्या लखनउमा हासिल गरेका थिए भन्ने पाइन्छ । उनका पुर्खाहरु सुगौली सन्धिपश्चात् अलमोडामा खडा गरिएको तेस्रो गोरखा पल्टनमा सेवारत हुँदै आएका थिए, जसमा अत्यधिक मगरहरु रहेको बि्रगेडिएर जनरल सी.एन. वार्कलेले लेखेका छन् यसैक्रममा पारिवारिक सम्बन्धका कारण लखन थापा खलनउमा पुगेका थिए भन्ने एउटा कर्त छ भने अर्को उनका बुबा स्वयं भारतीइ सेनाका पेन्सनर थिए र बसाई-सराई गरी लखनउ पुगेका थिए भन्ने पाईन्छ । अहिलेसम्म लेखिएका तथ्यहरुका लखन थापामगर बीस वर्षको उमेरमा वि.संं. १९११ -१८५४ई) मा पुरानो गोरखा गणमा भर्ती भएका थिए भन्ने विषयमा सर्वसम्मत देखिन्छ । पुरानो खोरखा गण नेपाल एकीएकरणको समयमा पृथ्वीनारायण शाहद्वार चार जातको चार पल्टन स्थापना गर्ने क्रममा गरिएको मगरहरुको पल्टनका रुपमा चिनिन्छ । लखन थापामगर आफ्नो कुशलताका कारण भर्ती भएको १४ वर्षमा नै उनी क्याप्टेन दर्जामा पदोन्नति पनि भएका थिए। १९५७ मा वि्रटिश भारतमा भएको सिपाही विद्रोहमा जंगबहादुर राणाको नेतृत्वमा पच्चीस नेपाली पल्टन लखनउमा गएको थियो र सोही क्रममा पुरानो गोरखा पल्टनसँगै लखन थापामगर पनि लखनउ गएका थिए भन्ने शाही नेपाली सेनाको रेकर्डमा रहेको डा. बुढामगरको किताबमा लेखिएको छ ।
लखन थापामगरले जंगबहादुर विरुद्ध विद्रोह गर्ने निष्कर्ष निकाल्दै उनले वि. सं. १९२७ साल सेनाबाट बिदा लिए । त्यसपछि सहकर्मी जयसिंह चुमीमगरको सहयोगमा उनले गोरखाको बुङकोट काउलेमा संगठन निर्माण गरे । 'हुकुमको जवाफ छैन कालको औषधि छैन' भनिने जंगबहादुरको कठोर शासनकालमा लखन थापामगरले करिब दुईहजार युवा संगठित हतियार समेत जम्मा गरेको इतिहासकार प्रमोदशमशेर राणाले गोरखा विद्रोहमा लेखेका छन् । शिवलाल थापामगरले ओझेलमा परेका मगरहरु पुस्तकमा लखन थापामगरले काउलेमा जनश्रमदानबाट दरबार बनाएको र गोरखामा समानान्तर शासनको अभ्यास गरेको उल्लेख गरेका छन् । एकदिन उनले जंगबहादुरका विरुद्ध योजना बनाएका कागजातहरु उनको दरबारबाट चोरी भयो र जंगबहादुरसम्म पुग्यो । त्यसपछि जंगेले आफ्नोविरुद्ध गतिविधि गरेको थाहा पाउनासाथ कान्छा भाइ धीरशंमशेरको देवीदत्त गणको सैन्यटोली गोरखा पठाए । लखन थापामगर र उनका सहयोगीहरु पक्राउ परे । उनीहरुलाई थापाथली ल्याइयो । जंगबहादुरले लखन थापामगर र उनका सहयोगीहरुलाई मनकामना मन्दिरअगाडि झुन्डयाएर मार्न आदेश दिए । त्यसपछि वि. सं. १९३३ फागुन २ गते उनलाई रुखमा झुन्ड्याएर मारियो । उमेश रानामगर अनुसार उनीसहित अन्य जयसिंह चुमीलाई पनि रुखमा झुन्ड्याइयो भने चारजनालाई गोली हानेर मारियो । दुई ब्राह्मणलाई भने मुत्युदण्ड दिइएन । किन कि ति दुईलाई ब्राहमण भएको हुनाले मुत्युदण्ड भएन ।
वि.सं. २००७ सालमा प्रजातन्त्र स्थापनापछि राणा शासनको उत्तरार्द्धमा मारिएका गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्दलाई मात्र नेपालकै शहीद घोषणा गरियो । तर लखन थापामगर जसले जहानियाँ शासनको जन बसाल्ने जंगबहादुरकै विरुद्ध विद्रोह गरे र आफू मारिए तर उनलाई भने शहिद घोषणा गरिएन । नेपालकै प्रथम शहीद लखन थापा हुन भनेर निरन्तर जनदवावपछि भने मात्र २०५६ मा मन्त्रिपरिषद्ले उनलाई शहीद घोषणा गर्‍यो तर प्रथम शहीद भन्न भने कन्जुसाई जारी छ ।
जसले आफ्नो ज्यान भन्दा बढी माया मुलुक र जनताकोलागि गरे आज उनलाई नै नेपालकै प्रथम शहीद भन्न सकिरहेको छैन । लखन थापालाई प्रथम शहिद घोषणा गर्न जनदवाव बढछ तब लखन थापाको बारेमा लेखिएको इतिहासलाई र साक्षीलाई समेत लात हान्दै को हुन् लखन थापा, उनले मुलक र जनता हितकोलागि जहानियां शासनसँग विद्रोह गरेकी गरेनन् ? उनले शहादत्त प्राप्त गरेका हुन् या होइनन् भन्ने प्रश्नहरुहरु उठाइन्छ । यसरी प्रश्न उठाइदा लखन थापाको बारेमा लेखिएका इतिहासका पाना साक्षी छन् तर त्यसलाई पल्टाएर बुझ्ने र सारा जनतालाई बुझाउने प्रयास भने अहिले सम्म राज्यले गरेको छैन । लखन थापामगरको बारेमा साच्चीनै राज्यलाई चाँसो भईदिएको भए उनका बारेमा लेखिएका इतिहास, उनको दरबारको भग्नावशेष र उनका सन्तति अझै पनि जीवित छन् तर खै त्यसतर्फ राज्यको ध्यान गरेको ? यसरी लखन थापामगरको बारेमा बास्तविक बुझ्नुको साटो निरर्थक प्रश्न गर्नु कतिको उचित होला ? यदि राज्य साँचीकै बास्तविक शहिदको खोजीमा लागिरहेकै छ भने एक पटक प्रथम शहिद लखन थापामगरको बारेमा बुझ्न अत्यन्त जरुरी छ । किनभने इतिहासका पाना र उनका बारेमा अहिले पनि प्रमाणहरु प्रशस्त छन् । लखन थापाको बारेमा यर्थाथ प्रमाणको अध्ययन गरी छिटो भन्दा छिटो उनलाई नेपालकै प्रथम शहीद घोषणा गरियोस् ।
दीपा आले
Read Full Entry

Saturday, January 17, 2009

नैनीतालका मजदुर नेपालीहरु

नैनतालबाट फर्केर ऋचा शर्मा तिवारी

वैदेशिक रोजगारका लागी सदरपश्चिमका जनताहरुलाई भारतको उत्तराञ्चलको नैनीताल जिल्ला एउटा प्रमुख गन्तव्य बनेर रहेको छ । नेपालको सुदुरपश्चिमक्षेत्र साग सिमाना जोडिएको यो नैनीताल जिल्लामा विगत बीस वर्ष अगाडि देखि नै रोजगारीका लागी प्रमुख आर्कषणको केन्द्र बनेको छ । सबै नेपाली जस्ता देखिने कुमाउ ,गढवालका पुर्खाली नेपालीहरु , सुदुरपश्चिमका नेपालीहरु सबैका अनुहार उस्तै उस्तै नेपाली झै लाग्यो तर तिनीहरुको नेपाली भएर पनि नेपाली भन्न नसकेको अवस्था पनि भेटियो ।नैनतालमा मात्र ५ देखि १० हजारको हाराहारीमा नेपाली रहेका छन् भने अल्मोडामा ५हजार , रानीखेतमा ५हजार , गढवालमा ५ हजार जति अनुमानित नेपालीहरु रहेको जानकारी त्याहाका नेपालीहरु बतााउछ्न ।

तपाई नेपाली हो भनी सोध्दा एकजना नेपाली दाईले नेपाली भएपनि नेपाली भन्न रुचाउनभएन ,कारण सोधे मैले उाहाले नेपाली भएपनि यसरी भारतमा आएर याहा काम गर्न परकेा आफनो देेशमा काम नपाएकोले भारतीय सरकार नै राम्रो भन्न पनि पछि परेनन् ।विशेष गरि चैत्रमा याहा काम गर्ने नेपालीहरु नेपालमा आफनो खेतीपातीको लागी जाने गरेको र मंसिरमा बाली भित्रयाएर पुःन काममा र्फकने गरेको सेती अञ्चल कैलाली जिल्लाका कामदार कन्द बहादर विष्ट बताउछन् ।
यसरी काम गर्दा उनीहरु दैनिक आठ घण्टा , भारतीय रुपैया १सय बीसको दरमा कहिले सिमेन्ट बोक्ने , रिक्सा चलाउने , कल्ल्ाी काम, डकर्मी काम , बाटो बनाउने , होटलमा काम गर्ने आदि जस्ता काम गरेर आफनो जीवन विताउछन् र पैंसा कमाउने मेलो गर्दछन् ।कन्द .ब. विष्ट भन्छन् पाखुरा चलाए ,काम छ ,नत्रभए केहि काम पाइन्न, दुःख छ । तर आफुहरुलाई खान लाउन त्यति गाह्रो नभएको बताउछन् । जे काम पाए पनि गरिहाल्ने गरेकोले होला । रिक्सा चलाउनेको पनि क्रम अनुसार मात्र हन्छ । जे मनलाग्यो त्यहि बेला पाइन्न, माइकिगं गरेर रिक्सा नम्बर बोलाएपछि मात्र चलाउन पाउने नियम रहेको बताउछान् ।केहि समय याहाबाट काम गरेर र्फकदा कतिपय नेपालीहरुले धेरैमा २,३ हजार भारु ब्ाोकेका हन्छन् ती सबै भारतीय सीमाना नेपालीले नै लुटने गरेको समेत गरेको तर नैनीतालमा भने नेपालीाई सुरक्षाको कुनै समस्या नभएको र केवल सीमा क्षेत्र असुरक्षित भएको उनले बताए ।त्यसै गरि सुदुरपश्चिम घर भएका प्रेम दमाईले आफुले त्याहा वि.स २०४० साल देखि ज्याला मजदुरी , मिस्त्री आदि जस्ता काम गर्दै आएको बताए ,उनी भन्छन् घर जाादा त कमाएको पैसा त भारतीय डाकाहरुले लुटने गरेका छन् । अनी के घर जाने,कति पैसा लाने ?कमाएको पैसा खान लाउन पग्दैन अनी के बचाउने?त्यसो त कैलालीका डबल बुढाले नैनतालमा काम गरेको ७ वर्ष भयो ,घरको आर्थीक अवस्थाले याहा आएको बताए , ३,४ महिना याहा काम गरेर आफु घर जाने , याहा विहान १० देखि बेलका ५ बजे सम्म काम गर्ने , सञ्चो विसञ्चो पनि भन्न पाइन्न , आफ तल्ल्ाीताल भन्ने ठााउमा काम गर्ने , खान लाउन पैंसा नपुग्ने बताए सके २ छाक खाने नत्र १ छाक मात्र खाने पनि गरेको र जीवन चलाएको बताए । त्यसो त ठेकेदारले विराम्ाी पर्दा पैंसा उपचारको नदिने भएकोले नेपाली साथीहरु साग सापट लिएर चलाउने गरेको पनि बताए ।प्राय नेपाली मजदरहरुले कोठा भाडा ५सय देखि ८ सय भारु सम्म तिर्न पर्ने , कति त पैसा नभएर बाटोमा सत्ने , खाना नखाने आदि समेत गरेको थाहा हुन आयो । जे जस्तो काम पायो त्यहि गरिहाल्ने , नत्र काम नपाइने । नेपालीहरुलाई नेपाल आउदा १००० भारु लाग्ने भएकोले कतिपयले बचाएको पैंसाले गाडीमा जाने गरेको र कतिपयले पैंसा नभएर त्याहाबाट हिडेर वास वस्दै पनि नेपाल आउने समेत गरेको बताए । तर कति त बचाएको पैंसा लिएर जाादा बाटामा नै लुटिने गरेको बताए ।त्यसो त भारतीय प्रहरीहरुले नेपालीहरुलाई नेपाल भारतको सीमाना को बाटोमा सुरक्षाको नाममा कतिपयसाग घुस लिएर समेत काम गर्ने गरेको देखियो ।अनी त यी सीमानाहरुलाई कसरी सरक्षित मान्न् सकिन्छ त ?विहान १० बजे तिर म नैनीतालको किनारामा पुग्दा मैले नेपाली अनुहारको एक जमात् भेटेको थिए र बेलुका काम सकेपछि नेपाली दाजुभाइहरु सबै विभिन्न चोक चोकमा जम्म् भएर बसेका थिए । मैले पुरानो बजारमा एउटा पसल अघि एक जमात् नेपाली भेटेर बोल्न खोज्दा मलाई भारतीय पसलेले यसरी कुरा नगर्न भन्यो । म अचम्म परे त्यस बारेमा सोध्दा यसरी जमात्मा पनि नाया मान्छे साग बोल्दा शंका गर्ने रहेछन् ।त्यसैले यी नेपालीको समस्या बभ्fmने कसले हो त ?सरकारले कि त हामीले ?यो वाध्यात्मक परिस्थिति को निर्माता नेपालको गरिबी हो र बेरोजगारी ,अशिक्षा नै हो भनी किटान साथ भन्न् मिल्छ की ?
Read Full Entry

Sunday, January 4, 2009

Joy Ride of Nepalese Women Kricketer


Nepalgunj ma woman crickter lai samman gradai nagarparikama




Read Full Entry

Friday, January 2, 2009

महिला क्रिकेटरलाई सम्मान गर्ने क्रम जारी

नेपालको क्रिकेट इतिहासमा पहिलोपटक १९ वर्षमुनिको नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रियस्तरमै नेपालको नाम चम्काएको छ ।
नेपालको नाम विश्वमा चम्काउनु आफ्नो ठाउँमा छ भने राष्ट्रकै गौरव बढाएर उपाधी हात पार्न समेत सफल भएका नेपाली खेलाडीहरुलाई केही हदसम्म सम्मान गर्ने कार्यक्रम पनि धमाधम सुरु भएको छ ।

नेपालगन्जमा महिला क्रिकेट खेलाडीलाई सबैभन्दा पहिलो सम्मान नेपालगन्ज उद्योग वाणिज्य संघले गरेको थियो भने दोस्रो सम्मान क्रिकेट संघले गरेको थियो । त्यसको लगतै तेस्रो सम्मान युथफोर्सर् बाँकेले गरेको छ । उक्त सम्मानमा नेपालगन्जबाट ७ जना महिला क्रिकेट खेलाडी र एक जना प्रशिक्षकलाई सम्मान गरिएको हो ।


महिला क्रिकेट खेलाडीलाई पहिलो र दोस्रो सम्मान भन्दा भिन्नै प्रकारको रोचक तरिकाले युक्तफोर्सले शुक्रबार सम्मान गरेर देखाएको छ । महिला क्रिकेट खेलाडीले अन्तर्राष्ट्रियस्तरमै प्रथम भई नेपालको गौरव बढाएर आउँदा पनि जति सम्मान ाज्यले दिनु पर्ने त्यतिसम्मान भने अझसम्म पाएका छैनन् । तर नेपालगन्जका सरोकारवालाहरुले ढिलै भएपनि महिला क्रिकेट खेलाडीलाई सम्मान गर्ने क्रम जारी छ ।

बाँके युथफोर्सले महिला क्रिकेट खेलाडीलाई सम्मानको क्रममा प्रहरी व्याण्डबाजा सहित नेपाली राष्ट्रिय गीतमा नगर परिक्रमा गर्दा प्रशिक्षक र खेलाडीहरुले अझ राष्ट्रको गौरव बढाउनको लागि संवेदनशील भएका थिए । संघसंस्थालेगरेको सम्मान पनि आफ्नै ठाउँमा महत्वपूर्ण थियो भने दलका पार्टीले सुरु गरेको सम्मानले नेपालगन्ज नगरलाई तत्ताएको थियो ।

आयोजकले महिला क्रिकेट खेलाडीका लागि भरपूर्ण कोसिस गरेर सम्मानको तयारी गरेतापनि जति नगरबासी र खेलकुदक्ष्ाेत्रमा आबद्ध पदाधिकारी र खेलाडीको उपस्थिति हुनुपर्ने हो त्यति उक्त सम्मान कार्यक्रममा सहभागी नहुँदा कताकता खल्लोपनले छाएको थियो । तर पनि नेपाल प्रहरीको सहयोगमा व्याण्डबाजाको धुन सहित राष्ट्रगानले सम्मान कार्यक्रमलाई ओजपूर्ण बनाउन भने कम थिएन ।

नेपालगन्जमा धेरै वर्षपछि यसरी खेलाडीहरुलाई नगरपरिक्रमा गराउदा नगरबासीहरु खेलाडीलाई हेर्न तछाडमछाड गर्दै सडकमा ओर्लिएका थिए भने कोही कानेखुसी गर्दै कुरा गर्दै थिए तर सम्बन्धीत सरोकारवालाहरु भने गालामा हात लगाएर बसेका थिए । महिला खेलाडीको सम्मानले शुक्रबार नेपालगन्जलाई तताउन भने छोडेन ।

बाँके युथफोर्सले महिला क्रिकेट खेलाडीलाई अझ खेलमा प्रोत्साहन र राष्ट्रको गौरव बढाउनकोलागि खेलसामाग्री समेत प्रदान
गरेका छन् । खेल सामाग्री क्रिकेट टोलीका कप्तान नेरी थापामगरलाई हस्तान्तरण गरिएको थियो । उक्त ब्याट्सकिड्स खेलकुद संघका केन्दि्रय सदस्य रतन कुमारटण्डनले सहयोग गर्नु भएको थियो । त्यसैगरी अरु सामाग्रीहरु केशरी चौधरी, विनु बुढामगर, सीता

रानामगर, तृष्णा सिंह, ममता थापामगर, सरिता डिसुवामगर र टोलीका प्रशिक्षक जमिल अन्सारीलाई प्रधान गरिएको थियो । ब्याट्सकिड्सका साथै खेलाडी र प्रशिक्षकलाई युथफोर्स लेखिएको ट्रयाकसुट पनि प्रदान गरिएको थियो । त्यसको साथै दोसल्ला र प्रमाण पत्र, र पुष्पगुच्छा समेत खेलाडीको भविष्यको सफलताको कामनाको लागि दिईएको थियो ।

सम्मान कार्यक्रममा प्रशिक्षक जमिल अन्सारीले क्रिकेटलाई अझ उचाईमा पुर्‍याउनकोलागि एकपटकको सफलता मात्र होइन अझ धेरै सफलताको उपाधी हात पार्न सम्बन्धीत सरोकारवालाहरुले सहयोग गर्नु पर्ने बताउनु भएको थियो ।

अन्य खेलबाट नेपाललाई अन्तरर्राष्ट्रियस्तरमै चिनाउन सफल भएतापनि महिला क्रिकेटद्वारा नेपाललाई उचाईमा पुराउनु पहिलो पटक हो । त्यसमा पनि नेपालगन्जबाट जन्मेको क्रिकेट खेलले राष्ट्रीय र अन्तर्राष्ट्रिय स्तरमै सफलता पाउनु भनेको ठूलो कुरो हो । त्यसमध्ये पनि नेपालगन्जबाट ७ जना महिला क्रिकेट खेलाडीको सहभागीताले थाइलाइण्डमा भएको एसीसी अन्डर-१९ क्रिकेट प्रतियोगितालाई प्रथम स्थान बनाउन ठूलो भूमिका रहेको छ भने प्रशिक्षक समेत नेपालगन्जको भएकोले पनि नेपालगन्जको योगदान महत्वपूर्ण
ठहरिएको छ ।

शुक्रबार गरिएको सम्मान कार्यक्रममा प्रमुख अतिथि लक्ष्मण ज्ञवालीले राष्ट्रको गौरव खेलक्षेत्रबाट उचाईमा पुराउन सफल महिला खेलाडीलाई बधाईका साथै भावि दिनमा प्रगतिको शुभकामना समेत व्यक्त गर्नु भएको थियो

त्यसै गरी अतिथिहरु नेकपा एमाले अञ्चलका सदस्य शान्ति ढकाल, प्रजातान्त्रिक राष्ट्रिय युवासंघका अध्यक्ष सूर्य ढकाल, प्रासयुका सचिव दिपक जिएम, राखेपका केन्दि्रय सदस्य विनोद मैनाली, प्रमुख जिल्ला अधिकारी गणेश खत्री जिल्ला प्रहरी प्रमुख मिङमा लामा, नेकपा जिल्ला सचिवालय सदस्य अशोक कोईरला, नेपालगन्ज नगरपालिका निमित्त प्रमुख भरत शर्मा, खेलकुद परिषद समिति बाँके अध्यक्ष राम थापा, नेपाल पत्रकार महासंघ केन्दि्रय सदस्य जनक नेपाल, नेपालपत्रकार महासंघ बाँके शाखा झलक गैरै, प्रेस चौतारी केन्दि्रय उपाध्यक्ष शिव डोटेल, प्रेस चौतारी केन्दि्रय सदस्य सुरेन्द्र काफ्ले, केन्दि्रय सदस्य सिर्जना आचार्य, क्षेत्रीय खेलकुदका नरेन्द्र कुमार शर्मा, क्षेत्रीय क्रिकेट संघका क्षेत्र नम्बर ५ का मदन रावल र ट्राफिक प्रमुख सत्यानारायण थापा लगायतको सहभागिता रहेको थियो ।

नेपाली महिला क्रिकेट खेलाडीले विश्वमै देशको गौरव बढाएको छ । खेलाडीको उत्साह र हौसला बढाउन पनि सबै नेपालीहरुले सम्मान गर्नु उचित देखिन्छ । त्यही सम्मान गर्नेक्रममा विभिन्न संघसंस्था र दलका पार्टीले आफ्नो संस्था र पार्टीलाई चिनाउने काम पनि
भईरहेको छ । तर जेहोस् युथफोर्स बाँकेले गरेको सम्मान अत्यन्त रोचक र सम्मानपुर्ण थियो । उक्त सम्मान कार्यक्रमका सभापति युथफोर्सका अध्यक्ष प्रमोद धितालले खेलाडीलाई बधाईका साथै भाविदिनमा प्रगति गर्नको लागि कामना गर्नु भएको थियो ।

हाल देशभरि नै महिला क्रिकेट खेलाडीलाई सम्मान गर्ने क्रम भईरहेको बेला अझ सम्पूर्ण संघसंस्था र पार्टीहरुले खेलाडीको भविष्यको लागि सोच्नु राम्रो हुनेछ । र राष्ट्रको गौरव बढाउने खेलाडीहरु र प्रशिक्षक झनै संवेदनशील हुनु जरुरी छ ।

महिला क्रिकेट खेलाडीको निरन्तर प्रयासले गर्दा आज विश्वमा देशको नाम राख्न सक्दा सबैले हाई हाई गर्ने र भोलि गएर खेलाडीलाई तलमाथि केही भयो भने बाई बाई गर्ने अवस्था नआउनको लागि पनि सरकार र सम्बन्धीत पक्ष गम्भिर हुनु आवश्यक छ । अझ यस्ता राष्ट्रको गौरव उचाईमा पुराउने खेलाडीलाई मलजल गर्न राज्यले दिगोरुपमा आर्थिकको सहयोग गर्दै खेलको अभ्यास निरन्तर गर्न सके अझ राम्रा-राम्रा खेलाडीहरुको जन्म हुने थियो ।
दीपा आले
नेपालगन्ज १८, पुस
Read Full Entry