नेपालको क्रिकेट इतिहासमा पहिलोपटक १९ वर्षमुनिको नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रियस्तरमै नेपालको नाम चम्काएको छ ।
नेपालको नाम विश्वमा चम्काउनु आफ्नो ठाउँमा छ भने राष्ट्रकै गौरव बढाएर उपाधी हात पार्न समेत सफल भएका नेपाली खेलाडीहरुलाई केही हदसम्म सम्मान गर्ने कार्यक्रम पनि धमाधम सुरु भएको छ ।
नेपालगन्जमा महिला क्रिकेट खेलाडीलाई सबैभन्दा पहिलो सम्मान नेपालगन्ज उद्योग वाणिज्य संघले गरेको थियो भने दोस्रो सम्मान क्रिकेट संघले गरेको थियो । त्यसको लगतै तेस्रो सम्मान युथफोर्सर् बाँकेले गरेको छ । उक्त सम्मानमा नेपालगन्जबाट ७ जना महिला क्रिकेट खेलाडी र एक जना प्रशिक्षकलाई सम्मान गरिएको हो ।
नेपालको नाम विश्वमा चम्काउनु आफ्नो ठाउँमा छ भने राष्ट्रकै गौरव बढाएर उपाधी हात पार्न समेत सफल भएका नेपाली खेलाडीहरुलाई केही हदसम्म सम्मान गर्ने कार्यक्रम पनि धमाधम सुरु भएको छ ।
नेपालगन्जमा महिला क्रिकेट खेलाडीलाई सबैभन्दा पहिलो सम्मान नेपालगन्ज उद्योग वाणिज्य संघले गरेको थियो भने दोस्रो सम्मान क्रिकेट संघले गरेको थियो । त्यसको लगतै तेस्रो सम्मान युथफोर्सर् बाँकेले गरेको छ । उक्त सम्मानमा नेपालगन्जबाट ७ जना महिला क्रिकेट खेलाडी र एक जना प्रशिक्षकलाई सम्मान गरिएको हो ।
महिला क्रिकेट खेलाडीलाई पहिलो र दोस्रो सम्मान भन्दा भिन्नै प्रकारको रोचक तरिकाले युक्तफोर्सले शुक्रबार सम्मान गरेर देखाएको छ । महिला क्रिकेट खेलाडीले अन्तर्राष्ट्रियस्तरमै प्रथम भई नेपालको गौरव बढाएर आउँदा पनि जति सम्मान ाज्यले दिनु पर्ने त्यतिसम्मान भने अझसम्म पाएका छैनन् । तर नेपालगन्जका सरोकारवालाहरुले ढिलै भएपनि महिला क्रिकेट खेलाडीलाई सम्मान गर्ने क्रम जारी छ ।
बाँके युथफोर्सले महिला क्रिकेट खेलाडीलाई सम्मानको क्रममा प्रहरी व्याण्डबाजा सहित नेपाली राष्ट्रिय गीतमा नगर परिक्रमा गर्दा प्रशिक्षक र खेलाडीहरुले अझ राष्ट्रको गौरव बढाउनको लागि संवेदनशील भएका थिए । संघसंस्थालेगरेको सम्मान पनि आफ्नै ठाउँमा महत्वपूर्ण थियो भने दलका पार्टीले सुरु गरेको सम्मानले नेपालगन्ज नगरलाई तत्ताएको थियो ।
आयोजकले महिला क्रिकेट खेलाडीका लागि भरपूर्ण कोसिस गरेर सम्मानको तयारी गरेतापनि जति नगरबासी र खेलकुदक्ष्ाेत्रमा आबद्ध पदाधिकारी र खेलाडीको उपस्थिति हुनुपर्ने हो त्यति उक्त सम्मान कार्यक्रममा सहभागी नहुँदा कताकता खल्लोपनले छाएको थियो । तर पनि नेपाल प्रहरीको सहयोगमा व्याण्डबाजाको धुन सहित राष्ट्रगानले सम्मान कार्यक्रमलाई ओजपूर्ण बनाउन भने कम थिएन ।
नेपालगन्जमा धेरै वर्षपछि यसरी खेलाडीहरुलाई नगरपरिक्रमा गराउदा नगरबासीहरु खेलाडीलाई हेर्न तछाडमछाड गर्दै सडकमा ओर्लिएका थिए भने कोही कानेखुसी गर्दै कुरा गर्दै थिए तर सम्बन्धीत सरोकारवालाहरु भने गालामा हात लगाएर बसेका थिए । महिला खेलाडीको सम्मानले शुक्रबार नेपालगन्जलाई तताउन भने छोडेन ।
बाँके युथफोर्सले महिला क्रिकेट खेलाडीलाई अझ खेलमा प्रोत्साहन र राष्ट्रको गौरव बढाउनकोलागि खेलसामाग्री समेत प्रदान
गरेका छन् । खेल सामाग्री क्रिकेट टोलीका कप्तान नेरी थापामगरलाई हस्तान्तरण गरिएको थियो । उक्त ब्याट्सकिड्स खेलकुद संघका केन्दि्रय सदस्य रतन कुमारटण्डनले सहयोग गर्नु भएको थियो । त्यसैगरी अरु सामाग्रीहरु केशरी चौधरी, विनु बुढामगर, सीता
रानामगर, तृष्णा सिंह, ममता थापामगर, सरिता डिसुवामगर र टोलीका प्रशिक्षक जमिल अन्सारीलाई प्रधान गरिएको थियो । ब्याट्सकिड्सका साथै खेलाडी र प्रशिक्षकलाई युथफोर्स लेखिएको ट्रयाकसुट पनि प्रदान गरिएको थियो । त्यसको साथै दोसल्ला र प्रमाण पत्र, र पुष्पगुच्छा समेत खेलाडीको भविष्यको सफलताको कामनाको लागि दिईएको थियो ।
सम्मान कार्यक्रममा प्रशिक्षक जमिल अन्सारीले क्रिकेटलाई अझ उचाईमा पुर्याउनकोलागि एकपटकको सफलता मात्र होइन अझ धेरै सफलताको उपाधी हात पार्न सम्बन्धीत सरोकारवालाहरुले सहयोग गर्नु पर्ने बताउनु भएको थियो ।
अन्य खेलबाट नेपाललाई अन्तरर्राष्ट्रियस्तरमै चिनाउन सफल भएतापनि महिला क्रिकेटद्वारा नेपाललाई उचाईमा पुराउनु पहिलो पटक हो । त्यसमा पनि नेपालगन्जबाट जन्मेको क्रिकेट खेलले राष्ट्रीय र अन्तर्राष्ट्रिय स्तरमै सफलता पाउनु भनेको ठूलो कुरो हो । त्यसमध्ये पनि नेपालगन्जबाट ७ जना महिला क्रिकेट खेलाडीको सहभागीताले थाइलाइण्डमा भएको एसीसी अन्डर-१९ क्रिकेट प्रतियोगितालाई प्रथम स्थान बनाउन ठूलो भूमिका रहेको छ भने प्रशिक्षक समेत नेपालगन्जको भएकोले पनि नेपालगन्जको योगदान महत्वपूर्ण
ठहरिएको छ ।
शुक्रबार गरिएको सम्मान कार्यक्रममा प्रमुख अतिथि लक्ष्मण ज्ञवालीले राष्ट्रको गौरव खेलक्षेत्रबाट उचाईमा पुराउन सफल महिला खेलाडीलाई बधाईका साथै भावि दिनमा प्रगतिको शुभकामना समेत व्यक्त गर्नु भएको थियो
त्यसै गरी अतिथिहरु नेकपा एमाले अञ्चलका सदस्य शान्ति ढकाल, प्रजातान्त्रिक राष्ट्रिय युवासंघका अध्यक्ष सूर्य ढकाल, प्रासयुका सचिव दिपक जिएम, राखेपका केन्दि्रय सदस्य विनोद मैनाली, प्रमुख जिल्ला अधिकारी गणेश खत्री जिल्ला प्रहरी प्रमुख मिङमा लामा, नेकपा जिल्ला सचिवालय सदस्य अशोक कोईरला, नेपालगन्ज नगरपालिका निमित्त प्रमुख भरत शर्मा, खेलकुद परिषद समिति बाँके अध्यक्ष राम थापा, नेपाल पत्रकार महासंघ केन्दि्रय सदस्य जनक नेपाल, नेपालपत्रकार महासंघ बाँके शाखा झलक गैरै, प्रेस चौतारी केन्दि्रय उपाध्यक्ष शिव डोटेल, प्रेस चौतारी केन्दि्रय सदस्य सुरेन्द्र काफ्ले, केन्दि्रय सदस्य सिर्जना आचार्य, क्षेत्रीय खेलकुदका नरेन्द्र कुमार शर्मा, क्षेत्रीय क्रिकेट संघका क्षेत्र नम्बर ५ का मदन रावल र ट्राफिक प्रमुख सत्यानारायण थापा लगायतको सहभागिता रहेको थियो ।
नेपाली महिला क्रिकेट खेलाडीले विश्वमै देशको गौरव बढाएको छ । खेलाडीको उत्साह र हौसला बढाउन पनि सबै नेपालीहरुले सम्मान गर्नु उचित देखिन्छ । त्यही सम्मान गर्नेक्रममा विभिन्न संघसंस्था र दलका पार्टीले आफ्नो संस्था र पार्टीलाई चिनाउने काम पनि
भईरहेको छ । तर जेहोस् युथफोर्स बाँकेले गरेको सम्मान अत्यन्त रोचक र सम्मानपुर्ण थियो । उक्त सम्मान कार्यक्रमका सभापति युथफोर्सका अध्यक्ष प्रमोद धितालले खेलाडीलाई बधाईका साथै भाविदिनमा प्रगति गर्नको लागि कामना गर्नु भएको थियो ।
हाल देशभरि नै महिला क्रिकेट खेलाडीलाई सम्मान गर्ने क्रम भईरहेको बेला अझ सम्पूर्ण संघसंस्था र पार्टीहरुले खेलाडीको भविष्यको लागि सोच्नु राम्रो हुनेछ । र राष्ट्रको गौरव बढाउने खेलाडीहरु र प्रशिक्षक झनै संवेदनशील हुनु जरुरी छ ।
महिला क्रिकेट खेलाडीको निरन्तर प्रयासले गर्दा आज विश्वमा देशको नाम राख्न सक्दा सबैले हाई हाई गर्ने र भोलि गएर खेलाडीलाई तलमाथि केही भयो भने बाई बाई गर्ने अवस्था नआउनको लागि पनि सरकार र सम्बन्धीत पक्ष गम्भिर हुनु आवश्यक छ । अझ यस्ता राष्ट्रको गौरव उचाईमा पुराउने खेलाडीलाई मलजल गर्न राज्यले दिगोरुपमा आर्थिकको सहयोग गर्दै खेलको अभ्यास निरन्तर गर्न सके अझ राम्रा-राम्रा खेलाडीहरुको जन्म हुने थियो ।
दीपा आले
नेपालगन्ज १८, पुस
No comments:
Post a Comment