झापाबाट पत्रकार नारायण खडका
बिभिन्न प्रलोभन र बहानामा परि बेचिएका पर्ुवका महिलाहरुले आफुहरुलाई न्याय दिलाईदिन पत्रकारहरुसँग आग्रह गरेका छन् । झापाको बिर्तामोडमा आयोजना गरिएको इक कार्यक्रममा उनीहरुले आफुहरुलाई बिभिन्न बहानामा बेचिएको भएपनि आफुहरुको अवस्थाप्रति गम्भिर नभई छिमेकीहरुले पशुवत व्यवहार गरेपछि आफुहरु अलपत्र रहेको बताएका छन् । उनीहरुले आफुहरुको सहज जीवनयापन र दोषीलाई कारबाहीको माग समेत गरेका छन् ।
बिभिन्न प्रलोभन र बहानामा परि बेचिएका पर्ुवका महिलाहरुले आफुहरुलाई न्याय दिलाईदिन पत्रकारहरुसँग आग्रह गरेका छन् । झापाको बिर्तामोडमा आयोजना गरिएको इक कार्यक्रममा उनीहरुले आफुहरुलाई बिभिन्न बहानामा बेचिएको भएपनि आफुहरुको अवस्थाप्रति गम्भिर नभई छिमेकीहरुले पशुवत व्यवहार गरेपछि आफुहरु अलपत्र रहेको बताएका छन् । उनीहरुले आफुहरुको सहज जीवनयापन र दोषीलाई कारबाहीको माग समेत गरेका छन् ।
२ बर्षअघि भारतको दिल्लीमा आफ्नै प्रेमीबाट बेचीएकी मोरङकी २२ बषिर्या दिलमाया र्राई -नाम परिवर्तन), दर्ुइ बर्षघि स्थानीय एक ब्यक्तिले छोरी बेपत्ता बनाएकी मीना दर्जी, मनरानी लिम्बु लगायतले दोषीलाई कारबाही गर्न पत्रकारहरुमार्फ सरकारको ध्यानाकर्षा गराएका छन् । उनीहरुले दोषीको बारेमा सबै यर्थाथ उल्लेख गरेर उजुरी दिएपनि अहिलेसम्म आफुहरुलाई न्याय दिनुको साटो थप पीडा दिने काम भएको बताए ।
गाउँ समाजका कारण घरमा बस्ने वातावरण नभएपछि आफुहरु भौतारिहेको दिलमायाले बताउनुभयो । बेचिएर उद्धारपछि घर फर्किएकी उनलाई घर र समाजले बस्न नदिएपछि अहिले बिचल्लीमा परेको बताउँछिन् । 'बेचिएर आएकी भन्ने थाहा पाएपछि समाजले पशुको जस्तो व्यवहार गरेर घरमा बस्नै नदिएपछि म बिचल्लीमा परेको हुँ, उनले भनिन-मेरो सहज जीवनयापनका लागि वातावरण बनाइदिनुपरयो ।
२ बर्षघि स्थानीय दलालबाट लगिएकी २० बर्ष छोरी भोटीमाया नफर्किएको भन्दै उनकी आमा मीना दर्जी पनि न्यायको खोजीमा छिन् । स्थानीय दलाल शन्तकुमार तामाङले राम्रो रोजगारी पर्ठाई दिने भन्दै लिएर गएको तर, छोरीको बारेमा अहिलेसम्म कुनै जानकारी नदिएको भन्दै न्यायका लागि पहल गरिदिन संचारकर्मी संग अनुरोध गरिन । यसैगरि गरामनी बस्ने ३० बर्षी मनरानी लिम्बु पनि बिगत ४ बर्षेखि बेपत्ता छिन् । बैदेशिक रोजगारीका लागि युवराज नामका दलाले उनलाई अलपत्र पारेको र अहिलेसम्म कुनै खबर नदिएको उनकी आमाले बताईन् ।
पर्ूवाञ्चल क्षेत्रमा अहिले करिब ७० जना महिलाहरु यसप्रकारको समस्याबाट पीडित रहेको शक्ति नेपालकी संयोजक जानुका भट्टर्राईले जानकारी दिईन । बेचिने र हराउने अधिकाँश चेलीहरुलाई बैदेशिक रोजगारीका नाममा बेपत्ता पार्ने गरिएको उनको भनाई छ । हराएका चेलीहरुका बारेमा माईती नेपाल, प्रहरी प्रशासनलाई अनुरोध गरिएको भएपनि बेवास्ता गरिएको सँयोजक भट्टर्राईले बताईन् ।
स्थानीय दलाल सन्तकुमार तामाङ मार्फ बेचिएकी भोटीमाया दर्नालकी बृद्ध आमा, प्रेमीबाट बेचिएकी शर्मा र मनरानी लिम्बुका परिवार अहिले न्यायका लागि गुहार माग्दै हिडिरहेका छन् । तरपनि उनीहरुलाई न्यायका लागि भरपर्दाे पहल हुन सकेको छैन् । अशिक्षित र गरिब परिवारका उनीहरुलाई मोटो रकमको प्रलोभनमा पारेर पीडा दिएको पीडित परिवारको भनाई छ । पीडा पाएपनि गाउँ र समाजले बस्न नदिएका कारण अहिले बिचल्ली अवस्थामा रहनुपरेकाले आफ्नो पर्ुनस्थापनामा सहयोग गरिदिन उनीहरुले संचारकर्मीहरुलाई अनुरोध गरेका हुन ।
No comments:
Post a Comment