Sunday, December 21, 2008

नेपालकै इतिहासमा पहिलो पटक बोल्ड आउटबाट वेष्टजोन माविको विजयी बोल्ड आउटबाट "म्यान आफ द म्याच" घोषित भए प्रसन्न श्रेष्ठ

जिविस कप अन्तर विधालयस्तरीय क्रिकेट प्रतियोगिता अन्तरगत आइतबार भएको पहिलो खेलमा श्रीराम मावि नआएको हुनाले आक ओभरको आधारमा एन्जल्स मावि विजयी भएको छ ।
त्यसै गरी प्रतियोगिताको दोस्रो खेल मोर्डन मावि र वेस्टजोन मावि बीच भएको खेलमा नेपालकै इतिहासमा पहिलो पटक बोल्ड आउटबाट ओस्टजोन मावि विजयी भएको हो ।



दुवै समूहबाट म्याच बाई भएपछि दुवै समूहका ५-५ वटा बलरले विकेटलाई बोल्ड आउट गर्नुपर्छ जसमा मोर्डन पब्लिक हाईस्कुलका कुनै पनि बलरले बोल्ड आउट गर्न सकेन तर ओस्टजोन माविका प्रसन्न श्रेष्ठले बोल्ड गरी नेपालकै इतिहासमा पहिलो पटक बोल्ड आउट गरी रेकर्ड राख्न सफल
भए ।
निर्धारित २० ओभरको खेलमा ओस्टजोन माविले ८ विकेट गुमाई २० ओभरमा १ सय २५ रन बनाउन सफल भयो ।
ओस्टजोन स्कुलको ब्याट्स मेन प्रसन्न श्रेष्ठले २ प्रदिप गिरीले क्रमशः ४० र १० रन बनाएका थिए । बलिङ्ग गर्दै मोर्डन हाईस्कुलका बलर सुदिप श्रेष्ठ, करण शाहले क्रमशः ४ ओभर १४ रन दिई ३ विकेट र करण शाहले ३ दशमलब २ ओभरमा २३ रन दिई ३ विकेट मात्र लिन सफल
भयो ।
१ सय २६ रन लिई ओर्लेका मोर्डन हाईस्कुलले २० ओभरमा ९ विकेट गुमाई १ सय २५ रन बनाउन सफल भए ।
दोस्रो इनिङमा ब्याटिङ गर्दै मोर्डन माविका ब्याट्स मेन सरबेश कुमारले २५ रन र सुदिप श्रेष्ठले २४ रन बनाएका थिए ।
बलिङ्ग गर्दै ओस्टजोन माविका बलर मन्दीप खड्का र प्रसन्न श्रेष्ठले ४-४ ओभर गरे । मन्दीप खड्काले ४ ओभरमा १६ रन बनाए भने प्रसन्न श्रेष्ठले ४ ओभरमा २१ रन दिई २ विकेट लिएका थिए ।
बोल्ड आउटको निर्णयद्वारा ओस्टजोन मावि १-० ले जित्न सफल भयो भने ४० रन र २ विकेटको योगदान दिने ओस्टजोन माविका खेलाडि प्रसन्न श्रेष्ठ 'म्यान अफ द म्याच' घोषित भए ।
त्यसैगरी आज हुने क्रिकेट प्रतियोगितामा पहिलो खेल सनविन हाईस्कुल र जुनियर क्याबि्रज हाईस्कुल बिच हुनेछ भने दोस्रो खेल आइतबार भएको खेलबाट बोल्ड आउट भई विजयी भएका ओस्टजोन मावि र एभेष्ट सैनिक मावि विच हुनेछ ।
उक्त क्रिकेट प्रतियोगिता विहान ९ः३० देखि साँझ ४ः३० बजेसम्म हुनेछ । जिविस कप अन्तर विधालयस्तरीय क्रिकेट प्रतियोगिता हेर्नको लागि खेलप्रेमिहरुको घुईचो पनि उत्तिकै छ । यसको साथै खेल क्षेत्रलाई गुणस्तरीय बनाउन यहाँका सम्बन्धित पक्षको ध्यान जान आवश्यक छ भने राष्ट्रको पहिचान र गौरव बढाउने खेलाडिहरुको खेललाई उत्साह र उमंग दिनको लागि पनि खेलप्रेमिहरु खेल हेर्न आउनको लागि पनि अझ बढी आवश्यक छ ।
दीपा आले
नेपालगन्ज, २९ मंसिर

No comments: