Friday, December 19, 2008

श्रीमान्ले श्रीमतीको हत्या गरेको खुलासा

राकेश चौधरी
महोत्तरी, पुस ३ गते ।
जिल्लाको सिमावर्ती बथनाहा गाविसमा श्रीमानले आफनी श्रीमतीको हत्या गरी दाहसंस्कार समेत गरेको रहस्य खुलेको छ ।
जिल्लाको बथनाहा गाविस-२ बस्ने हरिनन्दन राय यादवले आफनी ३० वषिर्या स्वास्नी पुनिता राय यादवलाई धाँटी थिचेर हत्या गरी राति नै दाहसंस्कार समेत गरिसकेको स्थानीयबासीले जनाएका छन । बिहानै बिहानै बन तिर गएका स्थानीयबासीहरुले जलेको शव देख्दा शंका लागी खोजतलाश गर्दा हरिनन्दन राय यादवले आप्fmनी स्वास्नीलाई गएराती नै हत्या गरी जलाएको रहस्य खुलेको थियो ।
आफनी कान्छी स्वास्नीसंग मिलेमतो गरी हरिन्ान्दनले पुनिताको हत्या गरेको स्थानीयबासीहरुले आशंका गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले समेत सो धटनाको पुष्टि गदै कर्तब्य ज्यान गरी मारेको जनाएको छ । राति नै दाहसंस्कार गरी सबै परिवार फरार रहेको जनाएको छ । भारतको घरहर्वा माईत घर भएकी पुनिताको ८ वषिर्य छोरी रीना यादव समेत गायब रहेकी मृतकको परिवारजनले जनाएका छन । प्रहरीले घटनाको छानबिन भईरहेको जनाएको छ ।

No comments: