बाँके/ फूलमाया नेपाली -३४), चार वर्षदेखि नेपालगन्ज कारागारमा बन्दीजीवन बिताउादैछिन् । उनका लोग्ने पनि काराबासमै छन् । । नाबालक दुई छोरा र एक छोरी सहाराविहीन भएर पनि घरमै बस्न विवश छन् । जीउ मास्ने बेच्ने मुद्दामा सजाय भोगिरहेको फूलमायादम्पती चाहेर पनि आफ्ना बालबच्चाको स्याहार गर्न सक्दैन । तर, उनीहरूको इच्छा छ- कारागारमै जीवन बिताउनुपरे पनि छोराछोरीको लालनपालन र पठनपाठनका लागि केही गर्न सकियोस् ।
यसका लागि केही सीपमूलक काम गरेर दुई-चार पैसा कमाएर बालबालिका पाल्ने उपाय खोज्न चाहन्छन् उनीहरू । तर, त्यस्तो अवसर छैन । फूलमाया भन्छिन्, 'आफू जेलमै बसे पनि छोराछोरीका लागि केही गर्न सके हुन्थ्यो ।' लामो समयदेखि क्षयरोगले ग्रसित फूलमाया नियमित औषधि खाइरहेकी छिन् ।
रुकुम लिउसेदीकी ४८ वषर्ीया खल्ला विक १० वर्षदेखि यही जेलमा छिन् । उनी ज्यानमुद्दाको सजाय खेप्दै छिन् । उनकै भनाइमा, मानसिक सन्तुलन खल्बलिएर आफ्नै लोग्ने मनसिंह विकको हत्या गरेकी हुन् उनले । उनका तीन छोरा र एक छोरी छन् । पूरै निरक्षर रहेकी विकले कारागारमा बस्दा आफ्नो नामसम्म लेख्न सिकेकी छिन् । उनी पनि सीप सिकेर दुई-चार पैसा आम्दानी हुने काम गर्ने पाए हुन्थ्यो भन्नेमा छिन् । 'दिन काट्नै गाह्रो हुन्छ, काम गरूा केही छैन, सीप पनि कसैले सिकाउादैन,' उनी भन्छिन्, 'हातमा केही सीप भए भोलि बाहिर निस्केपछि पनि सजिलो हुन्थ्यो, यहीा पनि दुई-चार पैसा कमाउन सकिन्थ्यो ।' कारागारको सजाय सकेर बाहिर निस्केपछि आफूलाई घरपरिवार र समाजले अपराधीको नजरले हेर्नेछन् भन्ने उनलाई थाहा छ । त्यसैले उनले आफ्नै घरमा पनि ठाउा नपाउन सक्छिन् । 'अहिले केही सीप सिकेा भने त्यसैले भोलिको जीवन चल्थ्यो उनी भन्छिन् ।'
बााके बैजापुरकी ३५ वषर्ीया रीता परियार तिनैमध्येकी एक हुन् । उनका चार छोरी र एक छोरा छन् । लोग्नेको हत्या गरेको अभियोगमा उनी तीन महिनादेखि बन्दपर्खालभित्र सजाय काट्दै छिन् । आफू र छोराछोरीलाई कुटेर हैरान पार्ने लोग्नेको प्रतिकार गर्दा उनको हातबाट लोग्ने मारिएका थिए । लामो समयदेखि पेटको रोगले ग्रस्त रीताले डेढवर्षे छोरी आफैंसाग राखेकी छिन्, तीन छोरी र एक छोरा दाङमा रहेकी ७५ वषर्ीया वृद्ध आमाको जिम्मामा छन् । उनीहरू कसरी बसेका छन्, केही थाहा छैन । 'लोग्नेलाई मारिहालेा, आफू जेलमा छु, ती टुहुराको हालत के होला ?,' गहभरि आासु पार्दै उनी भन्छिन्, 'हातमा केही सीप र काम भइदिए दुई-चार पैसा कमाएर उनीहरूको लालनपालन गर्न सकिन्थ्यो भन्ने लाग्छ ।'
लागूपदार्थ ओसारपसार गरेको अभियोगमा एक वर्षदेखि जेल बसिरहेकी छिन्- २८ वषर्ीया सीता साह । कारागारभित्र साथमै छन्, उनका दुई नाबालक छोरा । लोग्नेले छाडेपछि बिचल्लीमा परेकी उनी दाउरा बेचेर गुजारा गर्थिन्, त्यही बेला एकजना मानिसले उनलाई फकाइफुल्याई रु. १०० दिएर चरेसको प्याकेट बोकाइदियो । त्यहीबेला उनी पक्राउ परिन्, अदालतले २० हजार धरौटी माग्यो, तर तिर्न नसकेर जेल बस्न बाध्य छिन् । 'हातमा सीप र केही काम मिले धरौटी तिरेर बाहिर निस्कन्थें, छोराछोरीका लागि केही गर्थें,' उनी भन्छिन् '२० हजार तिर्न नसकेर म त जेलमै सड्ने भएा ।'
बर्दिया मोतीपुरकी इन्द्रा डाागी -४२), सात वर्षदेखि नेपालगन्ज कारागारमा जीउ मास्ने बेच्ने मुद्दाको सजाय काट्दै छिन् । बन्दपर्खालभित्रको लामो बन्दीजीवन अत्यासलाग्दो हुन्छ । केही कामै नगरीकन दिन काट्नु झनै कष्टकर हुन्छ । यस्तो अवस्थामा उनी कारागारभित्र हीनताबोध बोकेर बसेकी छिन् । केही सीप सिकेर उत्पादनशील काममा लाग्न पाए त्यसले बन्दी मात्रै होइन, सबैका लागि फाइदा हुने उनको बुझाइ छ । 'हाम्रो यत्रो जीवन त्यसै खेर गइरहेको छ,' उनी भन्छिन्, 'राज्यले हामीलाई केही सिकाएर फाइदा लिन सकोस्, त्यसले हाम्रो जीवनयापन पनि सजिलो हुन्थ्यो ।' 'कारगारमा धेरै आएर आशै मात्र देखाई फर्किए,' उनी भन्छिन् ।
कारागारको भौतिक अवस्था पनि दयनीय छ । शौचालय कैदी/बन्दीको क्षमताअनुसार छैन, त्यसकै पनि सेफ्टीट्याङ्की फुटेर दुर्गन्धले बसिनसक्नुु हुन्छ । बन्दीलाई अपराधीकै नजरले मात्रै हेरिने भएकाले पनि उनीहरूले भोगिरहेका समस्यामा कारागार प्रशासनले चासो नदिने गरेको गुनासो छ उनको । 'हामीलाई राम्रो व्यवहार गरिादैन,' इन्द्रा भन्छिन् ।
घरेलु हिंसाको मुद्दामा काराबासको सजाय भोगिरहेकी नेपालगन्ज-८ की ५० वषर्ीया रुक्साना इदि्रसी तथा जीउ मास्ने बेच्ने मुद्दाकी अभियुक्त रुकुमकी ३७ वषर्ीया यदु गिरी पनि केही काम पाए हुन्थ्यो भन्ने याचना गर्छन् । तीन वर्षदेखि कारागारमा रहेकी गिरीका तीन छोरी र दुई छोरा छन्, तर उनीहरू कसरी बााचेका छन् थाहा छैन । छोराछोरीसाग टाढा हुनुको पीडा त छादै छ, उनीहरूको लालनपालनको चिन्ताले झनै सताउने गर्दछ- उनी भन्छिन् ।
नेपालगन्ज कारागारमा बाजुरा, रुकुम, बर्दिया, धादिङ, मकवानपुर, दाङ, सुर्खेत, दैलेख, जाजरकोटलगायतका कैदी र बन्दी छन् । दुई सय ५० जना बन्दी/कैदीमध्ये १९ जना महिला छन् । पुरुषको तुलनामा महिला बढी समस्याग्रस्त छन्, किनभने कोही बालबच्चा च्यापेरै कारागार आएका छन् । कानुनको नजरमा उनीहरू दोषी होलान्, उनीहरूले अपराध पनि गरेकै होलान् । त्यसको सजाय उनीहरूले कारागारमै काटिरहेका छन् । तर, त्योसागसागै जीविकोपार्जन र बालबच्चाको लालनपालनसागै कारागारबाट निस्किसकेपछि गुजाराको उपायका लागि सीप सिकेर केही गर्ने उनीहरूको धोको नाजायज होइन । किनभने जेल सजाय काट्ने थलोमात्रै होइन, सुधारगृह पनि हो । कारागार प्रमुख खडकबहादुर गोसाई कारागार प्रशासनले सकेसम्म बन्दीहरूलाई सुविधा दिने गरेको बताउादै भन्छन्, 'हाम्रो क्षमताले जतिसम्म सक्छ, त्यति सुविधा दिएकै छौं ।' तर, बन्दीहरू यसलाई स्विकार्दैनन् । उनीहरू भन्छन्, 'हामीले बारम्बार केही सीप सिकाऊ, काम देऊ भन्दा कसैले सुन्दैन ।'
दीपा आले
सञ्चारिका फिचर सेवा /सञ्चारिका समूह
No comments:
Post a Comment