Wednesday, December 17, 2008

महिला प्रिन्सिपलहरुको पहिलो राष्ट्रिय भेला सम्पन्न

संस्थागत विद्यालयका महिला प्रिन्सीपलहरुको पहिलो राष्ट्रिय भेला सोमबार राजधानीमा सकिएको छ ।
प्याब्सनकी सल्लाहकार एवं भृकुटी माध्यमिक विद्यालयकी प्रिन्सिपल स्टेला तामाङ्गको नेतृत्वमा ५ सदस्यीय कमिटी बनाउने निर्ण्र्ााा साथ भेला सकिएको हो ।
भेलामा शिक्षामा महिला नेतृत्व, लैङ्गकि संवेदनशील शिक्षा नीति र महिला प्रिन्सिपलहरूका चुनौतिहरूका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेलाको आयोजना निजी तथा आवासीय विद्यालयहरूको संगठन प्याब्सन र विकल्प नामक संस्थाको संयुक्त आयोजनामा भएको हो ।
यसै विषयमा प्याब्सनकी केन्द्रिय सदस्य एवं स्वप्न बाटिका एकेडेमी काठमाण्डूकी प्रिन्सिपल सुशिला श्रेष्ठसँग गरिएको छोटो कुराकानी ः
यो भेलाको उद्देश्य के हो -
महिला प्रिन्सिपलहरुले अहिलेसम्म आ आफ्नो ठाउँमा बसेर काम गर्दा विभिन्न समस्या देखा पर्यो तर त्यो समस्या सुन्ने अवस्था कहीं नबने पछि कस्तो समस्या छ त भनेर गरिएको हो । यसले महिला प्रिन्सिपलहरुलाई उत्साहित बनाएको छ ।
जस्तै विभिन्न पक्षबाट चन्दा माग्ने, फि घटाउन दबाब आउने गरेको छ । यो समस्या पुरुषहरुलाई पनि पर्छ तर उनीहरु एक भएका छन् तर महिलाहरु अहिलेसम्म एकतृत भएका थिएनन्् । तर अब कुनै पनि समस्यालाई सामुहिक रुपमा लिएर समाधन गर्नुपर्छ भन्ने भएको छ ।
भेलामा कति सहभागी थिए - कसरी सहभागी गराइएको थियो -
७५ जना सहभागी भएका थिए । हाल काठमाण्डू जिल्लामा मात्रै करिब २ सय महिला प्रिन्सिपलहरु भए पनि सबै सहभागी भएका थिएनन् ।
यो भेलाबाट अब थप के अपेक्षा गर्न सकिन्छ -
महिला प्रिन्सिपलहरुको मनोबल बलियो बनाएको छ । साथै महिला प्रिन्सिपलहरुको कमिटि गठन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । त्यस्तै शैक्षिक क्षेत्रमा लगाइएको कर तिर्नु उचित नहुने निष्कर्षनिकाल्दै त्यस विरुद्ध पनि कार्यक्रमहरु गर्ने निर्ण्र्ाासमेत गरेको छ । साथै महिला भएकै कारण भोग्नु परेको पीडा एक अर्कामा आदान प्रदान गर्न सकिने भएको छ । जसले सबैको आत्मबल मनोवैज्ञानिक रुपमा नै बढेको सबैको निष्कर्षहो ।

No comments: