Thursday, December 18, 2008

विश्व आप्रवासन दिवस डिसेम्बर १८ ,२००८

आप्रवासी कामदारको योगदानलाई सम्म्ाान गरौ भन्ने नाराका साथ यस वर्ष पनि नेपालमा विभिन्न कार्यक्रम गरि विश्व आप्रवासन दिवस मनाइयो ।यसै अवसरमा आज राजधानीमा प्रभातफेरी को आयोजना गरिएको थियो । सो कार्यक्रम विहान ८ बजे बसन्तपुर डबलीबाट शुरु भई भृकुटीमण्डममा गएर सभामा परिणत भएको थियो ।

साथै भृकुटीमण्डपमावैदेशिक रोजगार सम्ब्ान्ध्ाी व्ािभ्ािन्न्ा सरोकारवाला संघसंस्थाहरुले आआफनो प्रकाशनका स्टलहरु राखी प्ाुस्त्ाक प्रर्दशन्ाीको आयोजना गरेका थिए ।सो सभा कार्यक्रममा श्रम विभागका महानिर्देशक मोहन कृष्ण सापकोटाले वैदेशिक रोजगारलाई व्यवस्थीत बनाउनु पर्ने आवश्यकताको खांचो रहेको औल्याउनुका साथै निजी र सरकारी सरकोरवाला संस्थाहरु मिलेर यस क्षेत्रको ठगी र विभेदको अन्त्य गर्न प्रतिबद्धता रहेको र महिलालाई वैदेशिक रोजगारिमा जानका लागी अवसर र सीपको आवश्यकता प्रमुख भएको धारणा व्यक्त गर्नभुयो ।त्यसै गरी पौरखीका अध्यक्षतथा सुरक्षित आप्रवासनका लागी राष्टिय सञ्जालका सचिव मञ्जु गुरुगंले समाजमा वैदेशिक रोजगारीलाई हेर्ने दृष्टिकोणमा फरक आएकोले नेपाल सरकारले पनि यस अभियानमाा सहयोग गरेको सबल पक्ष रहेको र आगामी दिनहरुमा पनि यो सहकार्य निरन्तर हुनुपर्नेर सम्पुर्ण साझेदार सस्थ्ााहरुलाई ऐक्यबद्धता जाहेर गर्न आग्रह गर्नुभयो ।कार्यक्रमका अर्का वक्ता तथा वैदेशिक रोजगार प्रर्वद्धन बोर्डका कार्यकारी निर्देशक थानेश्वर देवकोटाले नेपालमा पर्याप्त अवसर नभएसम्म वैदेशिक रोजगारीलाई सरक्षित ,व्यवस्थित गर्ने नितिलाई निरन्तरता दिने र रेमिटयान्समा समेत सहयोग गरेको छ , तर यसमा धेरै समस्याहरु भोग्नपरेको तथ्य नर्कान नसकिने बताउन भयो ।सो कार्यक्रममा सुरक्षित आप्रवासनका लागी राष्टिय सञ्जाल , युनिफेम ,पौरखी लगायतका विभिन्न आप्रवासी सम्बन्धी काम गर्ने संस्थाहरुको प्रतिनिधि , व्यवसायी , पत्रकार आदि को सहभागीता थियो ।यस वर्ष नेपाल सरकारले पनि यो कदममा सहकार्य गरेकोे छ ।

No comments: