Friday, December 19, 2008

नेपाली दाजुभाई भनिनेहरुबाट नै ठगिन्छन् नेपाली चेलीहरु विदेशमा ।

आफु लेबनानमा रहदा आफुले काम गरेको ठाउमा उनलाई यौनशोषण गरिन्थ्यो । उनीलाई यौन कि्रयाकलाप गर्न नमानेको खण्डमा भने पिटिन्थ्यो र बेहोस अवस्थामा पुग्थीन,तर एकपटक भने आफुले प्रतिकार गर्न खोज्दा त्यस शोषकलाई छुरा देखाएर मार्न खोजेको बताउछिन् उनी ।
उनलाई सधै एजेन्टले यौन शोषणमा लगाउन खोजेको र कतिपय नेपाली महिलाहरु त्यसै गरि यौन शोषणमा समेत परेको तथ्य उजागर गरिन उनले ।


त्यहा त नेपाली एजेन्टहरु नै नेपाली चेलीबेटीहरुलाई यौन कि्रयाकलापमा लगाउछन् र उनीहरुको जीवन र्बबाद गर्दछन् उनले बताइन् ।
यसरी आफनो एजेन्टले आफुलाई नराम्रो व्यवहार गरेर पीडा दिएको र नेपाल र्फकनका लागी हवाई टिकट र पासर्पोट समेत पनि नदिएको,खान लगाउन पनि नदिएर , यौन शोषण गरेर उनलाई घरबाट बाहिर निकालेर बाटोमा फालेको बताइन् । त्यस बेला उनको स्थिीती भने बडो नाजक थियो , उनको शरीर हलचल गर्ने स्थिीतीमा पनि थिएनन् ।उनको मानसिक अवस्था ज्यादै कमजोर भएको थियो र शरीर पनि ज्यादै कमजोर । उनले केहि दिन त न खान पाइन् ,न वस्ने वास नै पाइन ।
त्यसपछि उनलाई एउटा नेपाली महिलाले भेटेर सहयोग गरिन र उनलाई प्रहरी कहा लगेर उनको पासर्पोट ल्याउन र नेपाल आउने टिकट मिलाएर फर्कीन सहयोग गरिन र उनी नेपाल फर्कीन लाग्दा उनले विमानस्थलमा एकजना नेपाली भेेटिन र उनले उनीलाई केहि पैसा दिए पनि । त्यस पछि उनी नेपाल आइन् र यहाको विमानस्थलमा नेपाल्ाी प्रहरीहरुले उनको बारेमा
सोधपुछ ्गरी उनको शारिरिक अवस्था अनुरुप उनलाई १०, १५ दिनसम्म यहाको अस्पतालमा राखेर उपचार गरेर केहि रकम चन्दा उठाएर उनलाई घर र्फकन समेत सहयोग गरेका थिए ।
ज्ाब उनी घर पगीन तब उनले आमालाई फोन गरेर आफु आएको बताइन् र नेपालमा उनलाई ओरेक भन्ने सस्थाको सहयोगमा त्यो एजेन्टलाई पक्रन सफल भईन् र पछि त्यो एजेन्टलाई प्रहरी हिरासतमा राखियो । यसरी आज उनी त्यस नर्कबाट बाच्न सफल भई आरेकमा नै सीपमलक तालीम लिएर जीवन निर्वाह गरिरहेकी छिन् ।
यस्ता कयौ नेपालीहरु विदेशमा नै नेपालीबाट नै ठगिएर जीवन नरकमय बनाउन वाध्य भएका तथ्यलाई हामीले नर्कान सक्दैनौ । यस्तै परिस्थिीती हो भने के हामी नेपाली एजेन्ट बाट विदेशमा सरक्षित छौ त ?के हामीले नेपाली एजेन्टलाई विदेशमा विश्वास गर्न सक्ने बातावरण छ त ? के नेपालमा साच्चै यस्ता गिरोहका लागी कानुन नै छैन त ?अनि यसको दीर्घकालीन समाधान का उपाय र विकल्प के त ?भन्ने प्रश्नहरु सोचनीय रुपमा रहेको छ ।

मिठु सुन्दास
लेबनान बाट वैदेशिक रोजगारी बाट फर्केकी पीडीत ।
This story was told by Mithu sundas in GEFONT programme,it is her real story.

No comments: