यमकला पाण्डेय/कंचनपुर
कञ्चनपुर जिल्लाको अधिकाँस ग्रामीण क्षेत्रमा गर्भवतीमा रगतमा होमोग्लोविनको मात्रामा कमी देखिएको छ ।
ग्रामीण स्वास्थ्य चौकीमा जाँच गराउन आउने गर्भवती मध्ये धेरैमा रक्तअल्पता देखिएको स्वास्थ्यकर्मीहरु बताउँछन ।
सामान्यतया गर्भवती अवस्थामा ११ दशमलव ५ प्रतिशत होमोग्लोविन हुनुपर्नेमा धेरै जसो ९/१० प्रतिशत र त्यो भन्दा कम ४ प्रतिशतसम्म होमोग्लोविनको मात्रा भएका महिलाहरु जाँच गराउन आउने गरेको सुडा स्वास्थ्य चौकर्ीर् इन्चार्ज नवराज जोसीले बताउनु भयो । जोसी अगाडि थप्नुहुन्छ -सामान्य अवस्थामा पनि खानपिनको राम्रो प्रबन्ध नहुदा ग्रामीण महिलाहरुमा रगतमा होमोग्लोविनको मात्रामा कमी हुने गरेको छ । हामीले रगतका मात्रा ज्यादैकम देखिएका गर्भवती महिलालाई आईरन चक्की दिने र विशेषज्ञ डाक्टर कहाँ रेफर गर्ने गर्र्छौ ।

महिला स्वास्थ्य स्वयंसेविका शान्ति बोकटी भन्नुहुन्छ - हामीले गाँउका महिलामा पोषणको कमी देखेका छौ । गरीब परिवारको महिलाले त गरीबीका कारणले खान पाएन होला जस्तो लाग्छ तर बाहिरबाट हर्ेदा सम्पन्न परिवारको महिलामा पनि पोषणको कमी पाईएको छ ।
कामको बोझ र पोषिलो खानेकुराको अभावका कारणले महिलाहरुको शरीर जहिले पनि कमजोर हुनछ अझ गर्भवती अवस्थामा सामान्य अवस्थामा भन्दा बढी पोषिलो खानेकुराको आवश्यकता हुन्छ तर ग्रामीण महिलाहरु त्यस अवसरबाट बञ्चित छन ।
यस क्षेत्रको महिलालाई हेपाहा दृष्टिले हर्ेर्ने प्रवृतिका कारणले महिलाको प्रजनन् स्वास्थ्यमा कसैले पनि चासो नदिने गरेको स्थानीय बुद्धिजीवि भरत बहादुर थापाले बताउनु भयो । थापा भन्नु हुन्छ र्-गर्भवती जस्तो संवेदनशील अवस्थामा महिलाको विशेष खयाल राख्नु पर्ने हुन्छ । गर्भवती महिलालाई पोषण र राम्रो हेरचाह नगर्ने परिवारलाई कानुनी रुपमा दण्डको व्यवस्था हुनु पर्छ र सामाजिक बहिष्कार गर्नु पर्छ ।
दैजी स्वास्थ्य चौकीका अहेब दीपकराज बोहरा भन्नु हुन्छ -हाम्रो गाविसमा गर्भवती जाँच गराउन आउने महिलाको सँख्या पनि एकदमै कम छ लक्षित ९ सय ८१ गर्भवती मध्ये ४० देखि ४२ प्रतिशतसम्म मात्र महिलाहरु गर्भवती जाँच गराउन आउछन । ती मध्ये धेरैमा रक्त अल्पता देखिएको छ ।
कञ्चनपुर जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङक अनुसार पनि आर्थिक वर्ष०६२/०६३ मा गर्भवती जाँच गराउने महिलाको सँख्या ७३ प्रतिशत पुगेको थियो । आर्थिक वर्ष०६४/०६५ मा घटेर ५६ प्रतिशतमा पुगेको छ ।
No comments:
Post a Comment