Wednesday, December 17, 2008

क्रिकेटमा नेपाली महिलाहरुको विजयी यात्रा जारी


एसीसी अन्डर-१९ महिला क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित हात पार्दै बुधबार सेमीफाइनलमा प्रबेश गरेको छ ।
समुह 'बी' बाट ८ अङ्क बटुली सेमिफाइनलको यात्रा तय गरेको नेपालले यो जितसँगै अन्तिम चारमा समेत प्रबेश गरेको छ ।
प्रतियोगिता अर्न्तगत आज भएको खेलमा नेपालले कुवेतलाई ४ विकेटले पराजित गर्‍यो ।

टस हारेर ब्याटिङ्ग गरेको कुबेतले आफ्नो पुरै विकेट गुमाई ३६ रन जोडेपछि ३७ रनको लक्ष्य पाएकोे नेपालले १२ दशमलब २ ओभरमा ६ विकेट गुमाइ जित हात पारको हो ।
नेपालका लागि रेखा राउतले ३, केशरी चौधरी र सोनु खड्काले २ /२ तथा सिता राना मगर र तृष्णा सिंहले १/ १ विकेट लिए ।
नेपालको लागि नेरी थापाले अविजित १२ रनको योगदान दिइन् ।
नेपालले अब समुहको 'बी' को अन्तिम खेल, चीनसँग खेल्नेछ ।

No comments: