नेपाल सरकारले इराक, अफगानिस्तानजस्ता मुलुकहरूमा रोजगारीकालागि कामदार पठाउन प्रतिबन्ध लगाए पनि नेपालबाट महंगो मूल्य असुल गरी जोखिमपूर्ण काम गर्न इराक पठाउने एक गिरोह दुबइमा जनप्रगतिशील मञ्च यूएइ च्याप्टरले पत्ता लगाई आम नागरिकका सामू र्सार्वजनिक गरेकोछ ।नेपाल कम्युनिष्ट पार्टी माओवादीका भातृ संगठन जनप्रगतिशील मञ्च यूएइ च्याप्टरले ‘भी टु’ नाम दिई मिशन तयार पारी दुइ महिनाको अथक प्रयासबाट उक्त गिरोहलाई र्सार्वजनिक गर्न सफल भएको हो ।
मञ्चका केन्द्रिय अध्यक्ष दिपक बोहोरा, केन्द्रिय सदस्य दिपक बानीया, र क्षेत्रिय उपाध्यक्ष राजु रोक्काले उक्त मिशनको बारेमा स्पष्ट पार्नुभएको थियो । मञ्चले त्यस गिरोहले टी वन, टी टु, सेटिंग, भिसा आउटजस्ता कोड पनि प्रयोग गर्ने गरेको रहस्य खोलेकोछ ।इराक अति नै जोखिमपूर्ण अवस्थाको मुलुक भए पनि यो मानव तस्कर गिरोहले सोझासाझा नेपालीहरूबाट ठूलो रकम अँठ्याई उनीहरूलाई केही वर्षदेखि दुबइ र शारजाह हुँदै इराक पठाउने कार्य गर्दे आएको उक्त गिरोहमा संलग्न शंकर बोगटीले स्वीकार गरेकोछ ।जनप्रगतिशील मञ्च यूएइ च्याप्टरले नेेपाली राजदूतावासका प्रथम सचिव प्रकाशमणि पौडेलको उपस्थितिमा एक पत्रकार सम्मेलन गरी उक्त गिरोहका व्यक्तिहरूलाई आमुन्ने सामुन्ने गर्राई कसुर स्वीकार गर्न लगाएको थियो ।
पत्रकारहरूले सोधेका प्रश्नहरूको उत्तर दिंदै मानव तस्कर गिरोहमा संलग्न गोरखा पालुङटार घर भई हाल यूएइमा कार्यरत दामोदर गिरीले आफूले १०० जनाभन्दा बढी नेपाली कामदार इराक पठाएको स्वीकार गरे । उनले भनेका छन्- एक जना व्यक्तिसित दुइदेखि अर्ढाई लाख नेरूसम्म लिने गरिएकोछ ।त्यस्तै त्यस गिरोहका अर्का सदस्य शंकर बोगटीले आफूले दुइ वर्षदेखि यो मानव तस्करजस्तो अपराध कार्य गरेको स्वीकार गर्दै दुइदेखि तीन सयको संख्यामा नेपालीहरू इराक पठाएको बताएकाछन् ।जनप्रगतिशील मञ्च यूएइले गए मंगलबार बिहान ६ बजे नै दुबइबाट २०० किलोमिटर टाढा राशलखेमाको एक बस्तीमा इराक जाने युवाहरूलाई लुकाएर राखिएको घरलाई आफ्नो घेरामा लिई उक्त गिरोहका केही व्यक्तिहरूलाई समेत आफ्नो नियन्त्रणमा लिएकाथिए । यसपछि उनीहरूलाई दुबइको एभरेष्ट इन्टरनेशनल होटलमा ल्याई एक पत्रकार सम्मेलन गरी स्थिति र्सार्वजनिक गरेको थियो ।उक्त मानव तस्करी गिरोहमा लागेका पत्रकार नारायण लम्साललाईसमेत उक्त मञ्चले पत्रकार सम्मेलनमा बोलाई आफ्नो कसुर स्वयं जाहेर गर्न आग्रह गरेपछि नारायण लम्सालले माफी माग्दै आफूलाई सुधार गर्ने प्रतिबद्धता जाहेर गरे । नेपाल टेलिभिजनमा हेलो नेपाल कार्यक्रमका लगानीकर्ता लम्सालजस्तो व्यक्तिलाई पत्रकार महासंघले कार्यवाही गरिने कुरा महासंघ यूएइ सम्पर्क शाखाका अध्यक्ष जाकिर हुसैनले बताए ।राजदूतावासका प्रतिनिधिको उपस्थितिमा मञ्चका कार्यकर्ता र पत्रकारहरूले सोधपूछ गरेपछि तस्कर गिरोहका ती व्यक्तिहरूले यूएइ र नेपालमा रहेका केही दलालहरूको नाम बताएका थिए । तत्कालै ती व्यक्तिहरूसित सम्पर्क हुन नसकेपछि मञ्चले केही दिनभित्र उक्त व्यक्तिहरूलाई यसरी नै पत्रकारहरूमाझ ल्याई आफ्नो अपराध स्वीकार गर्न लगाएर कार्यवाही गराउने जनप्रगतिशील मञ्चका सल्लाहकार दुर्गादत्त पोख्रेलले बताउनुभएकोछ ।राजदूतावासका प्रतिनिधिको उपस्थितिमा मञ्चका कार्यकर्ता र पत्रकारहरूले सोधपूछ गरेपछि तस्कर गिरोहका ती व्यक्तिहरूले यूएइ र नेपालमा रहेका केही दलालहरूको नाम बताएका थिए । तत्कालै ती व्यक्तिहरूसित सर्म्पर्क हुन नसकेपछि मञ्चले केही दिनभित्र उक्त व्यक्तिहरूलाई यसरी नै पत्रकारहरूमाझ ल्याई आफ्नो अपराध स्वीकार गर्न लगाएर कार्यवाही गराउने जनप्रगतिशील मञ्चका सदस्य दीपक बानियाँले बताउनुभएकोछ ।तस्कर गिरोहका यी सदस्यहरूले यूएइमा आफूहरूसमेत, राजन खतिवडा, बिष्णु पाण्डे (चितवन), तेज आचार्य, नरेन्द्र पौडेल (झापा), कृष्ण आचार्य, टेकराज भण्डारी (हाल काठमाडौं), कुमार बुढाथोकी, इन्द्र काफ्ले, इन्द्र थापा, बिष्णु पाण्डे, रबिन्द्र आदि व्यक्तिहरु सक्रिय रहेको बताएकाछन् ।त्यस्तै र्सार्वजनिक गरिएका यी व्यक्तिहरु र इराक जान आएका पाँज नजा युवालाई सोधपूछ गर्दा नेपालमा यस गिरोहसँग दिनेश अर्याल (मोबाइल नं. ९८५११०१८८३), सुरेश पौडेल (मो. ९८४१९८५१५), गणेश कटवाल, (सराङकोट-२) पोखराका नेत्रबहादुर थापा (मो. ९८०४१३२६३३), सराङकोट पोखरा-४ का शेरबहादुर थापा (मो. ९८४६०२३२२४), बुद्धनगर चितवनका राम कुंवर (मों. ९८५५०५६०२२), बाग्लुङका कृष्णबहादुर पुन, क्षितिज म्यानपावर कम्पनीमा काम गर्ने सतिस क्षेत्री (मो. ९८५१०८५८२९), टेकबहादुर थापा, जोनी थापा (मो. ९८४१५८८५), नारायण ढुंगाना (मो. ९८४१३५३२५७), सुरेश पौडेल (मो. ९८४१७१५९८), शर्मिला घिसिङ (मो. ९८४१४९६४१८), बर्दियाका गणेश कटवाल (मो. ९८५११०८५४९) सक्रिय रहेको बुझिएकोछ ।यस गिरोहले नेपाली मात्र होइन अन्य दक्षिण एसियाली मुलुकका मानिसहरुलाईसमेत इराकजस्तो जोखिमपूर्ण मुलुकमा पठाउने कार्य गरेकोछ । इराक जान भनी ल्याइएका ती युवाहरूका अनुसार केही दिनअघि उनीहरूले केही श्रीलंकन युवाहरूलाईसमेत इराक पठाएका थिए । यस गिरोहसँग भारतीय, इजिप्सियन, फिलिपिनी, अरबी र ब्रिटिश नागरिकहरूको समेत संलग्नता रहेको दामोदर गिरीले बताएकाछन् । उनले इराकमा टेकराज भण्डारी भन्ने मानव तस्कर दलालसँग आफ्नो सम्पर्क रहेको बताए ।जनप्रगतिशील मञ्चले राशल खेमाको एक बस्तीमा लुकाएर राखिएका एक सय जनाभन्दा बढी युवामध्ये पाँच जनालाई पत्रकार सम्मेलनमा बोलाएका थिए । पत्रकार सम्मेलनमा उपस्थित इराक जान यूएइ आएका सराङकोट पोखराका लोकबहादुर भुजेल, शुक्रनगर-२ चितवनका गंगाबहादुर रिमाल, कल्याणपुर-२ नुवाकोटका रबिन खडका, बिराटनगर-६ बिजुली अफिसका नारायणनन्द पुरी, पोखरा-६ लेकसाइडका विवेक अधिकारीका अनुसार उनीहरूले प्रतिव्यक्ति दुइ लाख पचास हजारदेखि दुइ लाख साठी हजारसम्म बुझाएर आएका छन् । तर, शंकर बोगटीले इराक जाने युवाहरूले सरदर पाँच सयदेखि पाँच सय पचास डलरसम्म तलब पाउने र उनीहरूसित नेरु दुइ लाख जति उठाउने गरेको बताए । उनले दुबईस्थित प्राइम प्रोजेक्टलाई मान्छे दिने बताएकाछन् । प्राइम प्रोजेक्टको कार्यालय इराकमा पनि रहेको बुझिएकोछ ।गिरोहमा संलग्न व्यक्तिहरू र इराक जान आएका व्यक्तिहरूसित हुन आएको जानकारी अनुसार यस गिरोहले इराक जाने कामदारहरूसित सरदर अर्ढाई लाख रूपैयाँ असुल गरी नक्कली भिसा बनाई आफ्ना नेर्टवर्कमार्फत् श्रम कार्यालयबाट स्वीकृति लिएर नेपाल एयरपोर्टबाट मान्छे उडाउँछन् । त्यस्तै उनीहरूले बंग्लादेश र भारतका केही एयरपोर्टहरूबाट पनि मान्छे पठाउँछन् । सामान्यतः आउने व्यक्तिहरूलाई दुइवटा भिसा दिइएको हुन्छ । उनीहरूलाई नेपाल एयरपोर्टमा देखाउने भिसा जहाजमा बसेपछि च्यातिदिने आदेश भएको हुन्छ भने अर्काे प्रतिलिपि भएको भिजिट भिसा चाहिँ दुबइ वा शारजाहको एयरपोर्टमा देखाउने आदेश भएको हुन्छ । यूएइमा केही महिनाअघि नेपालीहरूलाई यहाँको स्थानीय सरकारले भिजिट भिसा बन्द गरेको बखतसमेत सयौं व्यक्तिहरू धमाधम एयरपोर्टमा आई इराकतिर लागेको सवैले बुझेको बेला यो भिसा कहाँबाट निष्काशन हुन्छ त भन्ने प्रश्न खडा भएको थियो । यस अर्थमा यस गिरोहको हात कहीँ माथिसम्म नै छ भन्ने कुरातर्फ इंगित गर्दछ । गिरोहका एक सदस्य नारायण लम्सालले आफूले त्यस बखत पनि भिजिट भिसाहरू निष्काशन गराएको बताएकाछन् ।शारजाह र दुबइका एयरपोर्टहरूमा अवतरण भएका इराक जान ल्याइएका यी युवाहरूलाई शहरी क्षेत्रभन्दा दुइ सय किलोमिटर जति टाढा एउटा वस्तीको घरमा राखिनुको पछाडि पनि रहस्य लुकेकोछ । उनीहरू नेपालीबाट नै त्रसित भएर यी व्यक्तिहरूलाई त्यहाँ राखेका हुन् भन्ने र्छलंङ्ग हुन्छ किनकि इराक पठाउनु भनेको यूएइको कानूनले भने गैह्र कानूनी र्ठहर्दैन । त्यस्तै सयौं व्यक्ति दुबइ र शारजाहका एयरपोर्टभित्र हप्तौंसम्म बस्छन् । गिरोहका मानिसहरूले उनीहरूलाई राशनपानीका लागि रकम पठाउने गर्दछन् । यसबाट पनि उनीहरूको पहुँचलाई आँकलन गर्न कत्ति पनि गाह्रो पर्दैन ।राशलखेमाको एक घरमा इराक पठाउन भनी राखिएका एक सयभन्दा बढी व्यक्तिहरूको तर्फबाट पत्रकार सम्मेलनमा आएका पाँच जना युवाले आफूहरूले बुझाएका रकम साँवा ब्याजसहित फिर्ता गर्राई घर फर्काइदिन दूतावाससमक्ष निवेदन गरेकाछन् ।हाल यूएइमा विभिन्न स्थानमा राखिएका र एयरपोर्टहरूमा रहेका इराक जान बोलाइएका नेपाली युवाहरूलाई मानव तस्करीमा लागेका यी व्यक्तिहरूले उनीहरूले तिरेको रकम सावाँ ब्याजसहित फिर्ता गरी १० दिनभित्र नेपाल फिर्ता गर्न गिरोहमा संलग्न नारायण लम्साल, शंकर बोगटी र दामोदर गिरीले संयुक्त रूपमा कागज गरेकाछन् । यस गिरोहले हजारौं नेपालीलाई इराक पठाइसकेको छ ।सयौं नेपाली इराकमा बिचल्लीमा रहेका, कन्टेनरहरूमा सुतिरहेकाजस्ता समाचारहरू छापामा आइरहेका छन् । कैयौंपटक नेपालीहरू त्यहाँ बेपत्ता भएको कुरा पनि समाचारहरूमा आएकाछन् । इराक जाने यी नेपालीहरूको त्यहाँ न कामको ग्यारेन्टी हुन्छ न उनीहरूको इन्स्योरेन्स भएको हुन्छ जबकि संसारकै एक जोखिमपूर्ण मुलुक हो इराक । नेपालीको समस्या बुझ्ने त्यहाँ नेपालको कुनै कुटनैतिक नियोग पनि छैन ।इराकमा १२ जना नेपालीलाई रेटेर ज्यान लिएको बिभत्स हत्यालाई नेपालीहरूले भुल्न पनि नसेकेको बेला नेपाल अधिराज्यभरि नेपाली युवाहरूलाई इराक जान पठाउने नेर्टवर्क बनेको यस मिसनले प्रमाणित गरिदिएको बखतमा यूएइ स्थित नेपाली नियोगले अब के गर्ने त भन्ने प्रश्न जनप्रगतिशील मञ्चले तेर्स्याएकोछ । मञ्चले यस कार्यमा दूतावासको पनि सक्रियता हुन सक्ने शंका व्यक्त गरेकोछ । मञ्चले यसरी मानव तस्कर गिरोह दुबइमा सक्रिय रहेको बेला दूतावास किन चूप छ भन्ने प्रश्न पत्रकारहरूसामु राखेको छ । यस गिरोहले दूतावासका प्रतिनिधिहरूकै अगाडि आफ्नो कसुर स्वीकार गरिसकेकोले अब दूतावासले दुबइमा सक्रिय यी दुइ चारजना मात्र होइन यस गिरोहमा नेपालमा समेत संलग्न सम्पूर्ण सञ्जाल पत्ता लगाई कार्यवाही गराउन सक्नुपर्दछ ।जनप्रगतिशील मञ्च यूएइ च्याप्टरका कार्यकर्ताहरूले यस गिरोहबाट ज्यान मार्ने धम्की समेत पाएको बताएकाछन् । उनीहरूले पत्रकार सम्मेलनमा ‘OK to board Syestem’ लगाउनुपर्ने, नेपाली पासपोर्टमै प्रतिबन्धित मुलुकहरूको नाम खुलाउनुपर्नेजस्ता कुराहरूको व्यवस्था गरी यस्ता अपराधलाई न्युनिकरण गर्न सकिन्छ भन्ने प्रस्ताव पनि अगाडि सारेकाछन् ।
source : www.nayanepalonline.com

No comments:
Post a Comment