Tuesday, December 23, 2008

नेपाल पत्रकार महासंघद्धारा राजधानीमा एक घण्टे शान्ति धर्ना कार्यक्रम आयोजना गरियो ।

नेपाल पत्रकार महासंघले राजधानीमा आज एक घण्टे शान्ति धर्ना कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रम बबरमहल सडक विभाग कार्यालय अगाडिबाट शरु भई काठमाडौ जिल्ला प्रशासन कार्यलय हुदै सिहंदरबारको उत्तर ढोकामा गए धर्नाको रुपमा परिणत भएको थियो । सो कार्यक्रम विशेष गरि मिडिया र मिडियाकर्मीहरु प्रति भएको दमनको विरोधमा आयोजना गरिएको हो ।


कार्यक्रममा सम्पादक सञ्जालका अध्यक्ष युवराज घिमिरेले यो आन्दोलन पुलिस दमन विरुद्ध नभएर ,यो दमन कसले गरिरहेको छ , राज्यको भुमिका के छ भन्ने विरुद्ध आफुहरु लडदै छौ । सत्ताले प्रेसलाई सधै रुचाउदैन र सत्ताधारी पार्टी माओवादी स्वतन्त्र प्रेस र न्यायलयको विरुद्धमा रहेको समेत बताउनुभयो ।

त्यसैगरि नेपाल पत्रकार महासंघका अध्यक्ष धमेन्द झाले हाम्रो मागहरु सकारले पुरा गर्नेर्पछ र हामीले सधै आश्वासन मात्र नसहने र यस्ता दमनकारीहरुलाई कडा कारवाही गरिनुपर्ने आज यो समस्यालाई अन्र्तराष्टिय सञ्चार जगतले पनि चासोको साथ लिइरहेको छ र यसप्रति ऐक्यबद्धता जनाएर सहयोग गरेको बताउनुभयो ।
सो कार्यक्रममा प्रेस चौतारीका शम्भु श्रेष्ठले छापा वा विद्युतीय सञ्चारमाध्यमहरुले पनि सरकारी समाचारहरु वहिष्कार गर्नपर्ने, कि्रयात्मक लक्ष्य उन्मुख कार्यक्रमहरु गरि सबै मिडियामा सरकारको विरोध गर्न पर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रमका अर्का वक्ता मानवअधिकारवादी सुवोध प्याकुरेलले यसरी सञ्चारमाध्यममा आक्रमण हुनु यो एउटा मानवअधिकार माथी भएको आक्रमण हो र यो एउटा चुनौत भिएको बताउनुभयो । उहाले भन्नुभयो समाजमा सर्बै भन्दा पहिले प्रेस र नागरिक स्वतन्त्रता हो ।
त्यसै गरि नेपाल वार एशोशिएसनका अध्यक्ष्ा शम्भु थापाले यस विषयमा कथित आयोग बनाएर पन्छयाउन खोेजेमा ,यदि यहा कानुन र संविधान छ भने कडा भन्दा कडा ती दमनकारीरुलाई कारवाही गरिनुपर्दछ र यस आन्दोलनमा सम्पुर्ण कानुन व्यवसायीहरुले पनि ऐक्यवद्धता जनाएको बताउनुभयो ।
त्यसैगरि कार्यक्रमको सबै उपस्थित वक्ताहरुले सञ्चारमाध्यममा भएको दमनको विरुद्ध आफुहरु खरो किसिमले लडन्े धारणा व्यक्त गरेका छन् ।

सो कार्यक्रम देशभरी नै चलेको र भोली संविधानसभा भवन स्थल बाहिर दिउसो चारबजे विरोध कार्यक्र्रम गर्ने नेपाल पत्रकार महासंघका महासचिव पोषण के.सीले जानकारी दिनुभयो ।

ऋचा शर्मा तिवारी

No comments: