Sunday, December 28, 2008

महिला हिंसाको रुप एउटै छ, नेपाल होस् वा भारत

भारत लखनउकी सुधाले आफ्नै छिमेकी एक पुरुषले आफ्नी गर्भवती बुहारीलाई यौन दर्ुर्व्यवहार गरेको प्रत्यक्ष देखेको अनुभव सुनाइन् । त्यसको बदलामा उनले आफू सहित भएर पीडित महिलालाई घटनाको प्रतिकार गर्न लगाइन् ।
भारत उत्तर प्रदेशका राजबीरले घरमा खाना पकाउने लगायतका घरको काम गर्दा नामर्द पुरुषको संज्ञा समाजले दिएको अुनभव सुनाए । यति मात्र होइन उत्तर प्रदेशकै नेहालाई शिक्षा प्राप्तको लागि घरपरिवारले भेदभाव गर्‍यो । फलस्वरुप उनलाई महिला अधिकारका क्षेत्रमा काम गर्न थालेको बताइन् ।


यो सर्न्दर्भ थियो, भारतको नयाँ दिल्लीमा केही महिना अघि एकहप्ता सम्म भएको जेण्डर सम्बन्धी तालिमको । सुधा, राजबिर, नेहाको जस्तै फरक फरक तर एउटै विषयमा ३० जनाले पनि यस्तै अनुभव आदान प्रदान गरे । भारतमा महिला अधिकारका लागि करिब ३ दशक अघिदेखि काम गर्दै आएको जागोरी नामक संस्थाले जेण्डर सम्बन्धी तालिम दिएको थियो । भारतको नयाँ दिल्लीमा भएको तालिममा भारतका विभिन्न राष्ट्रको र नेपालका ६ जना -म र संचारकमी शोभा खड्का तथा अरु ४ जना महिलाअधिकारका क्षेत्रमा कार्यरत थिए) सहित ३० जनाको सहभागिता थियो ।
तालिममा सहभागी सबैले आ-आफ्नो अनुभव, महिला अधिकार, महिला हिंसा विरुद्ध आफूहरुले गरिरहेको प्रयास आफू कार्यरत संस्थाले गरिरहेको कामको बारेमा पनि भन्नुपर्ने थियो । अनि ती विषयवस्तुलाई मसिनोसँग केलाउने र विश्लेषण गर्ने तथा समस्या समाधानको लागि रणनीति तयार गर्न समेत लगाइन्थ्यो । तालिम अवधिमा सहभागीहरुको विचारलाई तथ्यांकमा हर्ेर्ने प्रयास गरिएको थियो । जस अनुसार एउटा विषय थियो- महिला माथि हुने हिंसा ।
यस अर्न्तर्गत हिंसा कहाँ हुन्छ - हिंसा कसले गर्छ - कसरी गरिन्छ - कस्तो रुपको हिंसा र हिंसा विरुद्ध कसले कस्तो प्रयास गर्‍यो भन्ने विषय दिइएको थियो । जसको लागि ६/६ जनाको ५ वटा समुह बनाइएकोेेेेेेेेेेेेेेे थियो । प्रत्येक समुहले ४/४ वटा प्रत्येक प्रश्नको ४ वटा निष्कर्षनिकाल्नु पर्ने थियो । करिब २ घण्टाको छलफलबाट निष्कर्षनिस्कियो । ५ वटा समुहले प्रत्येक ४ वटा प्रश्नको एकएक वटा निष्कर्षनिकाल्दा एउटा प्रश्नको २० वटा उत्तर आएको थियो । ती २० वटा उत्तरहरुलाई तथ्यांकमा निकाल्दाः हिंसा कहाँ हुन्छ भन्ने प्रश्नको जवाफ मध्ये १४ वटा हिंसाका घटना घरमा हुने निष्कर्षआएको थियो । त्यस्तै ३ वटा र्सार्वजनिक स्थलमा , ३ वटा कार्यस्थल वा विद्यालयमा भएको निष्कर्षआयो ।
व्यक्तिको पहिलो पाठशाला मानिन्छ घरलाई तर महिला माथि हुने अधिक हिंसा घरमा नै हुने गरेको छ । महिला हिंसा सम्बन्धी आधिकारिक तथ्यांक नभइरहेको अवस्थामा महिला हिंसा विरुद्ध काम गर्ने ती ३० जनाको निष्कर्षाई आधार मान्ने हो भने पनि एक खालको दिशा पत्ता लाग्छ महिला हिंसा अन्त्यको लागि कसले कहाँ के गर्नुपर्ने रहेछ भनेर । भारतसँग बढी सम्बन्धित भएको भनिए पनि महिला माथि हुने हिंसाको स्वरुप, प्रकृति तथा घटना त्यहाँ र नेपालमा एउटै हो भन्दा फरक पर्दैन ।
त्यसो त महिलाले जन्मेपछि हिंसा भोग्ने कुरा भयो यी माथिका त । जन्मनु अघि नै गरिने हिंसा पनि कति छ कति - प्रविधिको विकासले पनि महिलालाई नै ठगेको छ । गर्भमा भएको बच्चाको लिङ्ग पहिचान गर्ने प्रविधि आयो, त्यसपछि त झन् जन्मनु अघिदेखि नै महिला माथिको हिंसा भयो । एकातिर गर्भको बच्चा छोरी भएकै आधारमा गर्भपतन वा भु्रणहत्या अर्को आमालाई गर्भवती भएदेखि नै मानसिक या शारीरिक यातना । अनि जन्मिसके पछि पनि खानपान, शिक्षाको अवसरमा फरक, छोरी मात्रैले नभएर छोरा पर्खिनै पर्ने - -
त्यस्तै हिंसा कसले गर्छ भन्ने निष्कर्षा जम्मा २० वटा जवाफ मध्ये १७ हिंसा पुरुषले गरेको र बाँकी ३ वटा महिलाले गरेको पाइयो ।
यो निष्कर्षसहभागीहरुले प्रत्यक्ष देखेको वा भोगेको आधारमा निकालिएको हो ।
यो तथ्यांकलाई सामान्य आधार मान्ने हो भने महिलाले हरेक ठाउँ पुरुषबाट नै डराउनु पर्ने अवस्था छ भन्ने निष्कर्षनिकाल्दा फरक पर्दैन ।
भन्ने गरिन्छ, महिलाका रक्षक पुरुष भनेर । तर यो तथ्यांकलाई हर्ेदा रक्षक नै भक्षक भन्ने स्पष्ट हुन्छ । हुन त सबै पुरुष त्यस्तै हुन्छन् भन्ने त होइन तर महिला माथि हुने अधिक हिंसा पुरुषबाट हुन्छ भन्न पनि डराउनु पर्दैन । सबैलाई सामान्य लाग्न सक्छ, धेरैलाई सोध्ने हो भने धेरै महिला राती वा अँध्यारोमा हिंड्न डराउँछन् । तर के को डर लागेको हो त महिलाहरुलाई .......बाघ.......भालु......र्.र्सप ........के को - यो सबैको उत्तर एउटै आउँछ मान्छेको त्यसमा पनि पुरुषको के यो उत्तर गलत होला -
यी माथिका कुनै भनाइमा कसैको असहमति पनि छ - के यस्तो व्यक्ति, घर वा समाजबाट कोही अनभिज्ञ छ र - शायदै नहोला भए पनि अनुभव नै नगर्ने व्यक्तिमा मात्रै होला । त्यसो भए अब हिंसा पीडितहरुले के गर्ने त - अहिलै नबोले कहिले बोल्ने - अनि आफैंले नबोले कसले बोल्ने - यो अर्को प्रश्न पनि छ ।
तालिमकै सर्न्दर्भ जोड्ने हो भने तालिममा सहभागी भएकाहरु ज्ो हिंसा पीडित भए वा प्रत्यक्ष भोग्नेले के गरे त - सहभागीको २० उत्तर मध्ये १५ जनाले विरोध वा प्रतिकार गर्ने गरेको बताए । ती मध्ये ७ जनाले आफूहरु सफल भएको अनुभव सुनाए ।
समग्रमा भन्नु पर्दा महिला माथि हुने हिंसा कम हुन सकेको छैन । महिला हिंसाको विरुद्ध काम गर्ने थुपै्र सरकारी गैरसरकारी संघसंस्थाहरु छन् । तर हिंसाको घटना र्सार्वजनिक गर्न, लुकाएर नराख्न सबैले चेतना दिने प्रयास गरिरहेका छन् । तर प्रतिकार गर्न भनेर कसैले सिकाएनन् । अब भने चाहिं चुपचाप सहेर बस्नु भन्दा प्रतिकार, विरोध गर्न पनि महिलाहरुलाई प्रोत्साहित गर्ने हो कि - यो प्रश्न महिला अधिकारकर्मीहरुलाई । जो नेपालका हुन् वा भारतका समस्या एउटै भएकाले महिला हिंसा विरुद्ध एक भएर अघि बढ्नुपर्ने देखिन्छ ।
नपाल समाचारपत्रमा केहीदिन अघि प्रकाशित

No comments: