Friday, December 19, 2008

बँकेको खेलक्ष्ाेत्र निरासाजनक चरणमा

नेपालगञ्जको खेलकुद क्ष्ाेत्र दिनदिदै खस्किदै गइरहेको छ । केही समय अगाडि बाँकेको खेलकुदले देशमा नाम कमाउन सफल भएको थियो । त्यति बेलाको वातावरण हेर्ने हो भने बाँकेको खेलाडीहरुसँग खेल्नसमेत पछि हट्थे । केही वर्षयता खेलकुदको अवस्था दयनीयरुपमा गुजि्रएको छ । लामो समयदेखि राष्ट्रिय खेलकुद पनि हुन सकिरहेको छैन ।

२०५२ सालदेखि देशमा द्वन्द्व उत्पन्न भए लगत्तै बाँकेमा खेलकुद रोकिने क्रम जारी थियो । तर पनि २०५४ सालमा राष्ट्रिय स्तरको खेल सम्पन्न भयो । त्यसपछि लगतै देशमा द्वन्द्वले चरम रुप
लियो । त्यसको कारणले बाँकेको खेलकुद क्षेत्र फस्टाउन सकेन । त्यसपछि बाँकेको खेलक्षेत्र पहिलाको अवस्थामा उठ्न सकेको छैन ।
के खोज्छ काना भनेझैं खेलकुद खेलाउने प्रशिक्षकहरु बिच त भन्दा म के कम भन्ने अहंम भावनाले झनै खेलकुद क्षेत्रमा ह्रास ल्यायो छ । प्रशिक्षक बिचमा आपसी मेलमिलाप हुन नसक्दा खेल अगाडि बढ्न नसक्नुको मुख्य कारण बन्न गएको हो । खेलक्षेत्र किन पछाडि पर्‍यो त्यसको बारेमा बुझ्नुको साटो झनै खेलाडीका नाममा आएका रकम असुल्ने काम केही प्रशिक्षकले गरिएको छ । यस्ता कुरा खेलाडीले मात्र होइन जिम्मेवार प्रशिक्षकले समेत थाहा पाएकै हो । तर कानमा तेल हालेर बसेका छन् त्यस्ता भष्ट्र प्रशिक्षकलाई कारवाही गर्न न त सम्बन्धित पक्षले पहल गरेको छ न त खेलाडीले नै गर्न सकेको छ । नेपालगञ्जको खेलकुद क्षेत्रभित्र यस्तै भ्रष्टव्यक्ति हुने हो भने कहिल्यै विकास सम्भव छैन ।
खेलकुद क्षेत्रभित्र मात्र होइन हरेक तह राजनैतिक, आर्थिक, सामाजिक, नैतिक, शैक्षिक, प्रशासनिक भित्र काम गर्ने कुनै न कुनै भष्ट्र व्यक्तिले गर्दा काममा बाधा पुर्‍याई रहेको छ ।
खेलकुद क्षेत्रमै लागेर आफ्नो केरियर बनाउने सपना बोकेर आएका नयाँ खेलाडीको भविष्य अन्यौल छ । नयाँ खेलाडी मात्र होइन राष्ट्रीयस्तरमै राम्रो खेल खेलेर नाम कमाएका खेलाडीको भविष्य समेत अन्धकारमै छ । सरकारले खेलाडीका नाममा पठाइएका रकम र सामाग्रीको बारेमा खेलाडीलाई समेत जानकारी गरिदैन् । कतिपय राम्रो खेलाडीहरु आर्थिक अवस्था कमजोर हुन्छन् त्यस्ताका लागि आर्थिकको व्यवस्था छैन । भएपनि सम्बन्धित पक्षले भित्रभित्रै कुम्लाउने गर्छन् । कोचहरु बिचको झगडाले गर्दा खेलाडीहरुलाई समेत हेप्ने होच्याउने काम भइरहेको छ । खेलाडीहरुलाई हौसला, प्रेरणा दिनु त परै जावस् आर्थिकको के कुरा गर्ने । यसरी नै गुजि्रएको छ नेपालगञ्जको खेलकुद क्षेत्र । त्यसको बारेमा सोच्ने फुर्सद कसैलाई छैन ।
मानिस स्वार्थी हुन्छ । उसलाई थाहा हुँदैन आफूले गलत गरेको छु या ठिक तर अरुको अगाडि आफूलाई आदर्शवान ठान्छ । अरुले तपाई भनोस् या नभनोस् तर आफूलाई मपाई भन्ने मान्छेहरु धेरै छन् । त्यसकारण यो समाजमा राम्रा काम गर्ने व्यक्ति कमै भेटिन्छन् । यदि भेटिएपनि स्वार्थी र भ्रष्ट्र व्यक्तिहरुले उसलाई यो समाजमा काम गरेर खान दिर्दैनन् । यस्तो प्रवृतिले समाज र खेल क्षेत्रलाई पनि प्रभावित गरिरहेको छ ।
देशमा नेपाली जनताले चाहेको शान्ति भित्रिसक्यो तर बाँकेको खेलकुदको स्तरले फड्को पार्न सकेको छैन । खेलाडीहरु खेल्ने रंगशालामा लामा घाँस र धान उम्रेका छन् । कतै घाँस कतै खल्टाखुल्टी छ । खेलकुद खेल्ने रंगशालामा खेलाडीको घुईचो होइन चौपयाहरु भेटिन्छन् । लाग्छ लगनपछिको पोतेझै भएको छ रंगशाला मैदान, जहाँ खेलाडी विना उजाड मरुभूमि जस्तै देखिन्छ । खेलाडीका लागि बनाइएका खेल मैदान र हलहरु धमिरा, माकुरा, चौपयाले घर बनाई सके । अझ कबडहलको त के कुरा गर्ने दिउँसै भूतहा घर जस्तो देखिन्छ । रंगशाला मैदान र हलको हेरचाह र मर्मत गर्नको लागि सम्बन्धित पक्षको ध्यान गएको छैन ।
यसरी नै बाँकेको खेलकुद क्षेत्र खस्किदै जाने हो भने भविष्य कस्तो होला यसतर्फ सोच्नु पर्ने हो कि ? जिम्मेवारी व्यक्तिहरु ल्ागायत सम्बन्धित पक्ष, संघसंस्था र स्वयम् सरकारको मुख्य भूमिका हुन्छ । बाँकेको खेलकुदले पहिलाको प्रशिक्षक र खेलाडीले जस्तो कमाएको नाम कमाउन फेरी कडा मेहनत गर्नुपर्छ होइन भने खेलकदु क्ष्ाेत्र धरासयी हुनेछ ।
दीपा आले/बाँके

No comments: