Sunday, December 14, 2008

विश्वमा आप्रवासन दिवस डिसेम्बर १८ सम्बन्धी केहि टिपोट

विश्वव्यापीकरणको कारणले आज समाज साँघरो हँदैछ । त्यसमा पनि आप्रवासनको क्रम बढेको हुनाले विश्वव्यापी रुपमा नै समाज साँघुरो हुँदै गएको यर्थाथलाई नर्कान सकिन्न । एकातिर आप्रवासनले गर्दा देशकेा अर्थतन्त्र बढेको छ र घरपरिवारको जीवनस्तर समेत बढेको छ । जुन देशको अर्थतन्त्र संकटमा परेको हुन्छ र त्यँहाका जनताहरुले अन्य आधारभुत आवश्यकता पनि पर्ती गर्न सकदैनन् तब त्यस देशबाट मानिसहरु आफनो आर्थीक अवस्था मजबुत बनाउनका लागी आप्रवासनको प्रकृया तर अग्रसर भएको पाइएको छ । केहि आप्रवासन भने शिक्षाका लागी पनि हुने गरेको पाइन्छ ।

तर ती आप्रवासनहरुले भने आर्थीक अवस्था सुधार गर्न भन्दा आर्थीक अवस्था कमजोर हुँदै गएको हन्छ । यसबाट प्रतिफल भने आशा गर्न सकिहाल्ने स्थिती भने छैन । तर रोजगारीका लागी भएका आप्रवासनबाट भने प्रतिफल समेत आशा गर्न सकिने ठाँउ पाइन्ो हुनाले यस प्रकारको आप्रवासन तिर मानिसहरु बढि आर्कर्षीत रहेको पाइएको छ ।
तीव्ररुपमा बढ्दो बरोजगारी र आर्थीक विपन्ताका कारण दक्षिण एसिया आर्थिक रुपमा संसारकै गरिब क्षेत्रको रुपमा रहेको पाइएको छ । भारतपाकिस्तान बगंलादेश र नेपालमा लगभग एकतिहाई भारत ४४।२ प्रतिशत पाकिस्तान ३१ प्रतिशत बंगलादेश २९प्रतिशत नेपाल ३७।७ प्रतिशत मानिसहरु दैनिक डलरभन्दा कम कमाउने गरेका छन् जसले गरिबीको संकेत गर्दछ ।
आप्रवासन सम्बन्धी अन्र्तराष्टिय संगठनका अनसार शताब्दीऔ देखि दक्षिण एसियाका जनता आर्थिक कठिनाइ प्राकृतिक प्रकोप लडुइ अशान्ति धार्मीक र जातीय द्धन्द एवं अन्य विभिन्न कारणहरुले एक ठाँउबाट अर्को ठुउमा जाने गरेका छन् । यो नै आप्रवासनको मुख्य कारण हो । यसरी आप्रवासनमा जान शिक्षाको लागी प्रवासिन भन्दा जोखिमपर्ण मानिन्छ । विश्वभरमा आप्रवासीहरुको संख्या लगभग १९ करोड १० लाख रहेको र यसमध्ये आप्रवासी कामदारहरुको संख्या १२ करोड रहेको र एशियामा मात्र ४ करोड ९० लाख आप्रवासी रहेका छन् ।
हाल भारतमा बाहेकका देशमा काम गर्न जाने नेपाली कामदारहरुको संख्या दैनिक ६०० को हाराहारीमा छ । श्रम तथा रोजगार प्रबद्धन विभागले अगाडि ल्याएको तथ्याक अनुसार हाल ९६३७०८ जना नेपालीहरु वैादेशिक रोजगारमा गएका छन् । तर अभिलेख भएका र नभएकाहरु जोडदा २० लाख नेपालीहरु वैदेशिक रोजगारमा तेस्रो मुलुकमा गएको पाइएको छ । विश्वमा नै महिला आप्रवासीहरुको संख्या ५६ प्रतिशत रहेको छ ।
विप्रेषणको विषयमा भन्नपर्दा आप्रवासनले गर्दा सन्ं २००७ मा वैदेशिक रोजगारबाट १ खरब २ अर्ब ४० करोड भन्दा बढि रुपैया विप्रेषण औपचारिक माध्यमबाट भित्रिएको विश्व बैक को अनमान रहेको छ । त्यसै गरि विप्रेषणले कुल ग्राहस्थ उत्पादनको १८ प्रतिशत योगदान गरेको छ जसमा ११ प्रतिशत भने महिलाकामदारहरु को योगदान रहेको र दशैं योजनाको अवधिमा करिब ११ प्रतिशत गरिबी घटेको र गरिबी ४२ प्रतिशत बाट घटेर ३१ प्रतिशतमा पुगेको कुरालाई नर्कान्न भने सकिन्न । नेपालमा यो अवस्था आउनको मुख्य कारण नै वैदेशिक रोजगार र विप्रेषण नै हो ।
विप्रेषणकै सन्र्दभमा सन् २००७ मा भारतले २७ अर्ब चीनले २५ अर्ब सत्तरी करोड बंगलादेशले ६।४ अर्ब पाकिस्तानले ६।१ अर्ब अमेरिकी डलर भित्राएका थिए जसमा बिश्व बैकको अनुसार विप्रेषणको तथ्याक आप्रवाह ३ खरब १७ अर्ब अमेरिकि डलर रहेको थियो भने नेपालमा विप्रेषण भित्रिने दश राष्टहरुमध्ये भारत थाइल्याण्ड साउदी अरब अमेरिका बेलायत बु्रनाई दक्षिण कोरियाजापानजर्मनी र अष्टेलिया आदि हुन् । सन् २००७ मा विश्वमा सबैभन्दा बढि विप्रेषण भित्रयाउने दशबटा राष्टहरु भारतचिन मेक्सीकोफिलिपिन्सफ्रान्सस्पेनबेलजियमसंयुक्त अधिराज्य जर्मनी रुमानिया रहेका छन् ।
केन्दिय तथ्यांक विभागको तथ्याकको सन् २००१ को तंथ्याक जनगणना अनुसार ८२७१२ जना महिलाहरु ५ महिना भन्दा बढि विदेशिएका थिए । तर महिला कामदारहरको तथ्याक भने अझै स्पष्ट नभएको र युनिफेम र निडस्ले दिएको तथ्यांक अनुसार ७८३०८ महिलाहरु वैदेशिक रोजगारमा गएको थाहा हुन आएको छ तर महिला कामदारहरुको संख्या सरकारी तथ्याक भन्दा कयौ गणा बढि छ । नेपाली महिलाहरुको वैदेशिक रोजगारीका लागी साउदी अरेबिया संयुक्त अरब इमरेट्स कुवेत बहराइन ओमान इजरायल हगंकगं माल्दिभ्स दक्षिण कोरिया साइप्रस र लेबनान जस्ता देशहरुलाई मुख्य गन्तव्यको रुपमा बनाएका छन् ।
आप्रवासनका केहि कमजोर पक्षहरु प्नि रहेको छ जस्तो कि कामदारहरु प्रति रंगभेदमा पर्ने कामदारको स्तर अनुसार भेदभाव हुनाले पहिचानमा कमी पनि रहेको देखिन्छ । त्यसै गरि आप्रवासीहरु ब्ाढि अरु देशमा रहने हुनाले भाषाको समस्या कानुनी संयन्त्रमा पहुँच नहुनु भाषा आर्थीक हैसियतले समस्या हुनु चेतनामा कमी कतिपय कानुनले नै स्वंय कामदारहरुलाई स्वदेश र विदेशका कामदारहरुलाई नै भेदभाव गरेको छ । त्यसमा पनि कतिपय देशहरुले आइएलओ को मान्यता अनुसार कानन पालना नगरेको हुनाले कामदारहरुले आफनो अधिकार प्राप्त गर्न सकेका छैनन् भने अर्को तर्फ अदक्ष र अर्धदक्ष कामदारहरु भएको कारण पनि पीडा भोग्न वाध्य भएका छन् ।
त्यसै गरि महिला कामदारहरु माथी कतिपय देशहरुमा भेदभाव गरिने हुनाले पनि वैदेशिक रोजगारीमा जाने महिलाहरुले पनि कतिपय स्थानहरुमा पनि शारिरिक िहंसाका समस्या झेल्नपर्ने रहेको पाइन्छ । महिला कामदारहरुका वैदेशिक रोजगारमा धेरै नै समस्याहरु रहेका छन् यहु सम्म कि विमानस्थलको बाटो देखि गन्तव्य नआएसम्म पनि धेरै समस्याहरु आउछँन । वैदेशिक रोजगारमा गएकाहरुले आफनो परिवारलाई आफनो गन्तव्यमा लान पाउने नियम नभएकोले परिवारहरु विछोडमा जीवन विताउन पर्ने वर्षोैमा बल्ल बल्ल नेपाल आउन पाउने विभिन्न कडा नियमहरु हुने गरेको र म्यानपावर एजेन्सीको ठगी र विदेशमा रहेका एजेन्टबाट हने विभिन्न किसिमका ठगी आदि विभिन्न समस्याहरु हुने भएकाले यो समस्यालाई समाधान गर्नका लागी सरोकारवालाहरु अग्रसर हनपर्ने देखिन्छ । त्यसमा पनि महिलाहरु यस प्रकृयाबाट पनि बढि ठगीने र िहंसामा पर्ने हुनाले विशेष गरि महिलाको सुरक्षामा ध्यान सरोकारवालाले दिन पर्ने कुरामा जोड दिनपर्ने देखिन्छ ।
यस्ता विभिन्न समस्याहरु सहजै समाधान भएका पक्कै पनि वैदेशिक रोजगारी र आप्रवासनका समस्या समाधान हुन सक्छ । नेपालमा सन् २००२ देखि विश्व आप्रवासन दिवस मनाउन थालिएको हो ।

ऋचा शर्मा तिवारी

No comments: