Friday, December 19, 2008

संविधानमै पुरुष सरह महिलाले स्थान पाउनुपर्दछ

नेपालको जन्म भएतापनि, देशमा जनताले चाहेको लोकतान्त्रिक गणतन्त्र भित्रीएतापनि, आधा आकाश ढाकेका महिलाहरुलाई आजसम्म पुरुषपधान समाजलेअङ्कुश लगाईरहेको छ । जसरी घोडालाई लगाम लगाउने गरिन्छ त्यसरी नै महिलाहरुका हरेक क्रियाकलापमा पुरुषवादी मेसिनको पयोग हुादै आएको छ ।पाचीनकालदेखि नै अधिकारको कुरा गर्ने हो भने महिला र पुरुषमा धेरै भिन्नता पाईन्छ । सृष्टिको सुरुवात सागै महिला र पुरुषको जन्म भएतापनि जति पुरुषले मानसम्मान पाउाछन् यो समाजमा त्यति महिलाले पाउन सकिराखेका छैनन ।

पुरुषवादको हेकममा रुमलिएको यो समाजमा महिलाहरु अझै दमित अवस्थामा छन् ।युग तथा समाजमा परिवर्तन आए पनि महिलाहरु आफ्ना हकअधिकारदेखि बञ्चित छन् । महिलाको आवाजलाई एउटा कागजको खोस्टोमा मात्र सीमित राखेको छ यस पुरुषवादी समाजमा । महिला हक अधिकार र स्वतन्त्रतालाई रङ्गमञ्चको भाषणमा सीमित राखेका छन् । समयले कोल्टो फेरिसक्दा पनि महिला पति दमन गर्नु कहाासम्मको न्याय हो र पूरुषपधान समाजको खोक्रा भाषण र कागजमा मात्र भन्ने गरेको हकअधिकारको कुरा ब्यवहारमा लागु गरेका छैनन् ।लामो समय लगाएर भएपनि देशमा लोकतन्त्र भित्रिएको छ । लोकतन्त्र भित्र्याउन महिलाहरुले पनि अगेणी भुमिका खेलेका हुन् । जसरी महाभारतको लडाईमा हजारौं ब्यक्तिले ज्यान गुमाए त्यसरी नै नेपालमा लोकतन्त्र ल्याउन त्यो भन्दा कम भूमिका त थिएन । कति महिलाहरु लोकतन्त्रको आन्दोलनमा आफ्नो पाणलाई आहुती दिन पछि परेनन् । यदि पुरुषले मात्र लोकतन्त्र ल्याउन कम्मर कसेका भए यो देशमा कहिल्यै लोकतन्त्र भित्रिने थिएन होला । पुरुष र महिलाको सहयोग र योगदानले गर्दा आम नेपालीले चाहेको, रोजेको र खोजेको लोकतन्त्र जन्मिएको हो । पुरुषले गर्ने हरेक क्रियाकलापमा महिलाको नै अंगेणी भूमिका हुने गर्दछ । महिलाका कार्यकौशल र वृुद्धिविवेकले नै पुरुषले गर्न नसक्ने कार्य पनि महिलाले गरेर पुरुषको शिर ठाडो पारेका पनि छन् । तर पूरुषले कहिले पनि त्यो भावना आफू भित्र जगाउन सकेनन् । विडम्वना । त्यसै कारणले गर्दा महिलाहरु अझै चुलो चौकोबाट माथि उठ्न सकिरहेका छैनन् । पूरुषको दृष्टिमा आजपनि महिलाहरु अशिक्षित, कमजोर, असक्षम र कायर भएको ठान्छन् ।महिलाहरु घरभित्र मात्र हैन, देशमा जस्तो सुकै सङ्कट आईपरेपनि कम्मर कसेर आन्दोलनमा उत्रिन पछि पर्दैनन् । मुलुक जब निरङ्कुतामा लादिएको बेला महिलाहरुले शसक्त रुपमा नेतृत्व गरेर निरङ्कुशतालाई परास्त गरेका थिए । महिलाहरुको यस आन्दोलनको मूल्याङ्कन नभई पुरुषवादलाई नै उचाईमा पुर्‍यायो तर महिला जहिले पनि दोसो दर्जामै रहनु परेको छ । पुरुषवादी चिन्तन बोकेको समाजले महिलाहरुलाई सधैं पछाडि राख्ने काम मात्र गरेका छन् । देशमाभएका ठूल-ठूला घटना र संङ्कटमा महिलाको सहयोग र योगदान भए पनि राज्य राज्यभार सञ्चालन गर्न महिलालाई कहिल्यै आवश्यक ठानेनन् । यसरी सर्सरती हेर्दा अझै पनि महिलालाई कमजोर ठान्ने मानसिकता पुरुषहरुमा रहेको छ ।अझ पार्टीगत हिसाबले महिलाको वास्तविक हकअधिकार हेर्ने हो भने झनै न्यून छ । महिलाहरु जुनसुकै पार्टीमा आस्था राखोस् त्यो आफ्नो व्यक्तिगत विचारमा भर पर्छ तर वास्तवमै भन्ने हो भने अहिलेसम्म पार्टीमा लागेका महिलाहरुलाई हकअधिकार दिन कन्जुसाई गरेका छन् । पार्टीको आस्था राखेर दिनरात खटिएका महिलाहरु धेरै छन् तर त्यसको बदलामा के पाउाछन् त महिलाहरुले कमजोर, अशिक्षित र असक्षम यस्तै मानसिकता बोकेका पुरुषवादी चिन्तनको कारणले गर्दा आजसम्म नेपाली कांगेसभित्र पनि धेरै सक्रिय महिलाहरु पछाडि परेका छन् । शिक्षा र सीपले अगाडि भएतापनि पार्टीले महिला भनि हेप्ने पवृतिले र महिला भनि कमजोर ठान्ने पुरषवादी संकुचित चिन्तनले महिलाहरु अगाडि बढ्न नसक्नुको मुख्य कारण हो । आफ्नो फाईदाका लागि जस्तोसुकै जोखिमपूर्ण काममा पार्टीले खटाउने गर्दछन् भने हकअधिकार र नाम पाउने बेला महिलालाई पछाडि फ्याक्ने गर्दछन् । वास्तवमै भन्ने हो भने महिलापति पार्टी गम्भीर ध्याकर्षण हुनु पर्ने हो तर हुन सकेको छैन । पुरुषवादी चिन्तन बोकेको यो समाजले कहाा महिलाका बारेमा सोच्न भ्याउाछन् ।नेपाली कांगेसभित्र मात्र होइन अन्य अरु पार्टीमा आस्था राख्ने र सक्रिय भएर लाग्ने पुरुष र महिला बिच धेरै भिन्नता पाईन्छ ।पुरुषलाई अगेणीपंक्तिमा राख्ने गर्दछन् भने महिलालाई सधैं तल्लोस्थानमा राख्ने गर्छन् । वास्तवमै महिलालाई कति कमजोर ठानेका छन् भनेर हेर्ने हो भनेे तथ्यांकले पष्ट बताउाछ । सबै भन्दा बलियो शक्तिको रुपमा रहेको राजनैतिकपार्टीले महिलालाई यसरी पछाडि पार्छ भने अन्य क्षेत्रको त के कुरा गरि साध्य हुन्थ्यो ।तर जे होस् २०५२ सालदेखि माओवादी जनयुद्ध सञ्चालन भएदेखि क्रमिक रुपले महिलाहरुको फौजी, राजनीतिक, शैक्षिक, सांस्कृतिक, सामाजिक र पशासनिक जस्ता हरेक क्षेत्रमा सचेत ढङ्गबाट सहभागीता बढ्दै आएको हामी सक्षम थाहा भएकै कुरो हो । महिला पुरुष भन्दा असक्षम छन् भन्ने मानसिकतालाई माओवादीको फौजी कारवाहीमा महिला नेतृत्वले पाएको सफलताले पुरषवादी चिन्तन तथा मानसिकतालाई पष्ट्याइदिएको छ । महिलाको विरता एवं कार्यकुशलता, कार्यदक्षता र धैर्य पुरुषमा भन्दा कैयौं गुणा बढी हुन्छ । महिलाको वीरता एवं सहासिक चरित्रले महिलाहरु कुनै पनि कुरामा पुरुष भन्दा कम छैनन् । हरेक कुरामा पुरुष सरह सक्षम छन् तर पुरुषहरुले महिलाको कार्यकुशलतालाई बुझ्न नसक्नु र आफू पूरुष भएको खोक्रो आडम्बर पर्दशन गर्नु उचित छैन । देश चलाउन, देश विकास गर्न, देश र जनतालाई सही मार्गदर्शन गराउन महिलाले पनि सक्छन् अवसर र स्थान पाएमा । यसरी माओवादी महिलाको बारेमा चिन्तन गर्दा अन्य पार्टीले महिलालाई हेरेकै छैन भन्न खोजेको होइन मात्र माओवादी पार्टीमा लागेका महिलाले पनि पुरुषभन्दा कुनै चिजमापनि कमजोर छैन भनेरक विश्वमै चूनौति दिएका छन् । मात्र महिलाहरु आजसम्म पछाडि पर्नुको कारणपनि महिलालाई राज्यका हरेक पमुख स्थानमा जिम्मेवारी नदिनु हो ।राष्ट्रभित्र जतिसुकै पार्टीको जन्म भएतापनि महिलाहरुलाई दमन र हेपाहाको पवृति दलमा बस्ने वरिष्ठहरुले छोड्नु पर्छ । यदि कुनै महिला पार्टीमा बढी योगदान गर्छ भने यसलाई उचित किसिमको सम्मान र रोजगारको व्यवस्था गर्नु पाटर्ीैको जिम्मेवारी हो । काम गर्दा सम्म गधालाई भन्दा बेसी काम लगाउने काम पुरा भएपछि खाडलमा फ्याक्ने काम कदापि गर्नु हुादैन । सबै पार्टीले महिलालाई अगपंक्तिमा लग्नको लागि पहल गर्नुपर्छ । एउटा सुन्दर रथको कल्पना गर्नु भन्दा पहिला रथको दुवै पाङ्गा ठिक छ कि छैन त्यसको बारेमा सोच्नु बुद्धिमानी हुन आउाछ । महिलाको योगदान र सहयोगले देशलाई नयाा नेपालको निर्माण गर्न सकिन्छ । अबका दिनहरुमा देशको शासनभार सञ्चालनमा महिलाहरुको उल्लेख्य नेतृत्वदायी भूमिका हुनुपर्छ । देशमा भईरहेका विकृति, विसङ्गति,भष्ट्रचारलाई सजिलै केलाई निराकण गर्न सक्ने क्षमता महिलामा रहेको छ । महिलाको क्षमता र क्रियाशीलतालाई कमजोर ठान्नु भनेको पुरुषवादी चिन्तनमा धमिरा लाग्नु हो ।अब महिलाहरुलाई घरभित्र मात्र सीमित नराकी, देशको शासनभार चलाउन अवसर र स्थान दिनुपर्छ । जसरी पूरुषहरु देश चलाउन लागि परेका छन् त्यसरी नै महिलाहरुलाई पनि देश विकास गर्न शसक्त रुपमा लग्नु पर्दछ । अब बन्ने संविधानमा हरेक क्रियाकलापमा महिला सहभागीता ५० पतिशत रहनु पर्दछ । त्यो पुरुष वर्गले छुट्टयाइएको कोटामा सीमित होइन कि कुल जनसंङ्ख्याको ५२ पतिशत महिला भएकोले समानुपातिक समावेशीकरण आजको मूल आववश्यकता हो । महिलाका हकअधिकार संविधानमै लेख्नुको साथै व्यवहारमा कार्यान्वन गर्न समेत पछि हट्नु हुादैन ।

दीपा आले

No comments: