बाके/ ६८ वषर्ीया विष्णुकुमारी श्रेष्ठको बुढेसकालको सहारा भएको छ वृद्धाश्रम । सिद्धार्थ टोलमा रहेको वृद्धाश्रम नभएको भए उनी यतिबेला कहाा भौातारिादै हुन्थिन्, कसैलाई थाहा छैन । बस्ने बास र खाने गााससमेत जोहो गर्न नसक्ने उमेरमा उनलाई रोगले पनि सताएको छ । उनी लामो समयदेखि अल्सरबाट पीडित छिन् । ४ वर्षदेखि वृद्धाश्रममा बस्दै आएकी उनलाई आश्रय त मिलेको छ तर रोगबाट मुक्त हुने उपाय भने छैन ।
बुढेसकालमा आफन्त र सन्तानको स्याहार चाहिनेबेला वृद्धाश्रममा दिन काट्न बाध्य विष्णुको विगत पनि सुखद थिएन । बर्दियाको गुलरिया नगरपालिका तुल्सीपुरका ओमकुमार श्रेष्ठसाग उनको बिहे भएको थियो । विवाहपछि सन्तान नभएको भन्दै लोग्नेले उनलाई छाडेर दोस्रो बिहे गरे । त्यसपछि लोग्ने र सौता मिलेर कुटपिटसमेत गर्न थाले । सधैं पाइरहने शारीरिक र मानसिक यातनाले थलिएपछि अन्त्यमा नगरपालिकाले वृद्धाश्रममा बस्नका लागि सिफारिस गरिदियो । उनी गहभरि आासु पार्दै भन्छिन्, 'भाग्य नै यस्तै रहेछ, अब सोचेर के गर्नु ?'
उनी आश्रममा बसेको माइतीलाई पनि थाहा छैन किनभने पोखरामा रहेका माइतीले उनको सोधखोज नगरेको दशकौं भइसक्यो । एक्ली छोरी भएकीले मामाको छोराले सम्पत्ति खान उनको बिहे गराएका रहेछन् । अहिले मामाको छोराले आफ्नो सम्पत्ति खाएको उनी बताउाछिन् । लोग्नेबाट पनि उनले सम्पत्ति पाइनन्, बरु घरबाट निकाल्न थुप्रै शारीरिक र मानसिक यातना दिए । बुढेसकालमा रोगी शरीर लिएर वृद्धाश्रमको सहारामा आएकी उनी भन्छिन्, 'यस्तो जिन्दगी कसैको नहोस् ।'
उमेरले ८४ वर्ष पुगिसकेकी लुरकुमारी शाहको कथाव्यथा पनि विष्णुकै जस्तो कारुणिक छ । काठमाडौं बत्तिसपुतलीकी लुरकुमारीका तीन छोरा र तीन छोरी थिए । तर, सबै छोरीको सानैमा मृत्यु भयो । छोरामध्ये जेठोचाहिा अपाङ्ग थिए । तर, अरू छोराहरूले पनि उनलाई हेला गर्न थाले । केही उपाय नलागेपछि वृद्धाश्रममा आउनुपरेको दुःखेसो सुनाउाछिन् उनी । सम्पन्न परिवारको भए पनि उनलाई परिस्थितिले बुढेसकालमा वृद्धाश्रम पुर्याइदियो, अपाङ्ग छोरा भने उनीसागै छन् । ती छोरासमेत ६५ वर्ष पुगिसके, उनी आफैंलाई मुटुको रोगले छोएको २३ वर्ष भयो । चिकित्सकले अब उपचार सम्भव नभएको भनेका छन् । त्यसैले उनीसाग भगवान् पुकार्नुभन्दा अर्को विकल्प छैन । 'सम्पत्ति भनेकै यही अपाङ्ग छोरो हो, कहिले त बााच्नै दिक्क लागेर आउाछ ।'
घर र आफन्तले लखेटेका वृद्धवृद्धाले बुढेसकालमा वृद्धाश्रममा ओत लाग्न त पाउाछन् तर, उनीहरू यहाा पनि रमाउन सकेका छ्रैनन् । जनकपुरकी ७० वषर्ीया तोरणदेवी रेग्मी नेपालगञ्जको वृद्धाश्रममा बसेको चार वर्ष पुग्यो । उनी बालविधवा हुन्, आठ वर्षको छादा बिहे भए पनि त्यसको एक महिनापछि नै लोग्नेको मृत्यु भएको रहेछ । लोग्नेको नामसमेत थाहा नभएको उनी बताउाछिन् । लोग्ने पनि नभएपछि उनले मावलीतर्फकी दिदीको घरमा बसेर काम गरिन् । शरीरमा बल हुादासम्म मामाकी छोरीले राखिन् । तर, काम गर्न नसक्ने भएपछि वृद्धाश्रम पठाइदिइन् । अहिले त उनका हातखुट्टा पनि राम्रोसाग चल्दैनन् । वृद्धवृद्धाका लागि केही नगर्ने सरकारसाग उनको दुःखेसो छ । भन्छिन्, 'हामीजस्ता मर्न लागेकालाई दुई छाक खाने र ओत लाग्ने बासको व्यवस्थासम्म गरिदिए हुन्थ्यो ।'
७४ वषर्ीय भवानीप्रसाद सुवेदीले बुढेसकालमा आश्रमकै सहारा लिएका छन् । बर्दिया पदनाहाका सुवेदीले आफ्नै छोराबुहारीले समेत कुटपिट गरेको आरोप लगाए । छोराबुहारीको यातनाबाट जोगिन अन्त्यमा उनले बुढेसकालमा वृद्धाश्रम नै रोजे । उनी भन्छन्, 'म बसेर छोराबुहारीलाई गाह्रो भनेर घरै छोडिदिएा ।' आफ्नो भागमा परेको १० कठ्ठा जग्गा उनले आश्रमलाई दिने निधो गरेका छन् ।
सिङ्गो जिन्दगी सन्तानकै सुख-समृद्धिका लागि बिताएका बूढाबूढीहरू बुढेसकालमा आएर सहाराविहीन बन्ने गर्दछन् । छोराछोरी हुर्केपछि बुढेसकालको सहारा बन्लान् भन्ने सपना आशैआशमा बित्छ । शरीरमा बल रहुन्जेल सबैले माया गर्छन्, रगत सकिएर हातपाखुरा नचल्ने भएपछि आफ्नै सन्तानले हेला गर्न थाल्छन् र वृद्धाश्रम खोज्दै हिाड्नुको विकल्प रहादैन । धेरैजसो वृद्धवृद्धाले भोगिरहेको यथार्थ हो यो । नेपालगञ्जको भेरी वृद्ध तथा असहाय सेवा केन्द्रका छायादत्त शर्मा आफ्नै सन्तानले हेला गर्न थालेपछि धेरैजना वृद्धाश्रममा आउने गरेको बताउाछन् । २०५३ सालदेखि खुलेको उक्त आश्रममा आउने अधिकांश ६५ वर्षमाथिका हुन्छन् । धेरैजसोको मृत्यु वृद्धाश्रममै हुन्छ, दाहसंस्कार पनि आश्रमले नै गरिदिन्छ । सन्तानलाई थाहै नदिई आउने वृद्धवृद्धा परिवारबाट लिन आएमा घर र्फकन्छन् तर, यस्तो सङ्ख्या एकदमै न्यून छ ।
यो आश्रममा काठमाडौं, जनकपुर, पोखरालगायत टाढाटाढाबाट वृद्धवृद्धा आएका छन् । तर, वृद्धवृद्धालाई चाहिने सुविधा भने छैन यहाा । स्रोत अभावले चाहेजति सेवा दिन नसकिएको बताउादै शर्मा भन्छन्, 'सरकार, सङ्घसंस्था कसैले पनि सहयोग गर्ने चासो देखाउादैनन्, आश्रम चलाउन धेरै गाह्रो छ ।'
'डुब्न लागेको घाम' भन्दै वृद्धवृद्धालाई बुढेसकालमा शारीरिक र मानसिक यातना दिने काम परिवारबाटै हुन्छ । त्यसैले यो उमेरमा पनि उनीहरू मर्नु न बााच्नुको जिन्दगी जिउन बाध्य हुन्छन् । केन्द्रका अध्यक्ष युवराज शर्मा परिवारले तिरस्कार गरेका वृद्धवृद्धाका लागि सरकार र सङ्घसंस्थाहरू पनि चिन्तित नबनेको आरोप लगाउाछन् । ज्येष्ठ नागरिकका लागि सकेजति पहल गर्ने, उनीहरूको सम्मानका लागि टोलटोलमा ज्येष्ठ नागरिक क्लब गठन गर्ने, समस्या समाधानको उपाय पहिल्याउनेजस्ता कार्यक्रम ल्याउने उनको योजना छ । तर, स्रोत अभावमा यी सबै योजनामै सीमित छन् । उनी भन्छन्, 'सुरुमा घर बहालमा लिएर आश्रम सुरु गर्यौं, अहिले भारत सरकारले सातकोठे भवन बनाइदिादै छ, अन्य सङ्घसंस्थाले पनि सहयोग गरिदिए हुन्थ्यो ।'
परिवारले तिरस्कार गरे पनि आश्रममा बस्ने वृद्धवृद्धाले बुढेसकालमा कमसेकम सहारासम्म त पाएका छन् । उनीहरूले वर्षमा दुई-तीनपल्ट तीर्थयात्रा, भजनकीर्तनको अवसर पनि पाउाछन् ।
कतिपयलाई आश्रमले नै वृद्धभत्ताका लागि पहलसमेत गरिदिन्छ । तर, धेरैजसो वृद्धवृद्धाको पहुाच आश्रमसम्म पनि पुग्न सकेको छैन । आश्रमको सहारा पाएकाको त यो विजोग छ भने घरबाट बिदा गरिएका तर कहीा सहारा नपाएका वृद्धवृद्धाको अवस्था कस्तो होला, सहजै अनुमान गर्न सकिन्छ । यस्ता वृद्धवृद्धाका लागि सरकार र सङ्घसंस्थाको ध्यान कहिले पुग्ला ?
दीपा आले
सञ्चारिका लेखमाला/सञ्चारिका समूह
No comments:
Post a Comment