वैदेशिक रोजगारका लागि नेपालीहरूको मूख्य आकर्षण बन्दै आएको इजरायलमा अहिले नेपाली एजेन्टहरू द्वारा चर्को मुल्य असुली क्यानडा तिर लैजाने क्रम बढेको छ । नेपालबाट रोजगारीको लागि इजरायल आउने र इजरायलमा केही समय विताइ क्यानाडामा पि आर पाइन्छ भन्ने प्रलोभनमा परि क्यानाडा प्रवेष गर्नेको घुँइचो अहिले ह्वात्तै बढेको छ । क्यानाडामा पुगेपछि आफ्नो भिषाको काम नगर्ने र नेपाल र नेपालीको छवी विगार्ने गरी शरणार्थी शिविरमा गएर शरणार्थीको लागि आवेदन दिने गरेका छन् । नेपालीहरु क्यानाडा जानको लागि इजरायलमा क्यानेडियन कन्सल्टेन्सीहरुद्वारा राखिएका नेपाली एजेन्टहरुलाई नौ देखि वाह्र हजार अमेरिकन डलरसम्म तिर्ने गरेका छन् । हाल सम्म आधिकारिक जानकारीमा नभएता पनि ५० भन्दा वढी नेपालीहरु इजरायलबाट क्यानाडा प्रवेष गरेको अनुमान छ ।
क्यानाडामा सोंचेअनुसार पारिश्रमीक नभएको, ओभर टाइम सर्भिस नहुने, काम गर्ने ठाउँ र बस्ने ठाउँ सँगै नहुने, काम गर्न जानको लागि पायक नपर्ने, काम गर्ने ठाउँ सम्म जानको लागि भाडाको बस प्रयोग गर्नु पर्ने, कोठा भाडा तिर्नु पर्ने, र प्रत्येक महिनामा हुने आम्दानी कर तिर्नुपर्ने, यी विविध कुराहरुले गर्दा त्यत्रो रकम तिरेर आउनुको कुनै औचित्य नभएको क्यानाडामा पुगेका नेपालीहरुको भनाई छ । उनीहरुका अनुसार पारिश्रमीकको लागि क्यानाडा भन्दा इजरायल नै उपयुक्त भएको बताएका छन् । उता क्यानडामा कार्यरत नेपाली कामदारहरुको भनाई छ भने यता इजरायलबाट क्यानाडा पठाउने एजेन्टहरुले त्यहाँ गएर पि आर पाइन्छ भन्ने प्रलोभन देखाइ पैसा लिने गरेको पाइन्छ । तर क्यानडियन दुतावासमा क्यानडामा पुगेपछि पि आरका लागि आवेदन दिनेछैन भनि कागजपत्रमा हस्ताक्षर गराए पछि मात्र भिषा दिने गरेको पाइएको छ । हामी रोजगारको शिलशिलामा इजरायल आएका छौ पछि नेपाल फर्केर केही गरौं भन्ने विश्वास र अठोटका साथ इजरायल आएका हौं । किन यहाँबाट हामी क्यानडामा नौ देखि वाह्र तेह्र हजार अमेरिकन डलर तिरेर पलायन हुन्छौं ? के हामी अव नेपालमा गएर केही गर्ने अवश्था छैन र यसरी लाखौं रूपैयाँ खर्च गरेर क्यानडा लाग्नुपर्ने ? नेपाल र नेपालीको भविष्यका लागि पनि यो अति जरूरी बनेको छ । नेपाली एजेन्ट भनाउँदाहरू मोटाउने तर क्यानडा पुगेपनि कामको भार थपिने र कमाइ अझ कम रहने हुनाले यस्तो काम गर्नु दलालहरूलाइ आश्रय दिनु मात्र हो ।
source: www.nepalisreal.net
No comments:
Post a Comment