Friday, December 19, 2008

म्ाहिलामाथि हुने सबै खाले हिंसा रोकौं

"जहिले पनि जहाा पनि काम गर्नु पर्‍यो भने सबै भन्दा पहिले हामीनै डाकिन्छौ, तर फल टिप्दा हामी सबैभन्दा पछि परेका हुन्छौ । कसले हाम्रो वास्ता गरेको छ ? त्यसले हाम्रो लागि के गरेको छ ? के हामी साग मान्छे जस्तो ब्यवहार गर्छन ? माक्सिन र्गोकीले एउटा मजदुुरको वास्तविक जीवन कथा यसरी लेखेका छन् ।

एउटा मजदुरगरी पेट पाल्ने ब्यक्तिमाथि उसको मालिकले गरेको अन्याय अत्याचार र एउटा महिलालाई आफ्नै घर भित्र पशुसरह ब्यवहार गरी घरेलु हिंसा गरेको कथा जसले त्यो पीडा भोक्छ उसलाई थाहा हुन्छ ।
हृाम्रो समाजमा दिन प्रति दिन महिलामाथि हुने घरेलु हिंसा तिव्ररुपमा बढ्दै गईरहेको छ । घरभित्र परिवारले महिलमाथि अन्याय, अत्याचार लगायत शारीरिक, मानसिक, आर्थिक वा यौनजन्य दुव्र्यवहार गर्दै आईरहेको छ । शिक्षा र चेतनाको लहर हाम्रो समाजमा फैलिए पनि त्यसको असरले महिलाका समस्यालाई अन्त्य गर्न सकेको छैन ।
युग परिर्वतन भईरहेको छ दिनदिदै महिलामाथि विभिन्न खाले घटनाहरु घटिरहेको छ । प्राचिन काल देखि नै अहिलेका महिलाहरुले घरेलुहिंसाको शिकार हुादै आईरहेका छन् । युग परिवर्तनसागै महिलामाथि हुने सबैखाले हिंसालाई अन्त्य गर्नेकोलागि बनाएका कानुन मात्र कागजको खोस्टोमा सिमित रहेको छ भने अर्कोतिर महिलाकालागि बनाइएका कानुन फितलो र ब्यवहारीक रुपमा कार्यान्वयन भएको छैन ।
विभिन्न संघ संस्थाहरुले सर्वे गरे अनुसार बढी भन्दा बढी घरेलुहिंसा आफ्नै घर भएको बताउाछन् । हाम्रो समाजमा घरलाई एउटा पवित्र मन्दिर मान्छन् भने परिवारलाई दुःखसुखको साथी तर यसको उल्टो स्थापित हुन गएको छ ।
आजको २१ औं शताब्दीमा पनि महिलाहरु आफू स्वयम आत्मनिर्भर हुन सकेका छ्रैनन् । आर्थिक पक्ष कमजोर हुनाले परिवार र श्रीमानको भर पर्नुले पनि महिलाहरु बढी घरेलु हिंसामा परेका छन् । समाजमा विभिन्न हिंसात्मक कार्यका रुप देखा परेका छन् । श्रीमान्ले मदिरा सेवन गरी कुटपीट गर्नु, छोरा नजन्मेमा गाली गर्नु, दोस्रो विवाह गर्नु, बोक्सीको उपनाम दिनु र दाइजोको कारण श्रीमतिलाई मार्ने प्रयास गर्नु, प्रजनन् अधिकारको ख्याल नगर्नु, महिनावारी हुादा छाउपडी प्रथा जनावरलाई जस्तै ब्यवहार गर्नु, श्रीमतीको राहसल्लाह नलिकन घर ब्यवहारको कुरा गर्नु महिलाको चरित्र हत्या गर्नु, वैवाहिक बलात्कार वा यौनजन्य हिंसा गर्नु घरको अरु सदस्यले यौन दुव्र्यवाहर गर्नु खोज्नु नराम्रो बचन लगाउनु,छोरा छोरीमा भेदभाव गर्नु लगायत महिलाहरु बढी आफ्नै श्रीमान बाट नै मारिने र अङ्गभङग हुने गरेको पीडित पक्षले बताउने गरेका छन् ।
यस्ता विभिन्न हिंसात्मक घटनालाई खेप्दै महिला बााच्न बाध्य छन् । शारीरिक यातना, मानसिक यातना, यौनजन्य यातना, आर्थिक यातना र सांस्कृति र सामाजिक यातना जस्ता घरेलु हिंसामा महिलाहरु शिकार बनिरहेका छन् । यस्ता घरेलु हिंसालाई रोक्न सरकारले बनाएको कानुनले महिलालाई न्याय दिन सकेको छैन ।
हाम्रो समाज पितृ सत्तात्मक चिन्तन बोकेर हिड्नाले पनि महिलाको लागि दह्रो कानुन बन्न सकेको छैन । बनेका कानुन ब्यवहारमा लागु हुन सकेको छैन त्यस कारण पनि लैङगिक विभेद र कानुनी विभेद जस्ता कुरा लगायत महिलाको उत्पादकिय श्रमशक्ति,महिलाको प्रजनन अधिकार, आर्थिक श्रोत तथा सम्पत्तिमाथिको अधिकार जस्ता विषयमा महिलाको पहुाच नहुनाले महिलाहरु कुवां भित्रको भ्यागुतो बन्नु परेको छ । महिलाले पाउनु पर्ने सम्पत्तिको अधिकार बाट बञ्चित भई शिक्षा, स्वास्थ्य र आर्थिक श्रोत परिचालनमा न्युन छ ।
यसरी सरसर्ती महिलामाथि हुने हिंसा यसरी बुझ्न सकिन्छ । किन हुन्छन् त ? यसको बारेमा बुझ्दा पीडिकहरु यसरी बताउाछन् । शिक्षाको कमी,गरिबीको कारण, चेतनाको कमीले गर्दा,सीपमुलक ज्ञान नहुादा महिलालाई मनोञ्जनको साधनको रुपमा हेर्ने दृष्टि बेरोजगारी, लैङ्िगक असमानता, महिलालाई एक पूर्ण मानवको रुपमा नहेर्नु, महिला भनेर हेला गर्नु, पितृसत्तात्मक सोंच भएर सामाजिक,आर्थिक,राजनैतिक, नागरिक शैक्षिक रुपले महिला पुरुष भन्दा पछाडी हुनाले महिलाहरु यसरी हिंसामा परेका रहेछन. ।
पितृसात्मक समाजले महिलामाथि गरेका हिंसाले गर्दा महिलाहरु अगाडी बढ्न सकेका छैनन् । हरेक क्षेत्रमा पूरुषहरु नै अगाडी छन् । पूरुषसरह महिलापनि पाउनु पर्ने सुविधा पाएमा महिला पनि गर्न नसक्ने काम केही छैन तर समाज परम्परादेखि झगडीएको पुरुषवादी चिन्तनले गर्दा महिलाहरु पछाडी परेका छन् । कृषि पेशामा मात्र महिलाहरु ८५ प्रतिशत भने अन्य क्षेत्रमा महिलाहरुको संख्या न्युन छन् । अझ नीति निर्माण, न्यायाधीश, प्रजिअ, राजदुत, संवैधानिक निकायको प्रमुख वा सदस्यहरु घरमाथिको स्वामित्व, गाउाविकास समिति, जिल्ला विकास समिति, कानुन ब्यवसायी, मन्त्री परिषद, प्रतिनिधिसभामा महिलाको पहुाच न्युन भएको एक तत्याङ्कले बताउाछ ।
घरेलुहिंसाकै कारणले गर्दा महिलाहरु कति बेचिएका छन् लाखौ महिलाहरु भारतको कोठीमा छन् भने रोजगारका लागि विदेश गएका महिलाहरु काम गर्ने ठाउा मै घरेलु हिंसा भोक्न बाध्य छन् । कतिपय नेपाली महिलाहरु आफ्नै घरपरिवारमा अन्याय अत्याचार सहेर बस्न परेको छ । महिलाले जति नै राम्रो काम गरेपनि त्यसको स्याबासी पितृसत्तात्मक चिन्तन बोकेकाले पाउाछन् । नेपाली महिलाहरु यसरी हिंसात्मक घटनामा पिल्सीदा पनि नेपालको कानूनले टुलुटुलु हेर्ने काम गरिरहेको छ । एउटा महिला अफ्ठयारोमा परेर कानुनको आवश्यकता पर्दा झनै कानुनले वास्तविकता नबुझी महिलालाई नै दोष लगाउने गर्दछ । यसको बावबुद पनि नेपालको कानुनले हाल आएर जनआन्दोलन भाग दुई पछि मुलुकले नयाा मोड लिएको छ । पिछडिएको वर्गलाई समेटिएको छ । अधिकार नपाउनेलाई अधिकारको ब्यवस्थ ागर्न क्रमजारी छ । अल्पसंख्य जाति, जनजाति, दलित मुस्लीम, मधेसी जसले हजारौ वर्ष देखि अन्धकारमा जीवन बिताउन बाध्य थिए । आज आएर नयाा नेपालको अनुहार हेर्न सक्ने भएका छन् आफ्ना हक अधिकारका कुरा गर्न सक्ने भएका छन् । दमित र हेपहा भएर घर भित्र बस्न बाध्य महिलाहरु आफ्नो हक अधिकारको लागि राज्यसाग वार्ता गर्दै कानुन बनाउन पहल गर्न सक्ने भएका छन् । महिला मुुक्ति र घरेलु हिंसा नियन्त्रण गर्न कडा कानुन बनाउन लागि परेका छन् । यही नै महिलाहरुको लागि ठूलो कुरो हो यसमा सम्पूर्ण महिलाहरुको एउटै आवाज हुनुपर्छ ताकि नेपालको महिला मात्र होइन विश्वभरि घरेलु हिंसामा खेप्दै आएका महिलाहरुको आवाज एक हुनुपर्छ आफ्नो हक अधिकार प्राप्त गर्न अबको महिला पछाडी पर्नु हुन्न जनआन्दोलन भाग दुईले सिकाएको सफलतालाई बुझेर अफना् अधिकार प्राप्त गर्न एकजुट भई आन्दोलन गर्नुपर्छ ।
दीपा आले /बााके

No comments: