दीपा आले /नेपालगन्ज
बिगत आठ बर्ष देखि पार्किन्सन रोगले थला परेका पुराना गायक प्रेम प्रकाश मल्लसाग आइतबार आधा दर्जन बढि राष्ट्रिय कलाकारहरुले नेपालगञ्जमा भेटघाट गरेका छन् ।
स्वास्थ्य सम्बन्धी जनचेतना जगाउन सास्कृतिक प्रस्तुति गर्दै हिडेका गायिकात्रय रीमा गुरुङ्ग, कुन्ति मोक्तान र नलिना चित्रकार, गायक दीपक लिम्बु, हास्य कलाकार सुरज केसी, कलाकारद्वय माम्पी घोष र पूर्व मिस नेपाल सुगारीका केसी लगायतको टोलीले मल्ललाई उनकै निकासमा भेटघाट गरेका थिए ।
'म अझैं बाच्छु होला, यत्तिका कलाकार मलाई भेट्न आउनुभयो' - गायक प्रेम प्रकाशले उक्त समयमा खुशी हुादै भन्नुभयो । मल्लले आफूले रचना गरेको एक गीत सुनाउादै नलिना चित्रकारका लागि गाइदिन समेत आग्रह गर्नुभयो । 'आफू पीडाको तालमा डुबेकाले होला, म तालहरुको गीत गाउादै छु' - प्रेमप्रकाश मल्लले उक्त समयमा भन्नुभयो ।
गायिका कुन्ती मोक्तानले प्रेमप्रकाशको लामो जीवन र स्वास्थ्यलाभको कामना गर्दै भन्नुभयो -'तपाईसाग भेट हुनु मेरो सौभाग्य हो ।' गायिका नलिना चित्रकारले प्रेमप्रकाश जस्ता राष्ट्रिय कलाकारको संरक्षण गर्न राज्यले पनि चासो दिनुपर्ने धारणा ब्यक्त गर्नुभयो ।
गायक दीपक लिम्बुले मल्लको अवस्थाले आफूलाई निक्के भावुक बनाएको बताउादै मल्लको स्वास्थ्यपोचार र सहज जीवन यापनको सुनिश्चितता राज्य र सामाजिक संघ संस्थाको समेत दायित्व भएको बताउनु भयो ।
प्रेमप्रकाशसाग कलाकारको भेटको चााजो सांस्कृतिक बिविधताको संरक्षणमा क्रियाशिल अन्तरालले मिलाई दिएको थियो ।
Thursday, January 28, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment