Saturday, April 3, 2010


दीपा आले
नेपालगञ्ज,बांके

नेपाल टेलिभिजनबाट प्रशारण भै रहेको चर्चित हाँस्य टेलिश्रृंखला 'झ्याँईकुटी झ्याँई' का कलाकारहरुसँग चैत २१ गते अन्तरालले नेपालगञ्जमा भेटघाट कार्यक्रमको आयोजना गरेको
टेलिश्रृंखलाका निर्देशक तथा हास्य कलाकारद्वय दमन रुपाखेती शेखर खनालले अन्तरालका कलाकारहरु तथा सञ्चारकर्मीसँग भेटघाट गरेका थिए

अन्तराल भवन, बुलबुलियामा आयोजना गरिएको भेटघाटमा दमन रुपाखेतीले उनको चर्चित गीत 'जीउ जोगाउन जेठी तिरै लाग्नु पर्ने भो' तथा समसामयिक हाँस्यब्यङ्य सुनाएका थिए
अन्तरालका गायक दीपक सल्मानीले भने गजलकार भोजराज शर्मा 'नादिर' द्वारा लिखित 'मलाई पनि तिमी आफू जस्तै बनाऊ' गाएका थिए उक्त गीत सल्मानी आफैंले संगीतबद्ध गरेका हुन्

अन्तरालमा स्वागत गर्दै कार्यकारी निर्देशक जयनारायण शाहले निर्देशकद्वय तथा सञ्चारकर्मीहरुलाई अन्तरालका गतिविधिबारे जानकारी गराएका थिए निर्देशक रुपाखेती अभिनय बाहेक गायकका रुपमा समेत चर्चित छन् भने निर्देशक खनालले 'सारथी' नामक होचापुड्का सम्बन्धी फिल्मको समेत निर्देशन गरिसकेका छन्

उक्त अवसरमा नेपाल भलिवल संघका क्षेत्रिय उपाध्यक्ष भीम ओली लगायतको उपस्थिति रहेको थियो Read Full Entry
कसरी समेटिने हुन् संविधानमा महिलाका कुरा ? महिला नै अनभिज्ञ !
-दीपा आले
बाँके
बाँके, राधापुर गाविस-७ की शिला मल्ल नयाँ संविधान निर्माणका कुरा जताजतै सुनिरहन्छिन् । तर अब बन्ने संविधानमा महिलाका समग्र सवाल र मुद्दा के हुन् ? तिनलाई कसरी समेटिने हुन् त्यसको बारे केही थाहा छैन ।
एस.एल.सी. उत्तीर्ण मल्लले अब बन्ने संविधानमा महिलाका कुरा, कसले कसरी समावेश गर्ने हुन् ? त्यसको बारेमा न सुनेकी छिन्, न उनलाई पूर्ण ज्ञान छ । संविधान निर्माण प्रक्रियाका कामहरू निर्वाध ढंगले चल्न नसकेको कुरा सञ्चारमाध्यमबाट सुनिरहँदा उनलाई संविधान नै नबन्ने हो कि भन्ने पनि आशंका उब्जिरहन्छ । तर पनि आशा भने मारिसकेकी छैनिन्, उनले । किनकि लामो संघर्ष र योगदानबाट प्राप्त अधिकारको कसो सुनिश्चित नगर्लान् भन्ने पनि लागेको छ । राजनैतिक दल र नेताहरूले नयाँ संविधान निर्माणका लागि प्रतिबद्ध भइरहेको बताए पनि उनीहरूको व्यवहार र परिवर्तन भइरहने बोलीले भने उनीहरू नै संविधान निर्माणका बाधक हुन् कि भन्ने पनि उनलाई कहिलेकाहींं लाग्छ ।
उनी मात्र होइनन्, उनी जस्तै थुपै्र ग्रामीण महिलाहरू संविधान समयमै जारी हुने हो कि होइन भन्ने आशंकामा छन् । नयाँ संविधानमा महिला अधिकार कसरी सुनिश्चित गरिने भन्ने प्रक्रिया र आधारबारे पनि धैरैलाई जानकारी छैन । संविधान लेखनपूर्वको कार्य शुरु भइसक्दा पनि अहिलेसम्म आफूलाई सो बारे थाहा नभएको मल्ललेे तितो यथार्थता पोखिन् ।
महिलाहरू अझै पनि संविधानसभाको काम कार्वाही र भूमिकाकाबारे प्रष्ट बुझ्न सकिरहेका छैनन् भने राजनैतिक दलका नेताहरूले पनि संविधान लेखनको खाका कोर्ने बेलासम्म पनि महिलाहरूलाई संविधानको बारेमा बुझाउन सकेका छैनन् । महिलाका समग्र सवाल र मुद्दा के हुन् ? र कसरी संविधानमा समेट्नेे भन्नेबारे महिला सभासदहरू नै अलमलमा परेको सीतापुर-४ की गणेशकुमारी चन्दको आरोप छ । संविधानमा आÇनो अधिकारलाई कसरी लेख्न सकिन्छ भन्नेबारे आफूलाई पनि थाहा नभएको चन्दले स्वीकारिन् ।
सभासदहरू ग्ााउँ-गाउँमा पुगेर सुझाव संकलन गर्न खोजे पनि कसरी आÇना अधिकार सूचिबद्ध गरिन्छ भन्नेबारे धैरैलाई अझै जानकारी नभएको नेपाल आदिवासी जनजाति महिला महासंघ बाँकेका सचिव शोभा गुरुङको अनुभव छ । सचिव गुरुङ संविधानमा महिलाहरूको हक अधिकार सुनिश्चित गर्ने काममा महिला सभासदहरूको भूमिका बढी देख्छिन् । तर अधिकांश महिलाहरू संविधान निर्माण प्रक्रियामा सभासद महिलाको भूमिकाप्रति सन्तुष्ट छैनन् । संविधानमा पिछडिएका जातजाति, धर्म, लि·, समुदायका महिलाहरूका समस्या, सवाललाई समेट्नुपर्ने र विशेष अधिकार प्रदान गरिनुपर्ने सचिव गुरुङको सुझाव छ ।
मुस्लिम समुदायमा कार्यरत फातिमा फाउण्डेशनकी उपाध्यक्ष मैमुना सिद्दिकी अब बन्ने संविधानमा महिला अधिकारका कुरा स्पष्ट समावेश नभए त्यसको अर्थ र महत्व नहुने ठोकुवा गर्छिन् । महिलाले समान अधिकार र अवसर पाउने खालको व्यवहारिक संविधान बनाउन दबाव सृजना गर्नु पर्ने आवश्यकतामा जोड दिंदै सिद्दीकी भन्छिन्- ँहरेक निकायमा ५० प्रतिशत अधिकार सुनिश्चित हुनुपर्छ ।’
अधिवक्ता गीता शाह महिला र पुरुषले पाउने हरेक अधिकारमा समानता हुनुपर्ने, सहज नागरिकता प्राप्ति, सम्पत्तिमाथिको पहुँच लगायतका अधिकार सुनिश्चित हुन पाउने व्यवस्था संविधानमै उल्लेख गरिनुपर्ने आवश्यकता औल्याउँछिन् । राज्यको हरेक निकायमा महिलालाई विशेष अधिकार र व्यवहारिक रुपमा लागु गर्न सकिने खालको संविधान र प्रावधान राखिनुपर्ने जोड दिन्छिन्-अधिवक्ता शाह । ग्रामीण महिलाका लागि कानुनी रुपमा शिक्षा दिने व्यवस्था संविधानमै गर्नुपर्ने उहाँको राय छ । महिलाको समग्र हक अधिकार नयाँ संविधानमा समेट्न नसकिए नयाँ संविधान केवल ँहात्ती आयो, हात्ती आयो फुस्स झ्’ भनेभै+m हुनेछ ।
सौजन्यः ँसहअस्तित्व’ बुलेटिन
क्षेत्रीय सञ्चार स्रोत केन्द्र, नेपालगञ्ज । Read Full Entry

मार्च ८ विशेषः छरिएको महिला आन्दोलन

लक्ष्मी बस्नेत
मार्च ८ तारिखमा विश्वभर मनाइने अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर नेपालमा विभिन्न कार्यक्रम एक हप्ता अघिदेखि नै शुरु भइसकेका छन् । विभिन्न राजनीतिक दल आवद्ध महिला संगठन तथा गैरसरकारी संघसंस्थाहरुले यसवर्षो श्रमिक महिला दिवसलाई शताब्दी विशेषको रुपमा लिएका छन् । दिवस मनाउनका लागि सबैले आ आफ्नै तयारी गरे भने सरकारी पहल त्यत्ति देखिएन । एकसय भन्दा बढी गैरसकारी संघसंस्थाहरुले संयुक्त रुपमा महिला आन्दोलनकी अगुवा साहना प्रधानको संयोजकत्वमा शताब्दी अन्तर्रर्ााट्रय श्रमिक महिला दिवस -८ मार्च) समारोह आयोजक समिति गठन गरेको छ, जसले हिजोदेखि भोलि -७ देखि ९ मार्च अर्थात २४ फागुन) सम्म विभिन्न कार्यक्रम गर्ने तय गरेको छ । तर संविधान बनाउने जिम्मेवारी समेत बोकेका राजनीतिक दलका महिला संगठनहरु भने यत्तिको एकता पनि देखाएनन् । दिवसको सर्न्दर्भ पारेर विभिन्न कार्यक्रम कसैले गरिरहेका छन् भने केहीले दिवसकै दिन गर्दैछन् । कार्यक्रम एउटै भने हुन सकेन, नयाँ संविधानमा महिला सवालका विषयमा करिब उस्तै उस्तै आवाज उठाउने महिलाहरु पनि यो दिवस मनाउन भने एक हुन सकेनन् । गैरसरकारी संघसंस्थाहरुले आ-आफ्नो छुट्टै पनि केही कार्यक्रम गरे पनि महिला सुरक्षा दबाब समूहको पहलमा साहना प्रधान संयोजक रहेको समारोह समितिमा उपत्यकाका धेरैजसो संस्थाहरु आवद्ध छन् तर राजनीतिक महिला संगठनहरुले त्यो एकता देखाउन नसक्नुले महिला आन्दोलनमा प्रश्न चिन्ह उठ्छ कि - दिवसकै सर्न्दर्भमा एमाले निकट अनेमसंघले शनिबारदेखि ३ दिने महिला महोत्सव शुरु गर्यो भने माओवादी निकट अनेमसंघ क्रान्तिकारीले दिवसकै दिन राजधानीमा एकलाख महिला उतार्ने दाबी गर्दै आएको छ । प्रमुख दल मध्येको नेपाली कांगे्रस निकट नेपाल महिला संघले भने अरुले जस्तो खासै कार्यक्रमको घोषणा गरेन । यसरी हर्ेदा कतै नेपाली महिला आन्दोलन छरिएको त होइन भन्ने महसुस महिला अधिकार पक्षधरहरुलाई भएको छ । त्यसो त एकता छँदै छैन भन्ने पनि होइन सबै दलका महिला संगठनहरुको अन्तरपार्टर्ीीहिला संजाल पनि बनाइएको छ भने सबै महिला सभासद्हरु सम्मिलित ककस पनि छ । तर त्यहाँ देखिएको एकता यतिबेला सशक्त ढंगले अगाडि देखिनु पथ्र्यो तर देखिएन । 'समान अधिकार, समान अवसर, सबैको लागि प्रगति' भन्ने नाराका साथ विश्वभरका महिलाहरुले यो दिवस जसरी मनाउँदैछन् । दिवसको इतिहास/पृष्ठभूमि, यसवर्षा नारा र नेपाल अहिले जुन अवस्थामा छ, त्यसलाई हर्ेदा सम्पर्ूण्ा महिला एक भएर यो दिवस राष्ट्रिय रुपमा मनाउनु पर्ने हो । तर अधिकारकर्मी संघसंस्थाहरु एकातर्फ महिला संगठनहरु आ आफ्नै तरिकामा र सरकार -महिला मन्त्रालय वा राष्ट्रिय महिला आयोग) को पनि आफ्नै तालमा छ । अधिकारकर्मी र राजनीतिक महिला संगठनहरुले तामझामको तयारी गरिरहँदा पनि सरकारी पक्ष खासगरी महिला मन्त्रालय भने मौन छ । महिला मन्त्रीदेखि सचिव, सहसचिवसम्मका जिम्मेवार व्यक्तिहरु केही दिन अघि नै विदेश गएका रहेका कारण मार्च ८ ले मन्त्रालयलाई खासै भेटेन । सरकारी एउटा अंग राष्ट्रिय महिला आयोगले आफ्नो स्थापना दिवस परेकाले अघिल्लो दिन -मार्च ७) कै दिन एक कार्यक्रम गरेको छ भने गैरसरकारी संस्थाहरुकै कार्यक्रममा आज -मार्च ८) का दिन पनि एक्येबद्धता एवं सहभागिता जनाउने बताएको छ । संविधानसभाको कार्यतालिका अनुसार हुने हो भने नयाँ संविधान जारी हुने मितिको संघारमा यसवर्षशताब्दी श्रमिक महिला दिवस पर्‍यो । अनि संविधानको प्रारम्भिक खाका तयार भईरहँदा शताब्दी दिवसको रुपमा मनाइ यो विशेष अवसरको सदुपयोग गर्दै महिला अधिकारमा आवाज उठाउनेहरुले महिला मैत्री संविधानको एउटा खाका बनाएर संवैधानिक समितिलाई दिन सक्नुुपथ्र्यो । तर दुःखद नै मान्नर्ुपर्छ, त्यसो हुन सकेन । जसरी माउ पार्टर्ीीबीच राजनीतिक गतिरोध देखिएको छ, त्यसको छायाँ भगिनी संगठनहरुमा पनि परेको देखियो भन्दा फरक नपर्ला । महिला मुद्दामा एक छौं भनेर अरु बेला भन्ने महिलाहरु यस्तो ठूलै उत्सवका लागि पनि एक हुन सकेको भए पछिल्लो समयमा नेपाली महिला आन्दोलनलाई विश्व समुदायले जसरी हेरिरहेको छ, त्यसमा थप सकारात्मक सन्देश जान्थ्यो । करिब एकहप्ताको बीचमा मार्च ८ को सर्न्दर्भमा राजधानीमा विभिन्न कार्यक्रम भए, भइरहेका छन् र अझै केही दिन हुनेछन् । कुनै कारणवश परिवर्तन नभए त्यस दिन -सोमबार, मार्च ८) खुलामंचमा एकीकृत माओवादी अध्यक्ष प्रचण्डले बोलिरहेका हुनेछन् भने नजिकै भृकुटीमण्डपमा एमाले अध्यक्ष झलनाथ खनालले बोलिरहेका हुनेछन् । त्यस्तै पद्मकन्या क्याम्समा गैरसकारी संस्थाहरुद्धारा संयुक्त कार्यक्रम भइरहनेछ । सन् १८५७ मा अमेरिका न्यूयोर्कस्थित एक गार्मेण्टमा काम गर्ने श्रमिक महिलाहरूले समान ज्यालाको मागसहित गरेको पर््रदर्शनमा जसरी एक भएका थिए । त्यसै गरी नेपालको महिला आन्दोलनमा पनि एकताको जरुरी टड्कारो रुपले देखिएको छ ।
नोट ः मार्च ८ का दिन कान्तिपुर दैनिकमा प्रकाशित Read Full Entry