दीपा आले
नेपालगञ्ज,बांके ।
नेपाल टेलिभिजनबाट प्रशारण भै रहेको चर्चित हाँस्य टेलिश्रृंखला 'झ्याँईकुटी झ्याँई' का कलाकारहरुसँग चैत २१ गते अन्तरालले नेपालगञ्जमा भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।
टेलिश्रृंखलाका निर्देशक तथा हास्य कलाकारद्वय दमन रुपाखेती र शेखर खनालले अन्तरालका कलाकारहरु तथा सञ्चारकर्मीसँग भेटघाट गरेका थिए ।
अन्तराल भवन, बुलबुलियामा आयोजना गरिएको भेटघाटमा दमन रुपाखेतीले उनको चर्चित गीत 'जीउ जोगाउन जेठी तिरै लाग्नु पर्ने भो' तथा समसामयिक हाँस्यब्यङ्य सुनाएका थिए ।
अन्तरालका गायक दीपक सल्मानीले भने गजलकार भोजराज शर्मा 'नादिर' द्वारा लिखित 'मलाई पनि तिमी आफू जस्तै बनाऊ' गाएका थिए । उक्त गीत सल्मानी आफैंले संगीतबद्ध गरेका हुन् ।
अन्तरालमा स्वागत गर्दै कार्यकारी निर्देशक जयनारायण शाहले निर्देशकद्वय तथा सञ्चारकर्मीहरुलाई अन्तरालका गतिविधिबारे जानकारी गराएका थिए । निर्देशक रुपाखेती अभिनय बाहेक गायकका रुपमा समेत चर्चित छन् भने निर्देशक खनालले 'सारथी' नामक होचापुड्का सम्बन्धी फिल्मको समेत निर्देशन गरिसकेका छन् ।
उक्त अवसरमा नेपाल भलिवल संघका क्षेत्रिय उपाध्यक्ष भीम ओली लगायतको उपस्थिति रहेको थियो ।
Saturday, April 3, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment