Saturday, May 1, 2010

महिलाहरुका लागि प्रतिबन्ध लगाइएको खाडी मुलुकमा जान वैदेशिक रोजगार विभागको स्वीकृति

महिलाहरुका लागि प्रतिबन्ध लगाइएको खाडी मुलुकमा जान वैदेशिक रोजगार विभागले स्वीकृति दिएको छ । तर हामीले भने वैदेशिक रोजगारमा महिलाहरुलाई संठगीत ठाँउमा बाहेक असंगठित ठाँउमा जान रोक लागाएको सुन्दै आएका छौ ।
त्यसो भएता पनि नेपालको विमानस्थल बाट नै कसरी यी महिलाहरु वैदेशिक रोजगारमा जान लागेका हुन त भन्ने गम्भीर प्रश्न उठेको छ ।
बहराइन जान लागेका बिसमाया तामाङलाई गएको शूक्रबार अध्यागमन विभागले त्रिभूवन विमानस्थलमा रोकेपछि रोजगार विभागको लपारवाही खुलेको हो । उनी विभागको अन्तिम स्वीकृति पाएर घरेलुकामका लागि बहरान जान लागेकी थिइन् ।
अध्यागमनले महिला रोजगारका लागि खाडी क्षेत्र निषेधित छ भन्दै उनलाई विमानस्थलबाटै फिर्ता पठाइदिएको थियो । उनीसँगै राममाया लामाले पनि विभागबाट बहराइन जाने स्वीकृति पाएकी थिइन् । स्रोतअनूसार उपहार हूमन रिसो्रसेजले ल्याएको मागलाई विभागले स्वीकृति दिएको हो ।

सरकारले रोक लगाएको मूलूकमा विभागले अन्तिम स्वीकृति दिएको विषयमा भने विभागका कर्मचारीले व्यवसायीसँगको मिलेमतोका आधारमा यस्तो स्वीकृति दिएको हुनसक्ने देखिन्छ । ।
यो घटनापछि अध्यागमनले खाडी मूलूकमा महिला रोजगारका लागि अन्तिम स्वीकृति दिनू गम्भीर त्रूटी भन्दै गृह र श्रम मन्त्रालयलाई पत्र पठाएको छ । सरकारले सूरक्षा सम्वेदनशीलताका आधारमा महिलालाई घरेलू कामदारका रुपमा खाडी मूलूक पठाउन रोक लगाएको थियो ।

नेपाली महिलाहरु करिब २ लाखको हाराहारीमा खाडी मा घरेलु कामदारका रुपमा काम गरिरहेका छन् । यी सबै महिलाहरु भारतको बाटो हँुदै काम गर्न खाडी छिरेका हुन् । सोझै विमानस्थल प्रयोग गरेर जान नपाउने नियम भएकोले महिलाहरुले वैकल्पीक रुपमा भारतको बाटो प्रयोग गर्दै आएका छन् । यसरी गएका महिलाहरु अनडकुमेन्टेड भएकोले यी महिलाहरुलाई समस्या परेको खण्डमा सहजै रुपमा गएर दुतावासमा भन्न सक्ने स्थिीती भने हुदैन । यसरी कतिपय महिलाहरु शारिरिक तथा मानसिक पीडामा बाँचीरहेका भेटिन्छन् ।
देशको अर्थतन्त्रको भारको समस्या एकातिर यिनै महिलाहरुको मेहेनतको विप्रेषणले समाधान भएको सर्वमान्य छ । तर पनि यो विषयलाई सरकारले गम्भीरताका साथ लिएको भने देखिदैन् । यदि लिँदो हो त सरकारले संयन्त्र बनाएर यो समस्या समाधानको बाटो खोज्दथ्यो कि ?

No comments: