Tuesday, May 4, 2010

सहचारी नियुक्त विषयमा आवश्यक न्युनतम आवश्यकता पुरा नगरेको आरोप

सरकारले र्भखर मात्र ६ वटा देशमा श्रम सहचारी नियुक्ती गरकेा छ । यसरी श्रम सहचारी गरिएको देशहरुमा भने दक्षिण कोरिया जापान इजरायल कुवेत ओमान र हङकङ पर्दछन् । यो सँगै करिब १० वटा देशमा श्रम सहचारी नियुक्त भएका छन् ।
सहचारीहरु भएको देशहरुमा दुतावासले र नियोगले त्यँहा रहेका नेपाली कामदारका लागि काम गर्न नभ्याएकोले सहचारी नियुक्त अत्यावश्यक भएकोले नियुक्त गरिएको हो ।
तर पनि यी देशहरुमा नियुक्ती भएका केहि सहचारीहरु के यसै क्षेत्रका विज्ञ वा जानकार व्यक्तिहरु हुन त भन्ने पनि प्रश्न उठेको छ । यसै विषयमा आवश्यक न्युनतम आवश्यकता पुरा नगरेको र जथाभावी नियुक्ती गरिएको आरोप समेत लागेको छ ।

यस कदमले लामो समयदेखि श्रम क्षेत्रमा कार्य गरिररेका कर्मचारीहरुलाई कतै निरुत्साहित त गरेको छैन भन्ने प्रश्न समेत उब्जीएको छ । यसरी सहचारी नियुक्त गर्दा कमसेकम यस विषयमा जानकार व्यक्तिलाई प्रवेश गर्न दिएको खण्डमा पक्कै पनि विदेशमा काम गरिरहेका नेपालीहरुले आफनो समस्या लिएर दतावासमा पुग्दा आवश्यक कदम चाल्न्ा सहयोग गर्ने र उनीहरुको आवाज सुन्ने निकाय दरो भएको खण्डमा समस्या समाधान हुने थियो कि त जसको लागी यस विषय प्रति जानकार रुची भएको र काम छिटो छरितो गर्न सक्ने सहचारी को आवश्यकता पर्ने हुनाले अरु क्षेत्रबाट नियुक्ती गरिएका सहचारीको कार्य दक्षतामा कमी हुन सक्ने सम्भावना रहन्ा जान्छ होला त ? Read Full Entry

Saturday, May 1, 2010

महिलाहरुका लागि प्रतिबन्ध लगाइएको खाडी मुलुकमा जान वैदेशिक रोजगार विभागको स्वीकृति

महिलाहरुका लागि प्रतिबन्ध लगाइएको खाडी मुलुकमा जान वैदेशिक रोजगार विभागले स्वीकृति दिएको छ । तर हामीले भने वैदेशिक रोजगारमा महिलाहरुलाई संठगीत ठाँउमा बाहेक असंगठित ठाँउमा जान रोक लागाएको सुन्दै आएका छौ ।
त्यसो भएता पनि नेपालको विमानस्थल बाट नै कसरी यी महिलाहरु वैदेशिक रोजगारमा जान लागेका हुन त भन्ने गम्भीर प्रश्न उठेको छ ।
बहराइन जान लागेका बिसमाया तामाङलाई गएको शूक्रबार अध्यागमन विभागले त्रिभूवन विमानस्थलमा रोकेपछि रोजगार विभागको लपारवाही खुलेको हो । उनी विभागको अन्तिम स्वीकृति पाएर घरेलुकामका लागि बहरान जान लागेकी थिइन् ।
अध्यागमनले महिला रोजगारका लागि खाडी क्षेत्र निषेधित छ भन्दै उनलाई विमानस्थलबाटै फिर्ता पठाइदिएको थियो । उनीसँगै राममाया लामाले पनि विभागबाट बहराइन जाने स्वीकृति पाएकी थिइन् । स्रोतअनूसार उपहार हूमन रिसो्रसेजले ल्याएको मागलाई विभागले स्वीकृति दिएको हो ।

सरकारले रोक लगाएको मूलूकमा विभागले अन्तिम स्वीकृति दिएको विषयमा भने विभागका कर्मचारीले व्यवसायीसँगको मिलेमतोका आधारमा यस्तो स्वीकृति दिएको हुनसक्ने देखिन्छ । ।
यो घटनापछि अध्यागमनले खाडी मूलूकमा महिला रोजगारका लागि अन्तिम स्वीकृति दिनू गम्भीर त्रूटी भन्दै गृह र श्रम मन्त्रालयलाई पत्र पठाएको छ । सरकारले सूरक्षा सम्वेदनशीलताका आधारमा महिलालाई घरेलू कामदारका रुपमा खाडी मूलूक पठाउन रोक लगाएको थियो ।

नेपाली महिलाहरु करिब २ लाखको हाराहारीमा खाडी मा घरेलु कामदारका रुपमा काम गरिरहेका छन् । यी सबै महिलाहरु भारतको बाटो हँुदै काम गर्न खाडी छिरेका हुन् । सोझै विमानस्थल प्रयोग गरेर जान नपाउने नियम भएकोले महिलाहरुले वैकल्पीक रुपमा भारतको बाटो प्रयोग गर्दै आएका छन् । यसरी गएका महिलाहरु अनडकुमेन्टेड भएकोले यी महिलाहरुलाई समस्या परेको खण्डमा सहजै रुपमा गएर दुतावासमा भन्न सक्ने स्थिीती भने हुदैन । यसरी कतिपय महिलाहरु शारिरिक तथा मानसिक पीडामा बाँचीरहेका भेटिन्छन् ।
देशको अर्थतन्त्रको भारको समस्या एकातिर यिनै महिलाहरुको मेहेनतको विप्रेषणले समाधान भएको सर्वमान्य छ । तर पनि यो विषयलाई सरकारले गम्भीरताका साथ लिएको भने देखिदैन् । यदि लिँदो हो त सरकारले संयन्त्र बनाएर यो समस्या समाधानको बाटो खोज्दथ्यो कि ? Read Full Entry