Saturday, March 6, 2010




दीपा आले
नेपालगन्ज
समान अधिकार, समान अवसर, सबैको प्रगतिको आधार भन्ने मूल नाराका साथ हिंसामुक्त परिवार हामी सबैको सरोकार विषयक शुक्रबार नेपालगन्जमा महिला विकास कार्यालयको आयोजनामा १०० औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा घरेलु हिंसा -कसुर २ संजाय ऐन सम्बन्धी सराकेारवालाहरु बिच एक दिवसीय अन्तक्रिया कार्यक्रम गरेको छ ।
महिला हिंसालाई कसरी निर्मूल पार्न सकिन्छ त्यसलाई रोकथाम गर्न अबको संविधानमा कस्तो खालको कानुनको व्यवस्था गर्नुपर्छ भन्ने विषयमा सहभागीहरुले जोड दिएका थिए । महिलाहरु विभिन्न राजनैतिक, आर्थिक, सामाजिक हरेक क्षेत्रमा हिंसा खेप्नु परेको भन्दै त्यसलाई नियन्त्रण गर्न विभिन्न संघ संस्थाका महिलाहरु, राजनीति दलका महिलाहरु पत्रकार, कानुनव्यवसायी, मानवअकिारकर्मी, प्रहरीहरुमााझ सो कार्यक्रममा छलफल भएको थियो ।
प्लान नेपालको आर्थिक सहयोगमा भएको कार्यक्रममा महिला विकास कार्यालयका प्रमुख शोभा शाहको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा नेपाल महिला संघका अध्यक्ष किरण कोईरला, फातिमा फाउडेशनका सपना भटराई, मानवअधिकारकर्मी सिपि सिह, रोमर्श धिताल लगायतले अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा महिला हिंसा कसरी निर्मून पार्न सकिन्छ भन्ने विषयमा बोलेका थिए । भने कार्यक्रममा घरेलु हिंसा कसुर २ संजाय ऐनको बारेमा सहजीकरण अधिवक्ता विष्णु पोख्रेलले दिनु भएको थियो ।

No comments: