अन्तरालको आयोजनामा नेपालगञ्जमा संचालन भैरहेको प्रथम अन्तर बैंक 'फाइभ ए साइड' फुटवल प्रतियोगिता अन्तरगत आज क्वार्टर फाइनलका सबै खेल सम्पन्न भएका छन ।
मंगलबार सम्पन्न पहिलो खेलमा बागेश्वरी बिकास बैंकले एनआइसी बैंकलाई ट्राइबेकरमा ३ गोलको बिरुद्ध ४ गोलले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गर्न सफल भयो । निर्धारित समयमा एनआइसीका जयन्द्र रावल र बागेश्वरीका श्याम थापाले १/१ गोल गरेपछि खेल ट्राइबेकरमा गएको थियो । त्यसमा पनि दुबै टोलीबाट २/२ गोलको बराबरी पछि भएको सडेन डेथमा बागेश्वरीले एनआइसी बैंकलाई १-० गोलको अन्तरले हराउादै सेमीफाइनलमा प्रवेश गर्न सफल भएको थियो ।
त्यसैगरि दोस्रो खेलमा नेपाल बफ्लादेश बैंकले कणर्ाली बिकास बैंकलाई शून्यको बिरुद्ध ३ गोलले हराउादै सेमीफाइनलमा आफ्नो स्थान पक्का गर्यो । बफ्लादेशका कप्तान दीपक बिष्टले २ गोल तथा अभिनित सिंहले १ गोल गरेका थिए ।
यस अघि भार्गब बिकास बैंक र बैंक अफ एशिया सेमीफाइनलमा पुगिसकेका छन ।
भोलि -बुधबार) बिहान सेमीफाइनलमा भार्गब बिकास बैंक र बागेश्वरी बिकास बैंक बीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।
Monday, March 15, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment