Wednesday, March 10, 2010






अन्तर्राष्ट्रिय नारी दिवस र नेपाली महिला
दीपा आले /नेपालगन्ज
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विश्वभरका महिलाहरुले यस दिवसलाई भब्य रुपमा मनाउंदै आईरहेका छन् । यो दिवसलाई महिलाहरुले विजय प्राप्त उत्सवको रुपमा पनि लिने गरेको पाईन्छ ।
महिला माथि भएका अन्यायको विरुद्धमा आवाज उठाएर स्थापित गरिएको यो दिन विभिन्न देशका महिलाले आ- आफ्नै ढंगले मनाउने गर्दछन् । जहां जसरी मनाए पनि यो दिवसको मूल उद्देश्य र मर्म भनेको समानता नै हो । महिलाको समान हैसियत र पहुंच स्थापना गर्नकालागि महिला अधिकारका पक्षधरहरुले आवाज उठाएका छन् । तर पनि विश्वकै परिप्रक्ष्यमा हेर्ने हो भने अहिलेसम्म महिलाले पुरुष सरह समान अधिकार पाउन नसकेको अवस्था भने जिवितै छ ।
संयुक्त राष्ट्रसंघले सन् १९७५ देख्ाि यो दिवस मनाउन सुरु गरेको भएता पनि यसको पृष्ठभूमि भने निकै लामो छ । तर पनि यो दिवस मनाउनुको मूल उद्देश्य भन्नु नै महिलाको आर्थिक निर्भरतालाई माथि उकास्नु हो । त्यसको साथै महिलाको पहुाच राज्यको हरेक निकायमा पुर्‍याउने एक ख्ाुड्किलो पनि हो ।
यस वर्ष नारी दिवसको अवसरमा "समान अधिकार समान अवसर सबैको प्रगतिको आधार" भन्ने अन्तर्राष्ट्रिय नारा र नेपालमा राष्ट्रिय नारा "हिंसामूक्त परिवार हामी सबैको सरोकार" भन्ने तय गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवस मनाउन नेपालमा ८ मार्चलाई विभिन्न किसिमले मनाउने गरिन्छ । हाम्रो देशमा भएका थुप्रै कलकारख्ाानाहरुमा काम गर्ने महिलाहरुले हिंसा ख्ोप्न नपरोस्, समान कामको समान ज्याला पाउन सकुन्, कलकारख्ााना घर, समाज र राष्ट्रबाट नै लैंगिक विभेदको अन्त्य हुन सकोस, महिलाले महिला भएकै कारण कुनै यातनाबाट प्रताडित हुन नपरोस भनि ८ मार्चलाई विशेष उद्देश्यका साथ मनाउने गर्दै आइरहेको छ । कारख्ाानामा काम गर्ने श्रमिक महिलाका यसै सवाललाई लिएर होला यस वर्षको नारा पनि सबै भन्दा पहिले सन् १९९६ ८ मार्च का दिन महिलाहरुलाई उचित ज्याला र १० घण्टाको कार्य समयको माग गर्दै अमेरिकाको न्यूयोर्कमा श्रमिक महिलाहरुले आन्दोलन शुरु गरेका थिए । यसरी न्यूयोर्कमा श्रमिक महिलाहरुको आफूमाथि भएको शोषण, दमन, हत्या, बलात्कार, असमानता विभेदका विरुद्ध आन्दोलन गरेर संसार भरिका महिला सचेतना आफ्नो अधिकार प्राप्तिका लागि बाटो देख्ााउन सफल भएका थिए ।
जब महिलाहरुमाथि दमन अत्याचार भयो तब विश्वमा रहेका महिलाहरु आफ्नो हक अधिकार स्थापित गर्न आन्दोलनमा उत्रिका थिए । सर्वप्रथम महिला आन्दोलन सुरुवातको पहल न्युजिल्यान्डका महिलाहरुबाट भएको थियो । सन् १८८४ मा त्यहााका महिलाले आन्दोलन गरे पश्चात केही अधिकार प्राप्त गर्न सके । त्यसपछि अन्य राष्ट्रमा पनि क्रमशः महिला हक-अधिकारसम्बन्धी कार्यक्रमहरु हुन थाले र सन् १९११ मार्च ८ देख्ाि अन्तर्राष्ट्रिय नारी दिवस मनाउने प्रचलनको सुरुवात बढ्दै गयो । सन् १९४५ मा संयुक्त राष्ट्रसंघले राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद् अन्तर्गत रहने गरी महिलासम्बन्धी सहआयोगको स्थापना गरियो त्यसपछि विश्वमै एकप्रकारको जागरण र सचेतना फैलाउने काम गरयो । त्यसपछि सन् १९५१ मा इन्टरनेशन लेबर अगंनाइजेसनले एउटा महासन्धि स्वीकृत गर्‍यो जसले गर्दा महिला र पुरुष दुवै वर्गका कामदारलाई समान कामका लागि समान ज्याला दिनुपर्नेमा उल्लेख्ा गरिएको थियो । सोही सन्धिले गर्दा पनि महिलाको आर्थिक स्वतन्त्रताका निम्ति ठूलो सहयोग पुर्‍यायो । त्यसपछि सन् १९५५ मा रोजगार नीति सम्बन्धी महासन्धि पारित भयो त्यसै समयदेख्ाि महिला मजदुरहरुले आफूहरुले समान कामको समान ज्याला पाउनु पर्ने आवाज उठाएपछि केहीहदसम्म भएपनि महिलाहरुले आर्थिक पक्ष बलियो बनाए तर भनेजति आर्थिक लाभ लिन भने सकेन ।
अमेरिकाको न्यूयोर्कका सन् १९०९ मा त्यहााका महिलाले गार्मेन्ट फ्याक्ट्रीमा हड्टान गरेर त्यतिबेला ठूलो साहस प्रदर्शन गरेका थिए । सन् १९१० मा कोपनहेगनमा सम्पन्न अन्तर्राष्ट्रिय सामाजिक सम्मेलनले महिलाका मुद्धालाई महत्व दिएपछि युरोपमा ठूलो हलचल नै मच्चिएको थियो । १९१० मा भएको कोपनहेगन सम्मेलनको सफलतास्वरुप १९११मा अस्टि्रया, जर्मनी, डेनमार्क, स्वीट्जरल्यान्डलगायतका मुलुकमा महिला अधिकारका कुराहरु उठाइयो । महिला दिवस भनेरै मनाउन थालिएको यो क्रम फैर्लदै गएर १९१४ सम्ममा केही युरोपियन मुलुक र १९१७ मा रसियामा मनाइयो । दोस्रो विश्वयुद्धताका सन् १९१३ र १४ मा रसियन महिलाले फेबुरअी महिनाको आइतबार महिला दिवस भनि मनाएका थिए तर अन्य मुलुकले ८ मार्चमा महिला दिवस मनाउादै आएकाले रसियन महिलाले पनि ८ मार्चलाई नै महिला दिवसका रुपमा मान्न थालेका हुन् । त्यसपछि क्रमिक रुपले विश्वभरिनै यो दिवसको बारेमा फैलिन थालेपछि सन. १९७५ मा संयुक्त राष्ट्रले ८ मार्च लाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा मनाउने घोषणा गरेपछि यो दिवस विश्वव्यापी रुपमा मनाउन थालिएको हो ।
नेपालमा नारी दिवसको बारेमा भन्नु पर्दा वि.स. २००३ सालदेख्ाि मनाउन थालिएको हो । त्यतिबेला यो नारीदिवस मनाउनमा सहाना प्रधान, मंगलादेवि सिंह, साधना प्रधानलगायतका महिलाको महत्वपूर्ण भूमिका रहेको थियो । २००३ मा थोरै महिला जम्मा भएर मनाइएको नारी दिवसले २००४ सालमा आइपुग्दा अति ठूलो रुप लियो र २००७ सालमा आईपुग्दा झनै यो दिवसले ठूलो भूमिका खख्ोल्न सफल भयो । त्यसपछिका वर्षहरुमा यो नारी दिवसलाई प्रत्येक वर्ष भब्यरुपमा मनाउादै आईरहेको पाईन्छ । सोही अवसरमा महिलाहरुले आफ्ना हकअधिकार प्राप्त गर्न राज्यलाई विभिन्न दवावमूलक कार्यक्रम गर्दै आईरहेको पाईन्छ ।
महिला विरुद्धको हिंसा भन्नाले सार्वजनिक वा निजी जीवनमा लिङ्गको आधारमा हुने हिंसाजन्य कार्य हो, जसले महिलालाई शारीरिक, यौनजन्य, आर्थिक वा मानसिक क्षति वा पीडा पुयार्‍उादछ । त्यसले गर्दा महिलामाथि आउने धम्की, दवाव, स्वेच्छाचारीले महिलाको स्वतन्त्रताको हनन् समेत गरिरहेको अवस्था हाम्रो समाजमा विद्यमान छ । महिलाले सदियौं देख्ाि शारीरिक हिंसा, मानसिक हिंसा, आर्थिक हिंसा, प्रथा परम्पराभित्र हिंसा र घरेलु हिंसा ख्ोप्दै आईरहेका छन् । अझ हामी समान्यरुपमा बुझ्न सक्छौं घरभित्रकै कुरौ गरौं घरपरिवारमा पनि छोरा र छोरीमाथि विभेदकारी भूमिका ख्ोलिरहेको हुन्छ । लिङ्गको आधारमा महिला भएकै कारण विभिन्न मानसिक हिंसा ख्ोप्न बाध्य बनाईन्छ ।
नेपालमा जनआन्दोलन भाग -२ पछि महिलाहरु अगाडि बढ्ने क्रम जारी छ । सोही जनआन्दोलनमा महिलाहरु आफ्नो अधिकार प्राप्तीका लागि कतिपयले आफ्नो प्राण समेत बलिदान दिनु पर्‍यो । विगतका दिन भन्दा पछिल्लो अवस्थामा आएर महिलाहरु राज्यका हरेक निकायमा थोरै भएपनि सहभागी भएका छन् । यसरी महिलाहरु हरेक क्षेत्रमा अगाडि बढ्न पाउनु पनि नारी दिवसको उपलब्धी हो ।
देशमा नयाा संविधान कोरिदै छ । अब बन्ने नयाा संविधानमा महिलाका हक अधिकारलाई समे्टन महिलावादीहरुको भूमिका के हुनु पर्छ यसतर्फ पनि ध्यान जानु पर्ने समय आएको छ । संविधानमा महिलाका अधिकार लेख्ान समय छोटो छ । त्यसैले नेपालका बुद्धिजिवि महिलावादीहरुको अग्रेणी भूमिका हुनु पर्दछ । आम नेपाली महिलाहरुले आफ्ना हक अधिकार प्राप्तीका लागि चुनेर पठाएका महिला सभासदहरु यो पावन घडीमा जाग्नु पर्ने बेला आएको छ । त्यसको साथै आफ्ना अधिकार सुनिश्चित गर्न पठाउने महिलाहरु स्वयंम पनि अधिकार प्राप्तीका लागि ख्ाबरदारी गर्न पछि पर्नु हुादैन ।
ग्रामीण भेगमा बसोबास गर्ने हजारौं महिलाहरुको भविष्य उज्जल बनाउन र राज्यको हरेक निकायमा पहुच र अवसर दिलाउन पनि भोट जितेर गएका सभासद महिलाले कदापि भुल्नु हुादैन । सदियौं शोषण, दमन, अत्याचार, हिंसा ख्ोप्न बाध्य नेपाली महिलाको भविष्य स्थापित गर्न सबै भन्दा माथि राज्यको निकायमा बसेका राजनीतिक महिलाको भूमिका महत्वपूर्ण हुन्छ । महिलाका आर्थिक, राजनैतिक, शैक्षिक, सामाजिक, नैकितलगायत सबै पक्षमा बलियो बनाउन महिलामाात्र होइन पुरुषको पनि उत्तिकै महत्वपूर्ण भूमिका ख्ोल्नु पर्छ । एउटा उन्नत , सक्षम, सवृद्धि राष्ट्रको निर्माण गर्न महिला पुरुषको समान अधिकार हुनु जरुरी छ । त्यसको साथै नेपालका प्रत्येक ग्रामिण भेगमा बसोबास गर्ने नेपाली बस्तीमा हरेक किसिमको सुविधा र अवसर पुग्नुपर्छ ।
महिला माथि गरिने हिंसालाई रोक्न घरेलु हिंसासम्बन्धी कसुर र सजाया गर्ने सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०५६ बैशाख १४ ऐनको अझ सम्म निमावली बन्न सकेको छैन् त्यसतर्फ सभादस महिलाहरु जाग्नु पर्ने बेला आएको छ । नेपालको कानुनले महिलाका हकहित र सुनिश्चिताकालागि बनाईएका कानुनलाई कागजमा मात्र सिमित नराख्ाी व्यवहारीक कार्यान्वयनमा लागु गर्नु पर्छ भन्ने सन्देश यही अन्तर्राष्ट्रिय नारी दिवस ८ मार्चले दिन सकोस् मेरो यही शुभकामना व्यक्त गर्न चाहन्छु ।

No comments: