- अमिका राजथला
माल्दिभ्सको एक उद्योगमा दुई वर्षकाम गरेर फर्किएकी प्रतिमा आफैले पसल संचालन गरेर परिवारको सहारा बन्न सकेकोमा गौरव गर्छिन् । काठमाडौं घर भएर पनि यहाँ राम्रो व्यवसाय तथा आय आर्जन गर्न नसकिएपछि विदेश पसेकी प्रतिमाले यतिखेर केक पसल संचालन गरेर राम्रो आय आर्जन मात्र गरिरहेकी छैनन्, पसलमा आफ्ना भाई बहिनीलाई समेत व्यस्त हुने अवसर दिलाएकी छिन् । 'क्यानरी वर्कर'को रुपमा माल्दिभ्समा काम गर्ने क्रममा उनले मात्र कामको लागि काम गरे पनि अहिले उनी आफ्नो कामबाट निकै सन्तुष्ट छिन् । 'छोरा जस्तै' हुन सकेकोमा गौरब गर्छिन् ।
यस्तै अमी र रुपा खड्गी दिदी बहिनीले कस्सिएर दुई वर्षकाम गरी पैसा कमाए । यहाँ फर्किएपछि दुवै मिलेर सतुंगल, काठमाडौंमा एउटा घर भाडामा लिएर कुखुरा पालन गरेर बसेका छन् । करीव छसय वटा कुखुराबाट काम थालेर अब भने विदेशमा जस्तै पैसा कमाउन थालेका दिदी बहिनीलाई फेरि विदेश जान् आवश्यक महसूस हुँदैन ।
प्रतिमा, अमी, रुपाको कथनमा यदि उनीहरु विदेश गएर कमाएर नल्याएको भए आजको अवस्थामा कहिल्यै आउन सक्दैनथे । कामको लागि अरुलाई गुहार्न परेन,आफ्नो कामको लागि आफै मालिक बन्न सक्षम हुनु नै उनीहरुको आत्मसन्तुष्टिको विषय बनेको छ ।
सामान्य लेखपढ गर्न जान्ने प्रतिमाले स्वदेशमा बस्ने क्रममा महिलालाई जुनसुकै काम गर्न खोन्दा परिवार, प्रशासनबाट हतोत्साहित गर्ने प्रवृत्ति देख्दै आए पनि विदेशमा भने त्यस्तो कुनै समस्या भोग्न नपरेको बताईन । काम गर्ने क्रममा बस्न, खानको लागि होस्टलको व्यवस्था गरिएको कारण आफूले काममा पूरा ध्यान दिन पाउने त छँदै थियो, मजबुत सुरक्षा व्यस्थाको कारण उनले सुन्दै आएका कुनै किसिमको अप्रिय घटना भएको उनले थाहासम्म पनि पाइनन् ।प्रतिमाका अनुसार उद्योग परिसरभित्र स्वदेशबाट आएका तथा चिरपरिचित व्यक्तिहरुलाई समेत भेट्ने दिईदैनथियो, जुन बैदेशिक रोजगारीमा गएका महिलाहरुको लागि अपनाइने राम्रो सुरक्षा व्यवस्थाको रुपमा उनी लिन्छिन् ।
मिफ्को कम्पनीको फेलिभरो टुना प्रोसेसिङ् प्लाण्टमा (माछा कारखाना) काम गर्न उनीलगायत नेपालबाट ३९ जना महिलाहरु पुगेका थिए । उनीहरुले कम्पनीमा महिला पुरुषलाई समान दृष्टिकोणले हेर्ने गरिएको तथा पदीय रुपमा गरिने व्यवहारमा पनि विभेद नभएको महसुस पनि गरे । बैदेशिक रोजगारीको लागि माल्दिभ्स गएका आधाभन्दा बढी नेपाली महिलाहरु एउटै टोलका दौंतरीहरु नै भएका कारण उनीहरुले विदेशमा भोग्नु पर्ने एक्लोपनाको महसुस पनि गर्नुपरेन । प्रतिमा भन्छिन्- 'क्यान्टिनमा दैनिक स्थानीय खाना पाकेपनि विदाको दिनमा हामी मिलेर नेपाली मेसकै खाना पकाउँथ्यौ । बेलाबेलामा अर्कै टापुमा पिकनिक जान्थ्यौं, रमाइलो हुन्थ्यो ।'
लाम्पाटीमा बस्दै आएकी बन्दना महर्जनले पनि माल्दिभ्सको एक कम्पनीमा केही वर्षकाम गरिन् । अहिले उनी आफ्नै गाउँ ठाउँ फर्किएकी छिन् तर आफ्नो गाउँ ठाउँमा केही गर्ने वातावरण नदेखेपछि फेरि काम गर्न विदेशिने सुरमा छिन् । हुन त उनलाई त्यहाँ काम गर्न त्यति सजिलो छैन । कामको बोझ त छँदैछ, उनलाई जिम्मा लगाईएको काम शुरु गर्न थालेदेखि नै हातमा 'एलर्जी' भएर घाउ देखिन थाल्छन् । वातावरणीय असन्तुलनका कारण देखिएको उनको घाउ नेपाल फर्किए पछि आफै निको भएको थियो भने उनी फेरि माल्दिभ्स जाने निर्णय ती घाउ फेरि बल्झिने निश्चित भएको छ ।
देशको आर्थिक गतिविधिलाई मजबुत तुल्याउने उद्योग व्यवसाय बन्द हुँदै जानु, व्यापार लगायत विभिन्न क्षेत्रहरुमा देखिएको नकारात्मक स्थितिले देशका युवाहरुको भविष्यप्रतिको आशा भनेकै बैदेशिक रोजगार बनेको छ । त्यसमाथि पनि देशमा विकसित हुन थालेको राजनीतिक अस्थिरता, शान्ति सुरक्षाको अभाव जस्ता समस्याले देशका युवाहरुले आफ्नो भविष्यको गन्तव्य नै विदेशलाई बनाएको पाइन्छ ।
स्वदेशमा बसेर कुनै आर्थिक क्रियाकलापलाई विकसित तुल्याउन नसक्दा तथा त्यसबाट आफूले खासै फाइदा प्राप्त गर्न नसक्दा न्युन आय भएका युवायुवतीको लागि वैदेशिक रोजगार नै एउटै मात्र विकल्प हुन गएको छ ।
छोरी मान्छेले घरको संघार नाघ्नु हुन्न भन्ने मान्यतामा हर्ुर्किएका महिलाहरु विदेश गएर आय आर्जनको प्रयास गर्नु, आत्म निर्भर हुने प्रयास गर्नु सकारात्मक प्रयास त हो नै, यसले देशको अर्थ व्यवस्थामा समेत योगदान दिएको छ । केन्द्रीय तथ्यांक विभागको र्सर्वेक्षण अनुसार कूल वैदेशिक रोजगारबाट प्राप्त रकम मध्ये ११ प्रतिशत रकम महिलाहरुको तर्फाट आएको तथ्यांकले पनि वैदेशक अर्थ संकलनमा महिलाको योगदानलाई आंकलन गर्न सकिन्छ ।
वैदेशिक रोजगारको क्रममा २०५४ सालमा खाडी राष्ट्रमा मारिएकी कानी शेर्पाको अवस्थालाई हेरेर तत्कालीन सरकारले संगठनात्मक क्षेत्रमा महिलाहरुलाई कामदारको रुपमा खाडी राष्ट्रमा जानबाट बञ्चित गराए पनि यो व्यवस्थालाई २०५९ सालमा फुकुवा गरेर सरकारले महिलाहरुको वैदेशिक रोजगारमा जान सघाएको छ । सरकारको संरक्षणात्मक तथा नियन्त्रात्मक व्यवहार सतही रुपमा महिलाको हितमा देखिए पनि महिला विकासमा वाधक हुँदा व्यापक विरोधका कारण सरकार उल्लेखित व्यवस्था फुुकुवा गर्न वाध्य भएको हो ।
शिक्षित तथा तालिमप्राप्त महिलाहरुले घरेलु नोकरको रुपमा मात्र वैदेशिक रोजगारमा सामेल हुने नभई आफ्नो दक्षता अनुसारको मर्यादित काममा संलग्न भएर देखाउने तथा उल्लेखित कार्यको लागि सरकार पक्षको पनि पहल भएमा नकारात्मकताले भरिएको मानसिकता परिवर्तनमा सघाउन पुग्ने निश्चित छ । वैदेशिक रोजगारको दर्ीघकालीन व्यवस्थापनको लागि नेपाली महिलाको दक्षता अभिवृद्धि गरी घरेलु कामदारका अतिरिक्त मर्यादित पेशामा संलग्न गराउने विशेष योजना तर्जुमा गरिनु पर्दछ, जसबाट तुलनात्मक रुपमा संलग्न महिलाहरुको अवस्थामा सुधार आउन सक्छ ।
वैदेशिक रोजगारलाई महत्व दिएर सरकारकै सकृयतामा जुन क्रियाकलाप देशमा विकसित भइरहेछ, विदेशी मुद्रा भित्रिने हिसाबलेे त्यो उपयुक्त र राम्रो हुनसक्ला तर दर्ीघकालीन उपायको रुपमा भने राष्ट्रले लिनु उपयुक्त हुँदैन । यो बेरोजगारी समस्याको पर्ूण्ा समाधान पनि होइन । त्यसैले सरकारले बैदेशिक रोजगारसम्बन्धी नीति बनाउँदा बैदेशिक रोजगारबाट प्राप्त रकमलाई उत्पादनमूलक कार्यमा लगानी गरी सधैं विदेशिनु पर्ने अवस्थाबाट मुक्त गराइनु पर्छ ।
सरकारले वैदेशिक रोजगारलाई राष्ट्रिय प्राथमिकता प्राप्त कार्यक्रमको सूचिमा राख्नुको साथै आर्थिक वर्ष २०५९।०६०मा न्यूनतम एक लाख युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने नीति अवलम्बन गर्ने नीति लिएको थियो । हालै पनि राष्ट्रिय महिला आयोग तथा रोजगार प्रवर्द्धन आयोगको पहलमा केही महिलाहरुलाई रोजगारको लागि हङकङ, इजरायल र दुई पठाउने गृहकार्य भइरहेको छ ।
औपचारिक भन्दा अनौपचारिक तरीकाले विदेश जाने युवायुवतीहरुको संख्या अध्यधिक रहेको हालको अवस्थामा २०५८ सालको जनगणनाले ८३ हजार महिलाहरु विदेशमा रहेको देखाएको छ । वैदेशिक रोजगार तथा प्रवर्द्धन विभागबाट प्राप्त तथ्यांकअनुसार व्यक्तिगत तथा संस्थागतरुपले आर्थिक वर्ष२०५९।०६०सम्ममा तीन लाख ४७ हजार ६० जना तथा आव. ०६०।६१को श्रावणदेखि आषाढसम्ममा ५६हजार तीनसय ४८ जना व्यक्तिहरु बैदेशिक रोजगारको लागि देशबाट बाहिरिएका छन् । जसमध्ये महिलाको संख्या पाँचसय २२ जना रहेको छ । जुनसुकै तरीका र माध्यमबाट गएको भएपनि आफ्नो भविष्य सुरक्षित गर्ने र पेट भर्ने मनसायले विदेशिएका महिलाप्रतिको दृष्टिकोण भने अधिकांशमा सकारात्मक पाइँदैन । दुःखजिलो गरी फर्किएका महिलालाई नयाँ काम गर्न नकारात्मक दृष्टिकोणले असर पुर्याउने कारणले पनि नकारात्मक मानसिकता परिवर्तन गरिनु जरुरी भएको छ ।
नेपालमा आप्रवासी महिलाको सशक्तिकरणको लागि काम गर्दै आएको अन्तराष्ट्रिय गैरसरकारी संस्था युनिफेमका अनुसार विदेशमा काम गर्ने नेपाली महिलाहरुलाई विभिन्न किसिमले अप्ठ्यारो पर्दा सहयोग गर्ने निकायको अभाव यतिबेला निक्कै खट्किएको छ । यस्तै बैदेशिक रोजगारमा गएका सम्पूर्ण मुलुकमा कूटनीतिक नियोग नहुँदा पनि थुप्रै समस्याहरु झेल्नु पर्ने कटु अनुभव नेपाली महिलाहरु व्यक्त गर्दछन् ।
1 comment:
namaste didi
your this piece of writing is very good and i like it too on like types of issues.
reecha sharma tiwari
abhibyanajan
Post a Comment