भौतिक तथा ब्यवसायिक सुरक्षाका लागि पत्रकार एकता, नया संबिधानमा पूर्ण प्रेस स्वतन्त्रता भन्ने नाराकासाथ नेपाल पत्रकार महासंघको, २२ औं केन्दि्रय साधारण सभा १६ बुादे घोषणापत्र जारी गर्दै शनिवार नेपालगंजमा सम्पन्न भएको छ ।
२ दिनसम्म चलेको साधारणसभाले पारित गरेको घोषणापत्रमा नयाा संविधानमा पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, संकटकालमा समेत प्रतिबन्ध तथ अंकुश लगाउन नपाउने गरी प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्न तथा सहमतिमा नयाा संविधान तोकिएकै समयभित्र जारी गर्न राजनीतिक दलहरुसंग आग्रह गर्ने, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने संचारमाध्यमलाई कारवाही गर्न सरकारसंग आग्रह गर्ने, पत्रकारहरुको व्यवसायिक तथा भौतिक सुरक्षाको लागि राज्यले विभिन्न समयमा महासंघसंग गरेको सहमति र सम्झौता अक्षरस ः कार्यान्वयन गर्नुपर्ने रहेका छन् ।
त्यस्तै संचारमाध्यममा महिला, आदिवासी जनजाति, मधेशी र दलितको उपस्थिति बढाउदै संचारमाध्यमलाई बहुलवादी स्वरुप प्रदान गर्न संचारमाध्यमलाई आहृवान गर्ने, कणर्ाली लगायत पहाडी जिल्लामा पत्रकारिताको संस्थागत विकास गर्न स्थानीय निकायबाट नीतिगत रुपमा वाषिर्क बजेट दिनेलगायतका माग घोषणापत्रमा गरिएको छ ।
शनिवार अबेर रातीसम्म चलेको बन्दसत्रले महासचिव पोषण केसीद्धारा प्रस्तुत गरिएको प्रगति प्रतिवेदन, कोषाध्यक्ष रमेश विष्टद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन र विधान संसोधन सभासदहरुको सक्रिय छलफलपछि पारीत गरेको छ । साधारण सभामा देशभरका करिब १ हजारबढी सभाषदहरुको सहभागीता रहेको थियो । बन्दसत्रको समापनमा नेपाल पत्रकार महासंघ बााके शाखाले केन्दि्रय पदाधिकारीहरुलाई फुल र गादा ओढाएर सम्मान गरेका थिए । Read Full Entry