दीपा आले
बाके जिल्लामा बसोबास गर्ने मगर समुदायले २७ औं मगर दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाएको छ ।
सो क्रममा नेपाल मगर संघ बााकेको आयोजनामा नेपालगंजको बौद्ध गुम्बामा मगर संस्कृति झल्किने खालको सांस्कृतिक कार्यक्रमसहित एक कार्यक्रमको आयोजना गरियो ।
नेपाल मगर संघका संस्थापक अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी धन बहादुर ढेंगामगरले कार्यक्रमको उद्घाटन दिप प्रजवलन गरी गर्नु भएको थियो ।
प्रमुख अतिथी मगरले मगर समुदायले पश्चिमी शैलीको प्रभावमा आफ्नो चाड पर्वलाई विर्सदै गएको भन्दै आफ्नो चाडपर्वलाई जर्गेना गर्न अनुरोध गर्नुभयो । उहााले अब मगरहरु खानपिन र रमाइलोमा मात्र सिमित नभई आफ्नो हक अधिकारको लागि बन्न लागेको संविधानमा आफ्नो सक्रिय भूमिका निर्वाह गरेर आफ्नो अस्तीत्वको रक्षा गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल मगर संघका निवर्तमान अध्यक्ष राम बहादुर थापामगरले मगरहरुले राजनीतिको नाममा दलहरुको गोटी बन्दै गएकोले मगरहरुले आफ्नो अस्तित्व बिर्सदै गएको बताउनुभयो । मगर दिवसलाई मगर समुदायले अंगिकार नगरेको यसको उदाहरण हो उहााको भनाई थियो ।
नेपाल मगर संघ बााके जिल्लाका अध्यक्ष धनसिंह रानामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ बााकेका अध्यक्ष डम्मर थापामगर, बौद्ध धर्म संघका अध्यक्ष गुमान सिंह गुरुङ्ग, नेपाल मगर विद्यार्थी संघका केन्दि्रय सदस्य दिपा आले मगर, थारु कल्याणकारी सभाका अध्यक्ष मगन सिंह थारु, तमु छौज धीका उपाध्यक्ष जयबहादुु गुरुङ्ग, नेवा पुःचका सल्लाहकार पंकज श्रेष्ठलगायतले मगरहरु अब पनि सचेत भएन भने मगरहरुको सवाल, हक अधिकार संविधानमा नकोरिने बताए ।
Saturday, February 27, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment