दीपा आले
नेपालगञ्ज रंगशालाको कबडहलमा लामो समय पछि उस्सु प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।
उस्सु संघ बााकेको आयोजनामा सो प्रतियोगिता गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि क्षेत्रिय खेलकुद कार्यालयका प्रमुख प्रेम बहादुर मल्लले कार्यक्रम उद्घाटन गर्दै खेलाडीहरुलाई शुभकामना दिनु भएको थियो भने अतिथिहरु विरोध विक्रम जिसी, प्रेस युनियन बााके अध्यक्ष नरेन्द्र थापा, उस्सु खेलका प्रशिक्षक राजकुमार थापालगायतले शुभकामना व्यक्त गरेका थिए ।
नेपालगन्जमा शसस्त्रद्वन्द्वकालपछि उस्सु खेल पहिलो पटक भएको हो भने । कार्यक्रमको अध्यक्षता उस्सु संघका अध्यक्ष विजय सोनीले गरेको कार्यक्रममा उस्सु प्रतियोगितामा विद्यार्थी छात्रा छात्र खेलाडीको सहभागिता रहेको छ ।
Thursday, February 18, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment