दीपा आले
बांकेको राप्ती पुल बुधबार सम्मानीय प्रधानमन्त्री माधवकुमार नेपालबाट उद्घाटन गरियो ।
लामो समय देखि सो पुल बनाउन निर्माण प्रक्रिया सुरु गरी सम्पन्न गरे पछि राप्ती पुलको उद्घाटन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिति माधवकुमार नेपालले राप्ती पुल को निर्माणको खुशीमा राप्ती पारीका ९ वटा गाविसका जनताहरुले अब केही हदसम्म भए पनि यातायात अन्य क्षेत्रमा काम गर्न सजिलो हुने बताउनु भयो । र साथै सशस्त्र द्वन्द्वकालमा माओवादीका कारण देशमा भएका भौतिक पूर्वाधारहरु भत्काउने र बिग्राने काम माओवादीले गरेता पनि अब देशमा बन्न लागेको नयां संविधान प्रक्रियामा सबै राजनैतिक पार्टी सहमति र सहकार्यमा आई देश र जनतालाई शान्ति दिनु पर्ने समेत बताउनु भएको थियो ।
त्यसै गरी विशेष अतिथि विजय कुमार गच्छेदार माओवादीपार्टी लाई समयै सहमतिमा आई नयां संविधान बनाउनु पर्नेमा जोड दिनु भएको हो थियो । लामो समय लगाएर भए पनि प्रधानमन्त्रीद्वारा राप्ती पुन उद्घाटन गर्न तयारीमा सुरक्षाकर्मीको व्यापक तैनाथ थियो । नेपालगन्ज देखि राप्ती पुन सम्म सुरक्षाकर्मी तैनाथ थिए भने । त्यसको साथै माओवादीले बाहिरै बाट कालो झण्डा समेत देखाएका थिए । साथै समाननीय प्रधान मन्त्री माधव कुमारनेपाल द्वारा रुबरु एफएमको उ्दघाटन गरियो । सो कार्यक्रममा प्रधानमन्त्रीले
दिन दिनै नेपालमा सञ्चारको बढ्दो संख्या रहेको र संचारले जनता र देशको सही पक्षमा बोल्नु पर्ने समेत बताउनु भयो
Monday, February 15, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment