Monday, February 15, 2010





दीपा आले
नयां संविधानबारे अन्तरसम्वाद अभिवृद्धि संयन्त्रण निर्माण गर्नको लागि नेपालगन्जमा २ दिने क्षेत्रीय कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।
विशेष गरी सिमान्तकृत समुदाय आदिबासी जनजाति, दलित, मुश्लिमका मुद्धालाईर् उठान गरि अब बन्ने नयाा संविधानमा राख्ने उद्देश्यले गरिएको हो ।
सोही २ दिने क्षेत्रीय गोष्ठिले सिमान्तकृत समुदायको आवाजलाई अब बन्ने नयां संविधानमा विविध पक्षहरुको जानकारी संकलन तथा अध्ययन अनुन्धान गर्न लागि सो भेलाले ९ जनाको सिमान्तकृत संयोजन समिति गठन गरेको छ ।
सिमान्तकृत संयोजन समितिले अधिवक्ता अख्तर अलि अन्सारीको संयोजकमा सह संयोजक दीपा आले, सदस्य सचिवमा सुकलाल नेपाली, सदस्यहरुमा डम्बर थापामगर, शिला माल्मीकी, ईश्वरी बिके, बद्री कुसवाडीया, साहिदा शाह, र शमीर इदि्रसलाई चयन गरेको छ ।
कार्यक्रमको अध्यक्ष फातिमा फाउडेशन नेपालका अध्यक्ष मैमुना सिद्धिकीले गर्नु भएको थियो भने सिमान्तकृत सन्दर्भमा सहजीकरण अधिवक्ता कुमार इग्नामले दिनुभएको थियो । त्यसैगरी कार्यक्रम संयोजक पे्रम चौधरीले गर्नु भएको क्षेत्रीय गोष्ठिमा बााके दाङ गरी २५ जना सहभागी रहेका थिए ।

No comments: