Wednesday, February 17, 2010






दीपा आले
नेपालको बस्तुको प्रयोग गरौं नेपाली भएकोमा गर्व गरौ भन्ने मूल नाराका साथ बुधबारदेखि नेपालगन्जको कारकान्दोमा तेस्रो मध्यपश्चिमाञ्चल स्तरीय लघु घरेलु औद्योगिक प्रर्दशनी एवंम कृषि तथा पर्यटन महत्सोह सुरु भएको छ ।
महत्सोहमा आउनु भएका प्रमुख अतिथि उद्योग राज्य मन्त्री दान बहादुर कुर्मी चौधरीले आफ्नै स्वदेशको उद्योग तथा व्यवसाय बढाउन सरकारले आर्थिक लगानी लगाउनु पर्ने बताउदै । उद्योग व्यवसाय फस्टाउनको केन्द्रीकृत अधिकारलाई विकेन्द्रीकृत गरी सबै क्षेत्रमा अधिकार दिनु पर्ने बताउनु भयो र नेपालको उधोग व्यवसायलाई राम्रो साग विकास गरी नेपाली युवावर्गलाई स्वदेशमै रोजगारको व्यवस्था गर्नु पर्नेमा जोड दिनु भएको थियो । त्यसैगरी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विरन्द्र बहादुर बानियाा, तमोलोपाका केन्द्रीय सदस्य विजय कुमार वर्मा, तमोलोपाका प्रतिनिधि सत्यवर्ती कुर्मी नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष शुनिल कुमार शर्मा, कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ र घरेलु महासंघ केन्द्रीय उपाध्यक्ष युद्ध बहादुर पन्त सुमित्रा श्रेष्ठ लागयतले महत्सोवको शुभकामना दिनु भएको थियो । उक्त मध्यपश्चिमाञ्चल स्तरीय लघु घरेलु औद्योगिक प्रर्शनीमानेपालमै उत्पादन भएका विभिन्न वस्तुहरु राखिएको छ ।

No comments: