उनी कैलाली कट्टीपुर स्कूलमा कक्षा ५ मा पढ्छिन तर तथा कथित ठूला जातकाले उनीहरुलाई हेप्ने, नराम्रो व्यवहार गर्ने गरेको उनको भनाइछ ।
किन त्यसो गरेको होला भन्ने प्रश्न सकिन नपाउँदै उनी भन्छिन् 'ठूलो जात भए पछि हामी वादीले जे पनि गरिहाल्छन् नि' ! ठूलो जात भएकै कारण आफूहरुलाई भेदभाव गरेको हो भन्ने १० वर्षी रोजीको कलिलो दिमागमा परेको छ ।
रोजी त उदाहरण मात्र हुन्, वादी समुदायको परम्परागत काम अहिले चल्दैन र वादी महिलाहरु देहव्यापार गर्न बाध्य छन् । उनीहरुको बस्तीसम्म पुगेर हर्ने र उनीहरुको विवशता सुन्ने हो भने कोही कहाँ छ र परिवर्तन भन्ने जो कोहीलाई पनि लाग्छ ।
नयाँ बनेको सरकारले पनि वादी समुदाय भनेर केही सम्बोधन नगरेपछि उनीहरु अहिले चिन्तित र आक्रोशित समेत भएका छन् ।
आफूलाई परिवर्तनकारी भन्ने अहिलेको सरकारले समेत चालु आर्थिक वर्षो बजेटमा बादी समुदायको बारेमा केही उल्लेख गरेको छैन ।
Friday, October 3, 2008
वादी महिलालाई देशको परिवर्तन महसुस भएन
कैलालीको मुडा बस्तीकी रोजी नेपालीले दलित भित्रको पनि वादी समुदायमा जन्मिएकै कारण अहिले नै विद्यालयमा समेत जातीय भेदभाव सहनु परेको छ ।
यस बारेमा वादी महिला अधिकारकर्मी उमा वादीले भन्नुभयो, आफूहरु दलित भित्रको पनि दलित भनेर सरकारले बेवास्ता गर्यो' । सरकारले दलित समुदाय भनेर बजेटमा उल्लेख गरे पनि वादी समुदाय भनेर छुट्टयाएको छैन । त्यसो त सरकारले वादी समुदायको मागको बारेमा अध्ययन गर्न एक कार्यदल गठन गरेको थियो । २ महिनाको समय दिएर उनीहरुको बारेमा अध्ययन गर्न भनेको ८ महिना पुगिसके पनि अहिलेसम्म सरकारलाई विस्तृत प्रतिवेदन समेत बुझाएको छैन । समिति वा कार्यदल बनाउने अनि त्यसको प्रतिवेदन नबुझाउने वा बुझाइ हाले पनि कार्यान्वयन गर्ने प्रवत्तिले वादी समुदाय पनि चिन्तित बनेका छन् । उनीहरुले अहिले पनि परिवर्तनको महसुस गर्न नपाएको सहजै अनुमान गर्न सकिन्छ । कैलालीबाट फर्किएपछि लक्ष्मी बस्नेत
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment