Friday, October 31, 2008

सेना समायोजन समितिमा महिला राख्न दबाब

कार्तिक १५ गते/माओवादी सेनाको समायोजन तथा पुन र्स्थापना समितिमा महिलाको प्रतिनिधित्व गराउन इन्सेकले सरकारसगँ माग गरेको छ ।
इन्सेकले आज विज्ञप्ति निकालेर महिलाको प्रतिनिधित्व नभएको अवस्थामा महिलाहरुको गम्भीर प्रकृतिको मुद्धाहरु प्राथमिकतामा नपर्ने जनाएको छ ।
सेना समयोजन तथा पुन स्थापनाका लागि गठन हुने जुन सुकै समितिमा पनि महिलाको प्रतिनिधित्व गराउन इन्सेकले सरकारसँग आग्रह गरेको छ ।
सरकारले केहीदिन अघि गृहमन्त्री बामदेव गौतमको संयोजकत्वमा गठन गरेको ५ सदस्यीय सेना समायोजन विशेष समितिमा एकजना पनि महिला सहभागिता नगराएपछि विभिन्न क्षेत्रबाट सरकारलाई दबाब आउन थालेको हो ।

No comments: