Friday, October 24, 2008

लैङ्गकि मैत्री संविधान बन्नुपर्नेमा जोड

कार्तिक ८ गते


काठमाडौं/राज्यको हरेक तहमा महिला सहभागिताको लागि सबैले आ आफनो ठाउँबाट लाग्नुपर्ने महिला सभासद् एवं अधिकारकर्मीहरुले बताएका छन् ।
राज्यका हरेक अंगमा महिलाको समानुपातिक सहभागिताका विषयमा महिला सुरक्षा दबाब समुहले आज राजधानीमा गरेको कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् ।

विभिन्न राजनीतिक दलबाट संविधानसभाबाट प्रतिनिधित्व गर्ने महिला सभासद्हरुले नयँा बन्ने संविधानमा उठाउनुपर्ने विषयका बारेमा आफूहरुलाई सुझाव दिन आग्रह गरेका छन् ।सभासद्हरु, जनककुमारी चालिसे, शान्ति पाख्रीन, आङ दावा शर्ेपा, उषाकला र्राई लगायतले आफूहरुलाई दिएको सुझावबाट संविधानसभामा कुरा उठाउन सहयोग पुग्ने बताउनुभयो ।
एमाले नेतृ साहना प्रधानले महिलाका विषयवस्तु मात्र नभएर समग्र राष्ट्रिय विषयमा जानकारी राख्न महिला सभासद्हरुलाई सुझाव दिनुभयो ।
महिला अधिकारकर्मीहरु शारदा पोखरेल, दर्ुगा घिमिरे लगायतले महिला मुद्दाका लागि राजनीतिक दलभन्दा माथि उठेर लाग्न सभासद्हरुलाई आग्रह गर्नुभयो ।
संवैधानिक कानूनका विज्ञ डाक्टर भिमार्जुन आचार्यले संवैधानिक आयोगहरुमा समानुपातिक महिला सहभागिताका लागि अध्यक्षमा पालैपालो र अरु सदस्यहरुमा समान सहभागिताको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।
राजनीतिक नेतृत्वलाई पनि सोही अनुसार निर्ण्र्ाागर्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रमका सहभागीहरुले लैङ्गकि मैत्री संविधान बनाउन संविधानको प्रस्तावनादेखि नै लैङ्गकि मैत्री हुनुपर्नेमा पनि जोड दिएका छन् ।

No comments: