Tuesday, October 21, 2008

गैरआवासीय नेपाली दिवस २०६५ जनकपुर

जनकपुर,वीरगञ्ज,चितवनबाट ऋचा शर्मा तिवारी (विशेष रिपोर्ट) नयां नेपाल अनलाईन डटकम


गैरआवासीय नेपालीहरुले यस वर्ष केहि भिन्दै किसिमले गैरआवासीय नेपाली दिवस यहि असोज २७ गते राजधानी बाहिर मध्यमाञ्चलको जनकपुर जिल्लामा हर्षोल्लासका साथ मनाए । उक्त सम्मेलनमा करिब २५ देशका ७० जना गैरआवासीय नेपालीहरु हार्दीकताका साथ सहभागी भएका थिए । गैरआवासीय नेपालीहरुले विकासका धेरै पक्षहरुमा आफनो कार्यक्रम मार्फत सहयोग गर्दै आएकोमा शिक्षा, स्वास्थ्य, प्रवचन कक्ष , कम्प्युटर लगायत सामाजिक क्षेत्रमा १५ करोड रुपैया भन्दा बढि रकम सहयोग गर्ने घोषणा समेत गरेका छन् ।


सो कार्यक्रमको औपचारिक रुपले शुरुवात् हुनु अघि असोज २६ गते सिरहाको बान्दीपुर स्थित श्री नेपाल उच्च मा.वि को नवनिर्मीत भवनको सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहालले उद्घाटन गर्नु भएको थियो । उक्त विद्यालयमा पस्तकालय,कम्प्युटर ल्याब समेत तयार गरिएको छ । सो कार्यक्रममा प्र.म दाहालले आफुहरु,नेपाली जनताको लागी दिगो शान्ती र संविधान निर्माण र आर्थीक विकासको क्रान्तीको लागी लागीपरेको र साथै उहाले गैरआवासीय नेपालीहरु नेपालमा र्फकेर नाया नेपाल बनाउन सकुन भन्ने आफुले आशा गरेको बताउनुभयो। सो विद्यालय करिब डेढ करोड रुपैंया लागत्तमा बनेको हो । त्यसै गरी एनआरएन अध्यक्ष महत्तोले \”आफुले जुन विद्यालयबाट पढेर आफु विदेश गएको ,त्यो विद्यालयको विकास गर्नका निम्ति आफुले यो विद्यालयको विकास निर्माण गरेको र यो क्षेत्र मधेश र पहाडको केन्द्र भएकोले याहा विद्यालय निर्माण गरेको बताउनुभयो ।\” त्यसै गरी सो विद्यालयमा निर्माण गरिएको फुलकमारी महत्तोको प्रतिमा प्रधानमन्त्री दाहालले अनावरण गर्नुभयो ।

उक्त समारोहमा प्रसिद्ध गायीका आनी छोइगले समधुर गीत प्रस्तुत गर्नुभएको थियो र एक मिनेट मौन धारण समेत गरिएको थियो ।

त्यसै गरी गैर आवासीय नेपाली संघका अध्यक्ष उपेन्द्र महत्तोद्धारा सोहि दिन सिरहाको कर्जन्हाको ५ विगाहा जमिनमा स्वर्गीय आमा फुलकमारी महत्तोको नाममा ७ करोड रुपैंयाको लागत्तमा २५ शैय्याको परोपकार अस्पताल निर्माण गर्ने भएका छन् । उक्त अस्पतालको सोहि दिन प्रधानमन्त्री दाहालले शिलान्यास गर्नुभएको थियो । उक्त अस्पतालले त्यहाका जनताहरुलाई स्वास्थ्य क्षेत्रमा विषेश लाभ पुर्‍याउने लक्ष्य लिएको छ ।सो समारोहमा प्रधानमन्त्री दाहालले सरकारमा सहागी नभएपनि काग्रेसले सविंधान निर्माणमा सघाउने विश्वास व्यक्त गरेका छन् , उनलेे एनआरएन संघलाई पनि नेपालको मुल विकासमा सघाउन पनि आग्रह गरेका छन् ।

त्यसैगरी असोज २७ गते विहान गैरआवासीय नेपालीसंघका अध्यक्ष डा. उपेन्द्र महत्तो ,श्रीमती डा. समता महत्तोका एवं परिवारका अन्य सदस्यका साथै गैरआवासीय नेपालीहरु प्रतिनिधिहरुका साथै पत्रकारहरुले जनकपुरको प्रसिद्ध मन्दिर जानकी मन्दिरमा गई अवलोकन गरी विश्वशान्ति को कामना गदै विशेष नित्य पुजामा संलग्न हुनुभएको थियो ।

उक्त समयमा अमेरिकामा बसोवास गर्ने एनआरएन राम शाहद्धारा आफनो बुबा रामतुल शाह ,ससुरा धु्रव शाह को नाममा जानकी मन्दिरको पछाडिको भागमा प्रवचनकक्ष बनाउने घोषणा गर्नुभएको छ । सो कक्ष करिब १६ कठ्ठा जमीनमा निर्माण गरिने ,त्यहा जानकी मन्दिरमा रहेको सालीग्रामलाई सिसा लगाएर खुल्ला तरिकाले उक्त भवनमा नै राखीने,अतिथि गृह ,शौचालय,शुद्ध शाकाहारी खाना बनाउने सुविधा भएको भान्छा,एकपटकमा करिब ५हजार देखि १०,००० सम्म अतिथिहरु बस्ने क्षमता भएको प्रवचन कक्ष ३ वर्ष भित्र निर्माण गरिने र सोको लागी एक करोड भन्दा बढि खर्च गरिने भएको शाहले जानकारी दनुभयो

त्यसैगरी जनकपुरकै स्थानीय क्षेत्रमा कृयापत्री भवन , मसानघाट,चौकीदार भवनको निर्माण डा.महत्तोको आमाको नाममा निर्मण गरिएको छ । जम्म्ा ८ कोठा भएको एउटा कृयापत्री भवनर मसानघाट का लागी डा.महत्तोको बुबा रामआशिष महत्तोले ८ कोठाको लागी अनुमानित ५० लाख ७६ हजार कुल रकम सो भवन निर्माण गर्नका लागी खर्च गरिएको स्थानयि व्यापारी पवन सिंघानियाले जानकारी दिनुभयो , साथै त्यहा घाट र श्मशानको लागी चाहिने आवश्यक सामान विक्री गर्नको लागी पसल समेत निर्माण गरिएको छ । सोहि क्रममा रसियाका एनआरएन जीवा लामेछानेले समेत सो भवनको लागी १ लाख सहयोग गरेको पनि बताउनु भयो ।

त्यसैगरी गैरआवासीय नेपालीहरुले १४ बटा जिल्लामा विभिन्न स्थानीय रुपान्तरणका परियोजनाहरु सञ्चालन गरेको र ४० बटा क्षेत्रहरुमा परियोजना पहिचान भईसकेको र आफुहरु छिट्टै अरु जिल्लाहररुमा पनि यस स्थानीय रुपान्तरणको परियोजना अन्र्तगत काम गर्ने लक्ष्य लिएको जानकारी दिए ।

कार्यक्मकै क्रममा जनकपुरस्थित राम आशिष महत्तोले स्थानीय गणेश युवा क्लबका सन्तोष महत्तोलाई एम्बुलेन्सको साचो हस्तान्तरण गरे ,महत्तोले सिरहामा र जनकपुरमा मन्दिर, मसानघाट निर्माण एवं अरु सामाजिक क्षेत्रमा सहयोग उपलब्ध गराएका छन् ।

सभासद गगन थापा, जुली महासेठ,जितेन्द्र सोनल महासेठ, र रामनरेश राय , प्रा.डा विश्वम्भर प्याकुरेल , भोगेन्द्र झा , गैर आवासीय प्रतिनिधि रतन झा , उषा शर्माले गैर आवासीय नेपालीले नेपालीलाई आफनो ठान्ने वातावरणको निर्माणप्रति गम्भीर हुनु जरुरी रहेको बताए ।

असोज २७ गतेका दिन जनकपुरको उद्योग वाणिज्य संघको हलमा भएको विशेष कार्यक्रममा प्रमुख अतिथि महामहिम राष्ट्रपति डा. रामवरण यादवको आतिथ्यमा कार्यक्रम सञ्चालन भएको थियो । सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुश कमार जोशी , जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्याम प्रसाद जोशी , सभासद् गणेश शाह ,भौतिक योजना तथा निर्माण मन्त्री विजय कुमार गच्छदार ,गैरआवासीय नेपाली संघका उपाध्यक्ष राम प्रताप थापा , गैरआवासीय नेपाली संघका अध्यक्ष डा.उपेन्द्र महत्तो गैरआवासीय संघका प्रवक्ता जगल भुर्तेल,नेपाली काग्रेसका सभासद गगन थापा , लगायतको प्रमुख उपस्थिती थियो साथै अन्य गैरआवासीय प्रतिनिधिहरुको ,स्थानीय व्यापारी , स्थानीय तथा राजधनीका पत्रकारहरुको समेत बाक्लो उपस्थिती थियो ।

त्यसै गरी क्यानडामा व्यवसाय गर्ने आदित्य झाले सरकारी विद्यालयका विद्यार्थीहरुलाई ३००० भन्दा बढि ल्यापटप दिने घोषणा गरेका छन् ,तीन सय डलरका दरले तीन हजार ल्यापटपको मूल्य करिब साढे ६ करोड भन्दा बढी पर्दछ । सो ल्यापटप साकेंतिक रुपमा प्रमुख अतिथि महामहिम राष्ट्रपति यादवलाई ,डा .उपेन्द्र महत्तोले प्रदान गरे ।

साथै संघले अन्र्तराष्ट्रिय विमानस्थलमा करिब ४० बटा ट्रली नागरिक तथा पर्यटन उड्डयन मन्त्रालयलाई हस्तान्तरण गरिने पहिलो योजना रहेको र सबै चरणमा गरि करिब १०० बटा ट्रली दिइने बताएइको छ तर सो कहिले प्रदान गर्ने भन्ने कुरा किटान गरिएको छैन ।

सोही कार्यक्मको क्रममा राष्ट्रपति यादवले राजनीतिक अस्थीरता अन्त्य गर्न आफुले प्रधानमन्त्री र अन्य राजनितिक दलहरु साग छलफल गर्ने र आर्थीक विकासको लागी पनि पहल गर्ने जानकारी दिनुभयो । त्यसै गरि संसारभर फैलिएका नेपाली साथीहरुलाई समन्वय गरेकोमा डा.महत्तोलाई विशेष धन्यवाद ज्ञापन गर्नु भयो र भन्नुभयो \”यो इतिहासको कालखण्डमा राष्ट्रको परिक्षा भइरहेको छ ।\”

त्यसैगरी एनआरएन अध्यक्ष महत्तोले \”विदेशमा बसेर व्यक्तिगत रुपमा समृद्धि एवं विकास भए पनि देश धन नभएसम्म विदेशमा नेपाली सम्मानित नहुने बताए , यसको लागी देश पनि समृद्ध हनुपर्ने कुरामा जोड दिएका थिए,सन् २००३ देखि यस संघको कार्यक्रम हदै आएको छ , यस पल्ट भिन्दै सोचका साथ यस क्षेत्रको विकासको लागी यहा कार्यक्रम गरिएको हो।\”

त्यसैगरि भौतिक योजना तथा निर्माण मन्त्री विजय कुमार गच्छदारले \”राजनैतिक द्धन्द्धको समयमा ध्वंस्त संचनाहरुको पुर्ननिर्माणमा सरकारले जोड दिएको ,एनआरएनले नेपालको विकासमा समग्र जानकारी दिएको र निश्चित रुपले यस संघले विकासमा सकि्रय भुमिका खेल्दै आएको\” बताए ।

कार्यक्रम संयोजक तथा एनआरएन उपाध्यक्ष राम प्रताप थापा देशका सबै क्षेत्रमा रुपान्तरणमा सहयोग आवश्यक भएको र विदेशमा बस्ने नेपालीहरुले सहयोग पुर्‍याउन तयार भएको बताए ।

कार्यक्ममा विभिन्न सत्रहरु सञ्चालन भएका थिए जसमा विभिन्न आर्थीक एवं सामाजीक रुपान्तरण एवं विकासका विषयहरुमा छलफलहरु भएका थिए । जसमा विभिन्न वक्ताहरुले आआफना विचारहरु राखेका थिए । यसै क्ममा अर्थशास्त्री विश्वम्भर प्याकुरेलले आफनो कार्यपत्र पेश गर्ने क्रममा राष्ट्रिय पुननिर्माण गरिदा आर्थीक पुननिर्माण पनि आवश्यक रहेको बताए ।

त्यसै गरि नेपाली काग्रेंसका सभासद गगन थापाले संरचना फेरेर राजनीतिमा आउदैमा नया नेपाल बन्न् नसक्ने र sense of global nepali citizenship and sense of community गैरआवासीय नेपालीहरुको लागी महत्वपर्ण कार्य रहेको र दोहोरो नागरिकता केवल राजनिति मात्र नभई यसलाई विशेष रुपमा कार्यान्वयन गरिनुपर्ने विषयमा जोड दिए र भने आफनो क्षेत्र, देश,गााउमा एउटा भएपनि विकास को काम गर्न आग्रह गरे । यसो गरेमा हरेक नेपालीहरु लाई प्रेरणा हुने र विकास सहज र सम्भव हुनेछ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष कुश कुमार जोशीले निजी क्षेत्र र व्यक्तिहरुलाई मूलधारमा ल्याउन पर्छ र बजेटले पब्लीक प्राइभेट पार्टनरशीप द्धन्द्धमा परेको हुनाले उद्यमीहरु कसरी आगाडि बढने भन्ने सोच रहेको र आर्थीक क्षेत्रमा पनि राजनितिक क्षेत्रमा झै आमूल परिर्वन हुनुपर्ने कुरामा जोड दिएका थिए ।

त्यसैगरी एमालेका सभासद श्रीमती जुली महत्तोले जनकपुरलाई धार्मीक पर्यटनको रुपमा स्थापना गर्न र विकास गर्नपर्ने करामा जोड दिनु भयो र भन्नु भयो अब यहाको दुर्दशा अन्त्य हुनुपर्दछ ।

त्यसैगरि ने.के.पा माओवादीका वर्षमान पुनले गैरआवासीय प्रतिनिधिहरुले राखेको शर्तमा आफु सहमत भएको र मैत्रीपुर्ण लगानीको वातावरण सिर्जना गर्न ,दोहोरो नागरिकता को विषयमा यो सरकार सकारात्मक रहेको र ऐनको लागी मस्यौदा समेत शुरु भएको बताउनुभयो ।

त्यसै गरि यस सत्रका प्रमुख अतिथि मा.स्थानीय विकास मन्त्री रामचन्द्र झाले क्याविनेटमा दोहोरो पर्ननागरिकताको विषयमा गहिरो छलफल भएको र यो सरकारको निति तथा कार्यक्रममा विधिवत् रुपमा समावेश भईसकेको जानकारी दिनुभयो ।

त्यसै गरी विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले मुलुकमा आर्थीक र विज्ञान प्रविधिको आन्दोलनकोखााचो भएको भन्दै यसको कार्यमा गैरआवासीय नेपालीको सहयोगको आवश्यकता रहेको बताए ।

कार्यक्मको अन्त्यमा एनआरएन आइसिसिका उपाध्यक्ष जापानका देवमान हिराचनले जनकपरवासीको सौर्हादताको लागी यहााका संघसंस्था ,प्रशासन आदिलाई धन्यवाद व्यक्त गर्दै भन्नभयो हामीले कसरी एकआपसमा सम्बन्ध बढाउने भन्ने कुरा यस सम्मेलनले सिकाएको छ ।

विरगञ्ज, नारायणी रंगशाला किक्रेट मैदान ,असोज २८, गतेका दिन गैरआवासीय नेपाली संघका अध्यक्ष डा. उपेन्द्र महत्तो ज्यको आमा स्व.फुलकमारी देवीको स्मृतीमा आयोजना विरगञ्जको नारायणी रगंशालाको कि्रकेट मैदानमा \”सिन्टेज एम.एम ट्रफी नेशनल टी२०\” प्रतियोगीता को फुलकमारी महत्तो ट्रष्टका संरक्षक रामआशिष महत्तोले दीप प्रज्वलन गरी उक्त खेलको उद्घाट्न गर्नुभयो । कार्यक्मको प्रमख आतिथ्य यवा तथा खेलकद मन्त्री माननीय गोपाल शाक्यले गर्नभएको थियो ।

सो खेलमा विराटनगर ,विरगञ्ज,भैरहवा,नेपालगञ्ज, बैतडी,काठमाडौं को सहभागीता रहेको छ , सो खेल अक्टोबर १४ देखि २५ सम्म चल्ने बताइएको छ ,प्रतियोगीताको फाइनल खेल २५ अक्टोबरमा खेलिनेछ । प््रातियोगितामा प्रथम पुरस्कार रु ५०,००० र ट्रफी र दोस्रो पुरस्कार रु २५,००० र ट्रफी ,म्यान अफ द म्याच हुनेलाई रु ३०००,म्यान अफ द सिरिज रु ५,००० प्रदान गरिने जानकारी दिइएको छ ।

कार्यक्रममा मन्त्री शाक्यले नेपालमा कि्रकेट खेलको विकास हदै गएको ,यसले खेलको विकास गर्नका साथै स्तरमा समेत विकास गर्ने ,गणस्तर खेलाडी जन्माउने आशा लिएको बताए । साथै नेपाल सरकार यतिबेला सबैभन्दा महत्वपर्ण सविंधान निर्माण गर्ने ,शान्तिसरक्षा कायम गर्ने रहेको र अहिले क्याबिनेट बाट रेण कमारी यादव ,स्थानीय विकास मन्त्री राम चन्द्र झा तथा शान्ति तथा पननिर्माण मन्त्रालयसाग मिलेर विद्रोही पक्ष साग र्वाता गर्न आव्हान गरिएको र जनतालाई तत्काल राहत दिन सरकारको ध्यान रहेको बताए ।

त्यसैगरी सोहि दिन एनआरएन अध्यक्ष महत्तोले विरगंज स्थीत रहेको कर्पोरेट विकास बैकको औपचारिक रुपमा उद्घाटन गरियो ।पछिल्ल् समयमा नेपालको आर्थीक विकासमा एनआरएन नेपालीहरुको लगानी बढाउने निति नेपाल सरकारले समेत लिएकोले यसले नेपालको आर्थीक विकासमा एनआरएन को महत्वपर्ण योगदानको कडीको रुपमा स्थापना भएको छ । सो बैकले बनेपामा पनि शाखा विस्तार गर्ने क्रममा रहेको छ ।बैकले महिला, बालबालिका ,जेष्ठय नागरिक सर्वसाधारण र व्यावसायी का लागी उच्च्ा व्याजदर र भिन्दै बचत योजना प्रस्तत गरेको छ ।

चितवन,सौराहा ,असोज २९ गते

चितवनको सौरहामा श्री खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्धारा आयोजित \”पद्यश्री साहित्य सम्म्ाान कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्ममा साहित्यकार ध.च गोतामे,प्रतिष्ठानका संरक्षक जीवा लामिछाने , गैर आवासीय नेपाली संघका अध्यक्ष डा.उपेन्द्र महत्तो , एनआरएन आईसिसि उपाध्यक्ष राम प्रताप थापा ,सम्मानित व्यक्तित्व खण्डकाव्यका रचनाकार एवं भानभक्त पोखरेल लगायतका अन्य विशिष्ठ व्यक्तिहरुको आतिथ्य रहेको थियो ।

कार्यक्ममा खण्डकाव्यकार भानभक्त पोखरेललाई हिमवंत खण्डका लागी साहित्यकार ध.च गोतामेले रु ५०,००० र सम्म्ाानपत्र प्रदान गरि सम्मान गर्नभएको थयो । सम्मानित पोखरेलले यो कृति पौराणीक ,वैदिक कथा भएको ,विश्वका सबै मिथकिय कथालाई साथ लिइएको र आफले यस किसिमको कृति फेरी नलेखिन सक्ने बताउनभयो ।

कार्यक्ममा कृति माथी प्रकाश पार्दै कुमार प्रसाद कोइरालाले कृतिकार पोखरेलको ३ वटा खण्डकाव्य ,४ वटा कवितासंग्रह रहेको र यो सम्मानित कृति \”हिमवंत् खण्ड \” यो कृति प्राचीन दृष्टिकोणबाट लेखिएको छ तर यो अत्यन्त समसामयिक विचारलाई प्रेषित गर्ने र यो आजको राजनितिलाई समेत मेल खाने खण्डकाव्यको रुपमा रहेको बताए ।

त्यसैगरी स्थानीय साहित्यकार रामबाबु घिमिरेले नेपाली साहित्य पनि अन्र्तराष्ट्रिय स्तरमा पहिचान गराउन सफल रहेको बताए ।एनआरएनहरुले यसमा सहयोग गर्नपर्ने करामा जोड दिनभुयो ।

त्यसै गरि साहितयकार ,समालोचक डा.गोविन्द भट्टराईले नेपाली साहित्यमा डायस्पोरा पुरस्कारले ठलो योगदान दिएको र जीवा लामिछाने ज्यूको यस परस्कारले मोफसलको साहितयकारहरुको हौसला बढेको बताए ।

त्यसै गरि एनआरएन आइसिसि उपाध्यक्ष रामप्रताप थापाले नेपालमा साहित्यकारहरुको सम्म्ाानको प्रथा वृद्धि भएको र त्यसले कला ,साहित्यको जर्गेना गर्न सकेको र यो कार्यक्रम पनि त्यसै अनुरुप भएकोमा साहितयकार समेत रहनुभएका जीवा लामीछानेलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

सो कार्यक्ममा एनआरएन श्रीमती रञ्जना उदासले \”हिन्द महासागर तटहरु नाप्दै ,आन्द्रका छालहरुमा डब्की लगाउदै प्रशान्तमा शान्तीमा वास वस्ने \” कविता वाचन गरी सुनाउनभएको थियो ।

त्यसैगरी एनआरएन संघका अध्यक्ष डा.उपेन्द्र महत्तोले सम्म्ाान गर्दा जिम्मेवारी अगाडि बढने र हौसला बढने, आज पढेलेखेको विद्धानहरुलाई बढि पढेलेखेको विद्धानको आवश्यकता रहेको कुरा बताउनुभयो । त्यस्तै देश धनी हुनलाई कला ,साहित्यको पनि विकास हुनुपर्ने कुरामा जोड दिनुभयो । कला साहित्यमा धनी भए जस्तै नेपाल गरीबकिो कारण पछाडी परेको र आफुहरुले साहित्य क्षेत्रमा पनि विकास गर्नका लागीपरेको बताए ।

कार्यक्रमका प्रमख अतिथि डा.ध.च गोतामेले अहिले सम्म दुईजनाले यो परस्कार पाएका छन् र यो एउटा लेखकमा,कविमा हुनुपर्ने मानवतावाद ,शिष्टता,कल्पनात्मक विचार हो साथै यस्तो समयमा एउटा महाकाव्यलाई सम्मान गर्नु ठलो कुरा हो । साहित्यमा छन्द ,महाकाव्यलाई यसको समय गयो भनेर त्यसलाई मेटाउन नहुने र मोफसलको साहित्यलाई पनि कदर गर्नुपर्छ र त्यो प्रतिष्ठानले पनि कदगरेको पाइएको बताए ।

कार्यक्रमको अन्त्यमा सस्ंथाका संरक्षक जीवा लामेछानेले पद्यमपुरको वस्ती विस्थापीत भएपछि त्यो वस्ती पद्यमपुरको नाममा यो पुरस्कार स्थापना गरेको जानकारी दिएका थिए । यो सस्ंथा मोफसलका साहित्यकारहरुको हौसला ,उत्साहको लागी स्थापना गरेको र अर्को वर्ष यो पुरस्कारको राशी १ लाख १ रुपैंया बनाउने निर्णय भएको बताउनुभयो र र कार्यक्रम समापन भएको जानकारी दिनुभएको थियो ।

No comments: