लोग्शरी कु"वर,
कैलाली, कार्तिक ८/दैलेखबाट भारतमा बेच्न लैजान लागिएकी दैलेखकी एक यूवती जोगिएकी छिन् । अभिभावक कोहि पनि नभएको बताउने दैलेख र्सर्ूइया विशाला घर भएकी १७ बषिर्या अमृमा रावलले मानव तस्करको जालबाट ब"च्न त सफल भईन्, तर सुखले सास फर्ेर्ने ठाउ" नपाउदा उनले ठूलो दर्ुदशा भोग्नु परिरहेको छ ।
अमृताका अनुसार उनि विगत ३ वर्षेखि दैलेखकै र्सर्ूइया विशालामा आफ्नी आमाले भाई मानेका खड्क विकको घरमा बस्दै आएकी थिईन् । उनि सानैछ"दानै उनका बुबाको मृत्यु भएपछि आमाको लालन-पालनमा हर्ुर्केर्की अमृताले तिन वर्षअगाडी आमा पर्ुना रावललाई समेत गुमाउनुपर्यो । आमाको मृत्युपछि अभिभावक विहिन भएकी अमृता त्यसपछि -आमाले टीका लगाएर मानेका भाई खड्क विक) को घरमा शरण लिन पुगिन् ।
मामाको घरमा बस्दा उनका गाई गोरु चराउने र अर्काको मजदुरी गर्ने काम गर्दै आएकी अमृतालाई खड्कले असोज २२ गते एक अपरिचित पुरुषस"ग अब म तिमीलाई पाल्न सक्दैन । यो व्यक्ति त्रि्रो आफ्नै अंकल हो । त्रि्री आन्टी टीकापुर घरमा छिन्, तिमी पनि अंकलसंगै टीकापुर जाऔ भनेर जर्वजस्ती त्यो यूवकस"ग पठाएका थिए । आफ्नो अंकल बताउने अपरिचित व्यक्तिसंग तिनदिनको पैदल यात्रापछि २५ गते दिउसो १२ बजे कर्ण्ााली चिसापानी पुगेकी अमृतालाई त्यी यूवकले म केहिबेर पछि आउछु । बसको खलासीले लम्की आयो भन्छ, तिमी त्यही झरेर टीकापुर जाने बाटो सोध्नु र त्यही उभिराख्नु भनि पठायो ।
अपरिचित ठाउ"मा पहिलो पटक आएकी आएकी अमृतालाई पछाडीको बसबाट ओर्लेको अर्कै एकजना नचिनेको व्यक्तिले म त्रि्रै मान्छे हु" । हि"ड तिमी र म घोडाघोडी ताल घुम्न जाऔ भनि जर्वजस्ती हात समातेर तान्न थालेपछि उनि चिच्याएर गुहार माग्न पुगिन् । उनको गुहार सुनेर जम्मा भएका मान्छेहरुले उक्त यूवकलाई धपाएर लम्कीकै भल्लन भन्ने भारतीय व्यक्तिको बस्न लगाए । चारदिनसम्म भल्लनको घरमा बसेपछि असोज २९ गतेदेखि उनि लम्की स्थित सुनगाभा होटेलमा भा"डा माझ्ने काम गर्दै आईरहेकी छिन् ।
उनको अवस्थाका बारेमा जानकारी लिन शुक्रबार सुनगाभा होटेलमा पुगेका सञ्चारकर्मी प्रतिनिधिस"ग उनले रुदै भनिन्-मेरो कोही पनि छैन । मलाई त्यो मामा भन्ने पापीले यसरी कष्ट दियो । मलाई सहयोग गरिदिनुस् ।
स्मरणरहोस्, अमृताको घटनाका बारेमा बुझ्दा उनका मामा खड्क विकले मानव बेचविखनमा स"लग्न व्यक्तिस"ग मिलेर उनलाई घरबाट निकालेको बुझ्न सकिन्छ । अंकल भन्ने त्यी व्यक्ति अमृतास"गै बसमा लम्की पुग्दा ट्राफिक प्रहरीले सोधपुछ गर्ने डरले चिसापानीबाट नै आफु नआएको र लम्कीमा अर्कै यूवकलाई घुम्न जाऔ भन्न लगाएर त्यहाबाट लुकाएर लैजान खोजिएको हुनसक्ने शंका उत्पन्न भएको छ । त्यी व्यक्तिको खोजीनिती गरि घटनाका बिषयमा तत्काल नबुझेको खण्डमा दोषी उम्किने सम्भावना बढी देखिन्छ ।
No comments:
Post a Comment