Monday, October 13, 2008

संविधानसभाका उम्मेदवारद्धारा १० बषिर्या बालिका बलात्कृत

लोग्सरी कुवँर, कैलाली/असोज २६ ।


संविधानसभाका उम्मेदवार दर्ुगा प्रसाद सुवेदीले १० वषिर्या बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आईतबार उनलाई पक्राउ गरेको छ ।
यौन पिपाशु सुवेदी संविधान सभाको निर्वाचनमा नेपाल सुकुम्वासी पार्टर्ीी तर्फाट कैलालीको क्षेत्र नं. ४ बाट उम्मेदवार बनेका थिए । उनले सा"डेपानी गाविस-८ दिपनगरकी मनसरी -नाम परिवर्तन) लाई जर्वजस्ती तानेर शुक्रबार बेलुकी सात बजेको समयमा सोही ठाउ"को एक गोरु गोठमा लगि बलात्कार गर्दै गरेको अवस्थामा स्थानिय केहि व्यक्तिहरुले रंगेहात पक्राउ गरेका हुन् ।

बलात्कारी सुवेदीलाई यूवाहरुले समातेर शनिबार्रर् इलाका प्रहरी कार्यालय सुख्खड पुर्‍याए पनि प्रहरीले उनलाई शनिबारनै छोडेको बताईएको छ । बालिकाले आफुलाई बलात्कार गरेको होईन भन्ने बयान दिएपछि शनिबार सुवेदीलाई छोडेको र फेरी बालिकाले आईतबार गाउ"लेहरु सामु आफुलाई दर्ुगाप्रसादले बलात्कार गरेको हो भनेपछि फेरी पक्राउ गरेकोर् इलाका प्रहरी सुख्खडले जनाएको छ । प्रहरीले आज बालिका मनसरीलाई मेडिकल चेकजा"चका लागि अस्पताल पठाउने जानकारी दिएको छ ।
स्मरणरहोस् जर्वजस्ती करणी -बलात्कार) भएको पत्ता लागेपछि घटना को २४ घण्टाभित्रै मेडिकल चेकजा"च नगराएको खण्डमा सहि रिपोर्ट आउन कठिनाई हुने चिकित्सकहरुको भनाई छ । तर एउटी १० बषिर्या अबोध बालिका बलात्कृत भएको घटना प्रहरी सामु आईसक्दा पनि मेडिकल चेकजा"च नगराएर उल्टै अबोध बालिकासंग बयानमात्र लिईरहनु कति उपयुक्त हुन्छ - सोचनिय विषय बनेको हुन्छ ।
घटना र्सार्वजनिक भईसकेको अवस्थामा पनि बालिकाको तुरुन्त मेडिकल चेकजा"च नगराएर प्रहरीले ढाकछोप गर्न खोजिरहेको आरोप स्थानियवासिन्दाहरुको छ । यदी बलात्कार भएको पुष्टी भएमा अथवा बलात्कारको प्रयासमात्र भएको भएपनि यौनपिपाशु सुवेदीलाई हदैसम्मको रवाही हुनुपर्ने माग महिला अधिकारकर्मीहरुको रहेको छ ।

No comments: