Thursday, October 30, 2008

करायो-करायो दक्षिणा हरायो जस्तै भयो महिला आन्दोलन

सरकारले बनाएको सेना समायोजन सम्बन्धी विशेष समितिमा एकजना पनि महिला परेका छैनन् ।
सरकारले बुधबार गृहमन्त्री बामदेव गौतमको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको छ ।
समितिमा नेकपा माओवादीको तर्फाट २ सहित एमाले, कांगे्रस र मधेसी जनअधिकार फोरमका नेताहरु सहभागी छन् ।
तर कुनै पनि दलले आफ्नो तर्फाट महिला पठाएन ।
यसैबीच सेना समायोजन सम्बन्धी विशेष समितिमा एकजना पनि महिला नभएको भन्दै नेपाल सद्भावना पार्टर्ीी अध्यक्ष सरिता गिरीले आपत्ति जनाउनु भएको छ ।
विज्ञप्तिमार्फ अध्यक्ष गिरीले समिति पर्ुनर्गठन गरी कम्तीमा २ जना महिला सहभागी गराउन प्रधानमन्त्री लगायत सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ ।

No comments: