ग्रामिण महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड बस्तीपुर सिरहाद्वारा लहान नगरपालिका वडा नम्बर १० मा १०५ दशमलव ४ मेघाहर्जमा एफएम संचालन गरेको छ । सामुदायिक रेडियो फुलवारी एफ.एम. महिलाहरुकै नेत्तृत्वमा स्थापित नेपालकै दोस्रो सामुदायिक रेडियो पनि हो ।
स्थानीय भाखा, स्थानीय पहिचानः समावेशी आवाजको साझा अभियान भन्ने मुल नारा एफएमले अघि सारेको छ ।
रेडियोले दिनको १० घण्टासम्म स्थानीय भाषा मैथली, नेपाली र थारु भाषामा सामाजिक जागरण, विकृति विसंगतिका विरुद्ध आवाज उठाउने, समसामयिक विषयमा छलफल, स्थानीय समाचार, कृषि विकास तथा सांगितिक मनोरजंनका कार्यक्रम संचालन गर्ने लक्ष्य राखेको छ ।
एकसय ध्बतत प्रशारण क्षमता रहेको यस रेडियोको प्रशारण सिरहा, छिमेकी जिल्ला धनुषा, सप्तरी, सिन्धुली, उदयपुर तथा भारतको सिमावर्ती क्षेत्रमा रहेको रेडियोका अध्यक्ष मंजुला गिरीले बताउनुभयो ।
यो नेपाल एफ एम नेर्टवर्कमा आवद्ध एफएम रेडियो हो ।
Tuesday, October 28, 2008
महिलाकै नेतृत्वमा अर्को एफएम संचालन
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment