असोज 18 गते/काठमाण्डौं ।
नेपाल अटो मोबाईल स्पोर्टस एसोसियसन -नासा) ले शनिबार पहिलो पटक 'उमन्स बार्इकर्स च्याम्पियन्सीप र्याली' गरेको छ ।
च्याम्पियन्सीप र्याली' उपाधि कुसुन्तिकी रोज्लीन राणाले जितेकी छन् ।
दशरथ रंगशालाबाट शनिबार बिहान सुरु भएको र्याली महाराजगञ्ज, गौशाला, कोटेश्वर, ठिमी, पाटन, थापाथली, त्रिपुरेश्वर कलंकी हुँदै मातातिर्थ पुग्दा ३६ दशमलब ६ किलोमिटरको दुरी पार गरेर राणाले उपाधि जितेकी हुन् ।
जितसंगै उनले ट्रफि र १५ हजार रुपैया" नगद पुरस्कार पाइन् ।
यसैगरी, स्वयम्भुकी रचना लामा दोस्रो रिचा श्रेष्ठ तेस्रो भएकी छन्
प्रतियोगितामा ३० जनाले सहभागिता रहेको थियो तर २५ जनाले मात्र र्याली पुरा गरेका थिए ।
निर्धारित दुरी ९० मिनेटको निश्चित समय भित्र पुरा गर्नुपर्ने समय तोकिएको थियो ।
Saturday, October 4, 2008
उमन्स बार्इकर्स च्याम्पियन्स रोज्लीन राणा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment