असोज २५ गते/बोक्सा-बोक्सीको आरोपमा गाउँलेहरुले कञ्चनपुरमा शुक्रबार एक दम्पत्तिलाई कुटपीट गर्दा श्रीमान्को मृत्यु भएको छ ।
बोक्साको आरोपमा गाउँलेको कुटपिटबाट कञ्चनपुरको श्रीपूर गाविस वडा नं. १ का ४५ वर्षा कालीराम चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।
बोक्सीको आरोपमा श्रीमति गुलावी चौधरीलाई पनि गाउँलेहरुले कुटपिट गरेका छन् । गम्भीर घाइते हुनुभएकी उहाँको उपचार भइरहेको छ ।
चौधरी दम्पत्तीमाथि कुटपिटमा संलग्न भएका ७ जना गाउँलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाको बारेमा बुझ्न स्थानीय प्रशासन शनिबारसम्म घटनास्थल पुगेको छैन ।
मानवअधिकारका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले पनि घटनाको बारेमा अहिलेसम्म कुनै चासो नलिएको पीडितको आफन्तको भनाइ छ ।
Saturday, October 11, 2008
मुलुकमा गणतन्त्र आए पनि बोक्सा-बोक्सीको आरोपमा ज्यान गयो
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment